विद्युत महसुल नतिर्ने सार्वजनिक बहिष्कार !

राजनीति समाचार

काठमाडौं । कांग्रेसकी डा.आरजु राणा र तत्कालीन उर्जामन्त्री डा.प्रकाशशरण महतले प्राधिकरणका तत्कालीन कार्यकारी मुकेश काफ्लेमार्फत ल्याइएको डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत उपयोग सम्बन्धी योजना विद्युतका कार्यकारी कुलमान घिसिङको टाउको पनि खायो, जागिर पनि संकटमा परेको छ । प्रधानमन्त्रीको आफन्त समाजमा अपराध गर्ने धेरै छन् ।

कोही परस्त्री प्रेमी कोही पार्टीका कार्यकर्ताकै घर बिगार्ने, कोही सत्तामा पुग्नासाथ लुट्ने । पार्टी अध्यक्ष र प्रमका नाताले त्यस्ता अपराधी बचाउदा आफ्नो भजन गराउन सक्रिय हुन्छन् । त्यसैकारण अध्यक्ष ओलीले शेरधन राई, कृपाशुर शेर्पा, महेश बस्नेत, ऐन महरलाई जोगाउँदै जाँदा परराष्ट्र विज्ञ भनिएकालाई पनि जोगाउनै पर्छ । किनकि महासचिव शंकर पोखरेल उनका विरोधी छन् ।

समाजमा बदनाम पार्टीका पात्रहरू पार्टीले जोगाए पनि डेडिकेटेड फिडर र ट्रंक लाइनबाट लोडसेडिङको बेला बिजुली लिन डाक्टर आरजु राणा, डा. महत र मुकेशलाई पैसा खुवाउने ६ जना उद्योगीले ८ अर्ब २६ करोड महसुल तिरेकै छैनन् । महसुल नतिर्ने जगदम्बा १ अर्ब ६ करोड, रिलायन्सले ७६ करोड, हुलास स्टिलले १४ करोड, जगदम्बा सिन्थेटिक २० करोड, अर्घाखाँची सिमेन्ट ४५ करोड र घोराही सिमेन्ट ५९ करोड छ । यिनले महसुल तिरेनन् । लाइन काट्दा पैसा खाने डा.आरजु, डा.महत र मुकेश मुस्कुराए फन्दामा केपी ओली ।

तित्रको मुखै बैरी भनेजस्तै भयो प्रमका लागि यो घोषणा । प्रधानमनत्रीले उद्योगीहरुलाई रकम तिर्न ३ महिने समय तोकिरहँदा यस्ता ठगहरुलाई सार्वजनिक समरोहमा बहिष्कार गर्न जनस्तरबाटै उद्योग भएको क्षेत्र र उद्योगपतिका महल वरपर विरोध प्रदर्शन गर्न जरुरी छ । मेडिकल माफिया दुर्गा प्रसाइँले गिरीबन्धुका नाइके केपी ओली, पद्मा अर्याल र दीपक मल्होत्रालाई जसरी सामाजिक सञ्जालमा खेदेका छन्, त्यस्तो खेदाई विद्युत प्रयोग गर्ने तर महसुल नतिर्नेहरुमा सुरु गर्नुपर्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *