अब मुख्यसचिव र गृहसचिव को बन्दैछन् ?

राजनीति समाचार

काठमाडौं । जब सरकार परिवर्तन हुन्छ अनि राजनीतिक चलखेलबाट विभिन्न ओहदामा राजनीतिक नियुक्ति खानेहरुको भीड जम्मा हुने गर्दछ । दुई ठूला दल कांग्रेस र एमालेको सरकार बनेपछि १८ देशको राजदूत सिफारिस गरेको छ । तत्कालीन सरकारले नियुक्त गरेका विभिन्न देशका राजदूतहरुलाई नयाँ सरकारले फिर्ता बोलाएर नयाँ पठाउन थालेको छ । त्योसँगै तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचारको आरोप लागेपछि उनको ठाउँमा अघिल्लो सरकारले लिलादेवी गडतौलालाई कामु मुख्यसचिवको जिम्मा दिएको थियो । हालको केपी ओली सरकारले चर्चा कमाउन, महिलाको इतिहास रच्न र महिलाहरुलाई भोट बैंक बनानउको लागि कनिष्ठ सचिव लिलादेवी गडतौलालाई नै मुख्यसचिवको जिम्मेवारी दिएको छ । गडतौको जागिरे अवधि आगामी भदौ १५ गते सकिँदै छ । किन कि कनिष्ठलाई मुख्यसचिव बनाएपछि सिनियर सचिवहरु बाइपास भएका छन् ।

कर्मचारी वृत्तमा काम गर्ने जोश र जाँगरसहित भविष्यमा मुख्य सचिव बन्ने आशा राखेका सिनियर सचिवहरु निराश भएका छन् । जेष्ठता र क्षमतावानलाई बाइपास गरेर कनिष्ठलाई मुख्य सचिव बनाउनु भनेको कर्मचारीलाई निराश बनाउनु हो । आगामी भदौ १५ पछि पनि कनिष्ठ नै मुख्य सचिव हुने सम्भावना बढेर गएको छ । नेपाल सरकारका सचिवमध्ये दुई जना चल्तापुर्तामा गनिन्छन् । हालका गृह सचिव एकनारायण अर्याल आगामी भदौ १५ पछि मुख्यसचिव बन्ने प्रबल सम्भावना छ । किन कि अर्याल खान, खुवाउन र राजनीतिक दल फेर्न माहिर छन् । उनी तत्कालीन एमाले नेता वामदेव गौतम खेमामा थिए । गौतम एमालेबाट अलग भएपछि अर्याल माधव नेपाल खेमामा पुगेका थिए । माधव नेपाल एमालेबाट आउट भएपछि उनी फेरि केपी ओली लाइनमा पुगेका छन् । अर्यालको चाहना थियो एकपटक गृहसचिव बन्ने र देशको मुख्यसचिव बन्ने । उनी छेपारोले रङ फेरेझैं गरेर गृहसचिव बनिसकेका छन् ।

अब अर्यालको अन्तिम इच्छा छ मुख्य सचिव बनेर रिटायर हुने । त्यसपछि अख्तियारका प्रमुख प्रेम राई अवकास प्राप्त भएपछि अर्याल आयुक्त हुने इच्छा राखेका छन् । अहिलेको सरकारको अवस्था हेर्दा कनिष्ठ सचिव लिलादेवी गडतौलालाई प्रधानमन्त्री ओलीले मुख्यसचिव बनाएर अर्याललाई बाटो खुला गरेका छन् । अर्का चतुर खेलाडी सचिव छन् कृष्णहरि कर्ण (पुष्कर) । उनी अख्तियारको प्रवक्ता बन्दा मन्त्रीलाईसमेत राजीनामा गर भन्न पछि नपर्ने व्यक्ति हुन् । केपी ओली तत्कालीन सरकारको प्रधानमन्त्री हुँदा अन्तिम अवस्थामा कर्णलाई वाणिज्य दूत बनाएर भारत पठाएका थिए । जतिपटक सरकार फेरिन्छ त्यतिनै पटक शक्तिशाली मन्त्रालयमा पुग्छन् । कहिले अर्थ, कहिले संघीय मामिला त कहिले पर्यटन मन्त्रालयमा पुग्ने गर्दथे ।

त्योसँगै अख्तियारको प्रवक्ता पनि बनेका थिए । हाल उनी प्रधानमन्त्री कार्यालयमा रहेका छन् । भदौको पहिलो अथवा दोस्रो हप्ताभित्र कर्ण गृहसचिव बन्ने पक्कापक्की जस्तै छ । तर, गृहसचिव बन्नको लागि विनोद सिंहले पनि इच्छा देखाएका छन् । विनोद सिंह र कर्णमध्ये कसले वाजी मार्ने हुन् त्यो निश्चित भइसकेको छैन । कर्ण तराईका शीर्ष नेताहरुलाई रिझाएर मालदार अड्डामा बस्दै आएका थिए भने यसपालि कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणाको सहयोगमा गृहसचिव बन्ने पक्कापक्की जस्तै देखिन्छ । गृहमन्त्री रमेश लेखकले पनि आफ्नो फेबरको सचिव ल्याउनको लागि सबैसँग सरसल्लाह गरिराखेका छन् । तर, विनोद सिंह पनि कांग्रेस निकट कर्मचारी भएको कारण विनोद पुष्करहरिमध्ये को बन्ने हुन् त्यो एकिन छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *