यस्तो छ सशस्त्रका लेखापालहरुको नालीबेली

राजनीति समाचार

काठमाडौं । भेगीय सम्बन्ध बलियो त हुन्छ र राम्रो कामका लागि । फौजमा भेगीय सम्बन्धले कतै राम्रो हुन्छ, तर गुप्तचरमा त्यसले काम गरेन । सहनिर्देशक ओम जोशी प्रमुख बन्न संगठन भित्रकै बद्नाम पात्र बोकेर डा.आरजु राणा भेट्न पुगे । तर उनको नालायकीपनले गर्दा डा.आरजुले साथ दिने ठाउँ भएन । मन्त्रालय प¥यो प्रमको, गुप्तचर प¥यो प्रम कार्यालयको अधिनको । तर फौजी समूह सशस्त्र प्रहरी भित्र केन्द्रीय लेखामा ३ जना आईजीपीसँग काम गरेको धाक लगाउने डिएसपी गणेश मल्ल अस्पताल खेदिएको वर्ष दिन बितेपछि एसएसपीको नियन्त्रणमा छन् ।

एसपी सुरेन्द्र खतिवडालाई काजमा पठाएर एक वर्ष अगाडि देखिको हिसाब हेराइँदैछ । आईजीपी राजु अर्यालले केन्द्रकै अधिनमा रहेको स्टोरमा आगलागी भयो । सामान खरिद नगरी बिल लिएर भुक्तानी गर्ने गणेश मल्ल, महेन्द्र हमालजस्ता भ्रष्टहरु डिएसपीहरुबाट सशस्त्र बद्नाम भएको छ । यो समुहमा भानु देउवाका ज्वाइँ दीपेन्द्र कुँवर, प्रबन्ध प्रमुख होमबहादुर ज्ञवाली, अर्थ महाशाखा प्रमुख रहेका छन् । यसको काम भेगीय सम्बन्ध र कांग्रेसको नाता लगाएर सशस्त्रभित्र आईजीपी अर्यालले बनाएको नीति नियममा चलेका छैनन् ।

केन्द्रीय स्टोरमा करोडौंको सामान आगलागी परेपछि भुक्तानीको समस्या भयो । टाकटुक पारेर मिलाउने खाने धन्दामा माहिर गणेश मल्लबाट यथार्थ आउँदैन भनेर आईजीपीले एसएसपी खतिवडालाई पठाएका हुन् । भ्रष्टलाई विश्वास गर्छ भन्ने कुरा आईजीपी राजु अर्यालका अहिलेको निर्णयले पुष्टि ग-यो ।

जबकि गणेश मल्ल अर्यालको २ वर्ष शैलेन्द्र खनालको ४ वर्ष पुष्पराम केसीको ६ महिने कार्यकालसम्म एक्लै केन्द्रीय लेखामा रजाइँ गरेका हुन् । अघिल्ला दुई आईजीपीका बेला उनी निरीक्षक थिए । माओवादीका नेता जनार्दन शर्मा गृहमन्त्री हुँदा सशस्त्रमा एकै पदमा १८ वर्ष सेवा गर्दा बढुवा नहुने बेथिति हटाइयो । त्यसकै फल मल्ल र हमालहरुले पाए । तर सुदूरपश्चिमको नाता जोडेर संगठन प्रमुखलाई असहयोग गर्ने आँट गरेका थिएनन् । अहिले रमेश लेखक गृहमन्त्री भए उनीहरुलाई सहारा मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *