दामोदर ढकाल, अध्यक्ष पदका उम्मेद्वार, टान
विगत १२ देखि भने एकल लगानीमा मिसन नेपाल नामक ट्राभल कम्पनी दर्ता गरेर व्यवसायीमा होमिएका दामोदर ढकालले ट्राभलसँगै होटल व्यवसाय पनि गरिरहेका छन् । यसका साथै उनी सामाजिक सेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । सन् २०१५ देखि किवानीज चाइल्ड फन्ड संचालन गरिरहेका छन् । जुन संस्थाले बालबालिकाहरुको लागि काम गर्दै आएको छ । त्यसका उनी अध्यक्ष हुन । त्यस्तै हेटौडामा मामाघर नेपालका पनि उनी संस्थापक सदस्य हुन । त्यो संस्थाले भने कुनै पनि दाताको सहयोग बिना सडक बालबालिकाको लागि काम गर्दै आएको छ । अब भने उनी अर्को ठुलो मावनीय सेवामा लागेका छन् अर्थात हस्पिटल निर्माणमा जुटेका छन् । सिन्धुपाल्चोक र दोलखामा हस्पिटल निर्माणको तयारीमा छन् । उनै ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षका लागि दामोदर ढकालले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । टानको २०१९– २०२२ कार्यकालमा सचिव पदमा रहेर काम गरेका उनी आफ्नो कार्यकालमा रहेका अधुरा काम फत्ते गर्ने बताएका छन् उनै ढकालसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः
० टानको नयाँ नेतृत्वका लागि अध्यक्षमा तपाईको उम्मेद्वारी किन ?
मैले अघिल्लो सचिवको कार्यकालमा कोरोना महामारीको समयमा पनि तानलाई आफ्नो समय दिएको मेरो क्षमताले भ्याएसम्म को काम टानमा गरेको र अधुरा कामहरू अझै बाँकी छन् टानलाई समृद्ध बनाउनका लागि मेरो आवश्यकता छन् भन्ने हिसाबले अब नेतृत्वमा गएरै काम गर्नुपर्छ भनेर अध्यक्ष हुने तयारी गरिरहेको छु ।
० तीन वर्षको कार्यकालका मुख्य उपलब्धिहरू अथवा भनौँ सम्झन लायक कार्यहरू के के गर्नुभयो ?
तीन वर्षे कार्यकाल कोरोनाको महामारीको बीचमा रहेको कारण धेरै देखाउन मिल्ने कामहरू कति भए कति भएनन् यी हाम्रा सदस्य साथीहरुले मूल्याङ्कन गर्ने विषय हो । हामी र हाम्रो टिमले सशक्त रुपमा कोरोनाको बेलामा पनि टुरिस्टहरू स्टप हुँदा नेपाल पर्यटन बोर्डसँग मिलेर सहकार्य गरेर उहाँहरुलाई विदेश अर्थात् घरसम्म पठाउने वातावरणदेखि लिएर मजदुरको घरमा चुलो नबल्दा टानले फुड बैंक स्थापना गरेर ३००० देखि ३५०० मजदुरलाई कम्तीमा पनि चामल चिउरा दाल तेल लगायतका वस्तुहरू हस्तान्तरण गरेर हामीले सक्नेसम्म कामहरू गरेका थियौं ।
० टानको सुधारका लागि तपाईको के कस्तो भूमिका हुन्छ ? प्रतिबद्धता के के कुरामा छन् ?
टानको भवन पछाडिपट्टि थोरै जग्गा रहेको छ । त्यो खाली जग्गा यतिकै झार उम्रेर बसिरहेको छ । झार उम्रेर बसेको अवस्थामा प्रयोग नभएको अवस्थामा त्यो ठाउँलाई टानले पदयात्रा म्युजियम तानको आफ्नो भवनमा पुस्तकालय कार्यसमितिका सदस्य साथीहरू जाँदाखेरि बसेर काम गर्ने वातावरण बनोस् भन्ने हिसाबले उहाँहरूको लागि कार्यकक्षा बनाउने काम सुरुवात गरेका छौं त्यो हुन सकेन हाम्रो कार्यकालमा । हाम्रो एडभेन्चर टुरिजम मार्ट नेपालमा गर्नुपर्छ। यसको अगुवाई कामले गर्नुपर्छ। मैले बारम्बार भन्दै पनि आइरहेको छु । विदेशका धेरैवटा लगभग लगभग ३०–३२ वटा देशमा यस्ता ट्राभल शोहरू एटेन्ड गरेको हिसाबले मेरो अनुभवको हिसाबले पनि यो नेपालमा आवश्यक छ । यो चाहिँ टानले मात्र गर्न सक्छ । भनेर कुरा अगाडि बढाएको थिएँ तर यो कुरा पनि अधुरै रह्यो । डिजिटल टान भनेका थियौँ हामीले । साँच्चिकै डिजिटल टान भयो त ? भएको छैन । डिजिटल युगमा कम्तिमा पनि यसको मापदण्डहरू राम्रो हुनुपर्छ । नीतिको कारण नेपाल टुरिजम बोर्ड र टान नङ र मासुको सम्बन्ध बन्न सकेन । टिम्सकार्ड सधैँ पेचिलो बन्यो । यसलाई व्यवस्थित गर्न हामीले नसकेको यसलाई चाहिँ व्यवस्थित गर्ने मेरो प्रमुख एजेन्डा हुन् अघिल्लो कार्यकालमा मैले सकिन तर मेरो नेतृत्वमा सक्छु ।
० टानभित्रका समस्याहरू समाधानका लागि उम्मेदवारी भन्नुभयो, के–के समस्या छन् टानमा ?
नीतिगत रूपमा यसका अप्ठ्याराहरू धेरै छन् । नीतिमै समेट्नुपर्ने कुराहरू पनि छन्। व्यावहारिक कुराहरू यहाँ नमिलेको कुरा यहाँ मिलाउ भनेर जाने कुरा भयो व्यवहारिक कुराहरू तर नीतिमा समस्या रहेको फेक रेस्क्यु भनेर सधैंभरि सधैंभरि तचभपपष्लन व्यवसायलाई मार हानिन्छ । साँच्चिकै फेक रेस्क्यु भएको छ त? हस्पिटलले प्रमाणित गरिसकेपछि त्यसलाई कति फेक रेस्क्यु भन्ने । फेक रेस्क्यु हो भने कारबाही गरियोस् । राज्यको यदि नीति छ राज्यमा रहेर राज्यलाई कर नतिरी व्यवसायीले फेक रेस्क्युको नाममा ललाई फकाइ गरेर खाएका छन् छन् ष्लकगचबलअभ ठगेका छन् भने आजको भोलि नै कारबाही गरियोस् होइन भने भ्रमको खेती नगरियोस् । यसको लागि छुट्टै नीति बनाउनुपर्छ भने नीति बनाइयोस् होइन भने टानलाई यसको नेतृत्व गर्न दिइयोस् । टानले उद्धार तथा खोजेको काम गर्छ यसमा राज्यसँग सहकार्य गरेर नेपाल टुरिजम बोर्डसँग पर्यटन महाशाखासँग पर्यटन मन्त्रालयसँग अथवा टुरिस्ट पोलिससँग सहकार्य गरेर जानुपर्ने हो । त्यो गर्न टान तयार छ सक्षम छ । आरोपको खेती गरेर हाम्रो व्यवसाय खेलवाड गर्न पाइँदैन । भन्ने कुरा मैले सुरुदेखि उठाउँदै आएको कुरा हो । यसको लागि पनि हामीले नीति निर्माण गर्नुपर्छ ।
० टानभित्रको समस्या र चुनौती के के छन् ? यसलाई तपाइले नेतृत्व गरेपछि कसरी व्यवस्थापन गर्नु हुन्छ ?
टानमा सिधासिधा देख्दा कुनै पनि किसिमका समस्या चुनौती छैन। जहाँ गएर बोल्ड डिसिजन गर्नुपर्ने हो त्यसको लागि नेतृत्व नै छैन। ज्यू हजुरले काम गर्दैन नि । कम्तिमा पनि बोल्ड डिसिजन गरेर जान सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । जस्तो नेपाल टुरिजम बोर्ड र टानको बीचमा एमओइ छ टिम्स वर्षौंदेखि चलिरहेको एउटा अङ्ग। राज्यको अङ्ग भन्छु म । यसमा कहिले टुरिजम बोर्डको खिचातानी कहिले टानको खिचातानी भयो। यो कमाउने माध्यमको रुपमा विकसित भयो। त्यसको प्रभाव टानलाई परेको हो । टान स्वायत्त संस्था थियो आफ्नो मेम्बरको मेम्बर फीबाट टानचलालाई कुनै पनि आपत्ति थिएन विभिन्न कार्यक्रम गर्दाखेरि यही हाम्रै व्यवसायी साथीहरूबाट डोनेसन आउँथ्यो। स्पोन्सर आउँथ्यो। काहीँ कतै समस्या भएका थिएनन् स्थायी स्रोत खोज्न थालिदाखेरि टिम्स आफैमा राम्रो विषय त हो । यसमा चाहिँ धेरै चाहिँ राज्यले नीति बनाउन नजानेको कारणले गर्दाखेरि यस्तो अवस्था भएको हो । पहिले टानको सक्रियता धेरै नै थियो अहिले लोकप्रियता घटेको छ । नेपाल टुरिजम बोर्डले हाउगुजी देखाएर तिमीहरूको बेरुजु छ भनेर तर्साएर राख्छ । नीतिगत बेरुजु कहाँ छैन ? हरेक ठाउँमा छ नि । पर्यटन प्रबोधनमा गरेको खर्च जस्तो एभरेस्टको नाम्चे बजारको बेस क्याम्पमा गएर कर्मचारीले खायो बस्यो सुत्यो भने त्यसको बिल त आउँदैन नि । बाटोमा एउटा पोटरलाई भारी बोकाएको विषय पोटरले बिल दिन त सक्दैन नि । यस्ता सानातिना नीतिगत समस्या मा टानलाई रुमलेर फाइदा लिने एउटा तह छ । त्यो तहले सधैँ फाइदा लिइरहेको छ ।
० तपाईँ अध्यक्ष भएपछि यस्ता खालका स्वार्थ हुँदैन भन्ने के ग्यारेन्टी छ त्यसो भए ?
मेरो यसमा किन पनि स्वार्थ छैन भने म एउटा व्यवसायी अरुले के भन्नुहुन्छ थाहा छैन मेरो क्षेत्रमा म सफल छु । सक्षम छु । भन्ने कुरा सबैले भन्छन् म पनि भन्छु । मलाई कानमा कमाउन भन्दा पनि यो टानलाई बुझेको छु । टानमा एउटा सक्षम नेतृत्वको आवश्यक छ । बोल्ड डिसिजन गरेर जानुपर्ने एउटा अवस्था छ अरुले गर्न सकेन तर म गर्न सक्छु भन्ने एउटा मेरो दृढता रह्यो दोस्रो कुरा हामी जुनसुकै नेतृत्वमा गएर पनि जहाँ पुगेर गर्नुपर्ने हो त्यो चिज चाहिँ नभएको देखिन्छ कम्तीमा यही सेक्टरमा बुझेको २७ वर्षदेखि यही फिल्डमा छु । आज हामी यही समस्यासँग जुधिरहेका छौं यही जुधिरहेको समस्यालाई बोक्नु मात्रै परेको हो यहाँ बोक्ने मान्छे नभएको भन्छु बोकेर जाउँ निष्कर्षमा पुगिन्छ । नीति निर्माण तहमा गएर डेलिगेसन जाउँ। त्यहाँ गएर नीति निर्माण गरौं यी चिजहरू म बिना स्वार्थ गर्न सक्छु । मेरो दुई वर्ष टानका लागि भन्ने मेरो दृढता छ ।
० तपाईँको प्यानलमा को को हुनुहुन्छ ? एजेन्डा के के छन् ?
टानले एजीएमको टुङ्गो लागि नसकेको भएको कारणले हामीले प्यानल सार्वजनिक गरिसकेका छैनौँ। हामी छिटै लिखित प्रतिबद्धता एजेन्डाहरु सहित टिम घोषणा गर्नेछौं यसको लागि टानको नेतृत्वले मिति घोषणा गरोस् भन्ने पक्षमा हो हामी विशुद्ध सबै क्षेत्रसँग समेटिएको सबै भूगोल समेटेको सशक्त अनुभवी साथीहरु टानको नेतृत्वमा आउनुहुन्छ ।
० तपाईँको नेतृत्वले गर्ने कार्यहरु के के छन् ?
टानले सबै सदस्यहरुको भावनालाई कदर गर्दै आफ्ना गतिविधिहरु अघी बढाउनु जरुरी छ । साथै टानलाई व्यवस्थित तवरले सञ्चालन गर्ने, टानमा देखिएका विभिन्न समस्यालाई निराकरण गर्ने, पर्यटन वोर्डमा रहेका टिम्सका मुद्धाहरुलाई टुङ्गोमा पुर्याउने, विभिन्न पर्यटकीय गञ्तव्यहरुलाई पहिचान गर्ने र प्रदेश सरकार तथा गाउँपालिकाको सहकार्यमा प्रवद्र्धन गर्ने लगायतका विभिन्न गतिविधिहरु टानबाट आगामी दिनमा अघी बढाउनु जरुरी छ । आफ्नो नेतृत्वले यी कामहरु सफल पार्ने छ । साथै एड्भेन्चर ट्राभल शो आयोजना गर्नुपर्ने विशेष योजना समेत रहेको छ ।
० पर्यटन क्षेत्रको हकहित र पर्यटन प्रवर्द्धनको लागि काम गर्न बनेका सरकारी निकाय र निजि क्षेत्रका सङ्गठनहरू एकअर्कासँग द्वन्द्व गरेर बस्दा पर्यटन प्रवर्द्धनमा समस्या भएको देखिन्छ नि ?
त्यसो चाहिँ होइन । पर्यटन क्षेत्रमा काम गर्ने सरकारको मन्त्रालय, विभाग, बोर्ड तथा हाम्रा निजी क्षेत्रका सङ्गठनहरूका बिचमा कतिपय विषयवस्तुहरूमा विमति हुन सक्छन् । तर, यसो भन्दैमा यिनीहरू एक अर्कासँग जुधेर बसेको मात्रै भन्न चाहिँ मिल्दैन । सामान्य मतभेदहरू हरेक क्षेत्रका हरेक निकायहरूबिच हुन्छन् । निजी क्षेत्रका सङ्गठनहरू टान, एनएमए, भिटोफ, हान लगायत बिचमा राम्रै सहकार्य हुन्छ । यद्यपि सबैका आ–आफ्नै लक्ष्य उद्देश्यहरू छन् । पर्यटन क्षेत्रमा काम गर्ने सरकारी निकाय र निजी क्षेत्रका सङ्गठनबिच सहकार्य नै भइरहेको छ, तथापि सहकार्यलाई अझै व्यापक बनाउन भने जरुरी छ ।
० नेपालमा पर्वतीय पर्यटनको भविष्य कस्तो देख्नुहुन्छ ?
नेपालमा पर्वतीय पर्यटनमा अवसर र चुनौती दुवै उत्तिकै छन् । जस्तै ट्रेकिङ रुटहरूमा मोटरबाटो पुगेको छ । जसले गर्दा ट्रेकिङ रुटहरू मासिँदै गएका छन् । त्यहाँ जाने पर्यटकहरूको बसाई छोट्टिएको छ । आम्दानी घटेको छ । नयाँ रुटहरूको पहिचान गर्न सकिरहेको छैन । राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार प्रसार गर्न सकिरहेको छैन । तैपनि नेपालको पर्वतीय पर्यटनको भविष्य चाहिँ राम्रो नै छ । जसका लागि हामीले केही कामहरू गर्नुपर्छ । मौजुदा रुटहरूको संरक्षण गर्ने, त्यसका निम्ति विभिन्न निकायहरूसँग समन्वय गर्ने, नयाँ रुटहरू पहिचान गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकमाझ प्रचार प्रसार गर्ने र पर्यटन व्यवसायलाई थप व्यवस्थित बनाउने आदि गर्न आवश्यक छ । यति गर्न सकियो भने जबसम्म नेपालका हिमालहरू, डाँडा–पाखा अनि नदीनालाहरू रहिरहन्छन्, तबसम्म नेपालमा एड्भेन्चर टुरिजम बाँचिरहने छ ।