सचिव दुवाडीको गृहसचिव बन्ने सपना चकनाचुर

राजनीति समाचार

काठमाडौं । कर्मचारी तन्त्रमा क्षमतावान र योग्यभन्दा पनि चाकरी र चाप्लुसीहरुकै हालीमुहाली बढ्दै गएको छ । त्यसको उदाहरण लिन सकिन्छ भूमि सहकारी तथा गरीवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई । उनी चाकरी, चाप्लुुसी र पैसा खुवाएरै भूमि सहकारी तथा गरीवी निवारण मन्त्रालयमा बस्न सफल भएमका थिए । दुवाडी त्यहाँ सचिव भएर बसेका मात्रै थिएनन्, मालपोत र नापी कार्यालयलाई निकम्मा बनाएर अकुत सम्पत्ति आर्जन गर्न सफल भएका थिए । पछिल्लो समय सचिवको व्यवहारले कर्मचारीहरु हैरान भएका थिए ।

हुँदाहुँदा दुवाडीले आफ्नो सवारी साधनको तेलको कुपनसमेत ड्राइभरलाई नदिएर आफै लिने गर्दथे । त्यो त उदाहरण मात्रै हो । दुवाडीले सरकारी पर्ती जग्गा व्यक्तिको नाममा दर्ता गराएर करोडौं असुल्ने गरेकै थिए । सरकार तीन पटक परिवर्तन हुँदा पनि उनी सरुवामा परेका थिएनन् । जुनसुकै सरकार आउँदा पनि सम्बन्धित निकायमा पैसा र पावर लगाएर भूमि सहकारी तथा गरीवी निवारण मन्त्रालयमै राज गरिरहे । दुवाडी तत्कालीन प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहाल र गंगा दाहाललाई हात लिएर लामो समयसम्म सो मन्त्रालयमा बस्न सफल भएका थिए ।

तत्कालीन सरकारका भूमि सहकारी तथा गरीवी निवारण मन्त्री बलराम अधिकारीलाई घुमाएर उनले आर्थिक लाभ लिएकै थिए । सो सरकार विघटन भएर नयाँ सरकार गठन हुँदा बलराम अधिकारी नै भूमि सहकारी तथा गरीवी निवारण मन्त्री भएर आए । मन्त्री अधिकारीले दोस्रोपटक मन्त्रालय सम्हालेपछि सचिव दुवाडीको चलखेल थाहा पाएपछि उनलाई सरुवा गर्न भ्याएका छन् । सचिव दुवाडीले आफूलाई मन्त्रीले सरुवा गर्दैछन् भन्ने थाहा पाएपछि फेरि गृहसचिव बन्न खोजेका थिए । र डा. आरजु राणासँग हारगुहार गर्न पुगेका थिए । तर, आरजु राणाले अस्वीकार गरेपछि दुवाडीलाई राष्ट्रिय तथ्यांक कार्यालयमा सरुवा गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयमा कस्तो उपद्रो मच्चाउने हुन् त्यो हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *