काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा मुख्य राजनीतिक सल्लाहकारको भूमिकामा रहेका हरिबल गजुरेलले पद त्यागे । पार्टी अध्यक्ष प्रचण्डको कान्छीपुत्रीको हैकम र सचिवालयका रमेश मल्लहरूको घुस मोहले हरिबोलको चित्त बुझेन् । गजुरेलको टिकट खोसेर राजन दाहाल जस्ता विवादस्पद व्यक्तिलाई सांसद बन्ने अवसर मिल्यो । गजुरेल अध्यक्ष प्रचण्डको बानी व्यहोराबाट पनि असन्तुष्ट नै थिए । गजुरेलले पार्टी महासचिवको आश गर्दा त्यो पद पनि वर्षमान पुन जनार्दन शर्माको भिडन्त भएको देखाएर देव गुरुङजस्तो ढोंगीलाई प्रचण्डले महासचिव बनाए ।
गजुरेल त्यसमा सहमत थिएनन् । गजुरेलले उपमहासचिवबाट राजीनामा दिएका छन् । उनले आफु मात्र पद त्याग गरेनन्, अरु पदाधिकारीहरिुलाई समेत पद त्याग्न आग्रह गरेका छन् । उनको यो निर्णयले माओवादी भित्र खैलाबैला मच्चायो । अध्यक्ष प्रचण्डको परिवार मोह राष्ट्रिय सभामा नारायण दाहाललाई अध्यक्ष बनाउँदा पनि विमति जनाए । सुरुमा सो पदमा उर्मिला अर्याललाई ल्याउने हल्ला प्रचण्ड सचिवालयबाट चलाइयो । समय आयो अर्यालको पदावधि २ वर्ष मात्र भएकोले चारवर्षे राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई नै लैजान उचित हुने हल्ला सचिवालयले नै चलायो । यो जालझेलमा प्रचण्ड सक्रिय भए । नारायणकाजी उपप्रममै रमाए ।
राजनीतिक नियुक्तिको छनौट सरकारी सम्मान तथा पुरस्कार सँधै पार्टीको सानो कोटरीमा केन्द्रीत गर्ने प्रवृत्ति प्रचण्ड बने । संचार क्षेत्रमा मुठ्ठीभरका समर्थक र शुभेच्छुकले ठाउँ पाएनन् । प्रेस काउन्सिल पुरस्कार, राष्ट्रिय पत्रकारिता पुरस्कार, कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार, शक्ति तारा पुरस्कार जस्ता पुरस्कामा बम बोकेको पत्रकारिताको नाममा बिचौलियाकरण गर्नेलाई योग्य ठानियो । तर महासंघको चुनावमा माओवादीका पत्रकार कतै निर्णयक र सर्वसम्मत बन्ने आँटका भएनन् । माओवादीमा प्रचण्डका बिचौलिया र नारायणकाजीका खेतालाले पत्रकारिता गर्नै पर्दैन । विज्ञापन एजेन्सी चलाएका नै चलाएका छन् । काजी र प्रचण्डका बिचौलियाको हैकम धेरैले सहँदैनन् । गजुरेल जस्ताको आक्रोशमा यस्ता दर्जनौं मुद्दा छन् । जुन मुद्दाको प्रतिवाद तिनले गर्न सक्दैनन् ।