आशाहीन ओलीको चौथो सत्ता

राजनीति समाचार

काठमाडौं । राज्यले केपी ओलीको जीवन बचाउन पटकपटक गरी १७ करोड ६६ लाख खर्च ग¥यो । तर ओली राज्य र जनताप्रति कहिले बफादार भएन उसले भारतलाई महाकाली सन्धि गराएर गुण लगायो । देशको सम्पदा सुम्पियो तर राष्ट्रवादको नाममा महाकाली साझा हो पानी आधा आधा हो भन्दै त्यो बेला कञ्चनपुरबाट काठमाडौँ साइकल यात्राको नेतृत्व गर्ने उर्वादत्त पन्थले ओलीमार्फत भारतीय दानापानी पाएपछि दुलो पसे । अहिले तिनको अत्तोपत्तो छैन । नेकपा एमालेका अध्यक्ष केपी ओलीका उखान टुक्का र भाषण चर्का हुन्छन् ।

उनैले सहकारी ठग रास्वपाका रवि लामिछानेलाई काखी च्यापेर नेकपा नेतृत्वको सरकारमा असफल पक्ष ढाकछोप गराए । गिरिबन्धु, नक्कली भुटानी शरणार्थी, थामसेकु, हुकाम, ओम्नीजस्ता काण्डमा एमालेका जंगे पिलरहरुले मस्ती गरे । तिनको संरक्षण केपी ओलीको प्रमुख एजेण्डा थियो । सहकारी ठग एमालेकै धेरै छन् । वाइडबडीको भ्रष्टाचार संसदकै सार्वजनिक लेखा समितिको निचोडमाथि अंकुश लगाउनकै लागि केपी ओली चौथो पटक प्रधानमन्त्री बने ।

मन्त्री र सचिव राखेर प्रधानमन्त्रीले राम्रै बहस गरेपनि माफिया दीपक भट्टको आग्रहमा धितोपत्र बोर्डमा तुलसीनारायण श्रेष्ठको नियुक्ति नहुँदा प्रचण्डको सत्ता गयो । त्यहाँ ९ अर्बको कुरा छ । बेचन झा, प्रतिक थापाको गिरफ्तारीले कुलदेवी हच्किन पुगिन । जालझेल र षडयन्त्रकै बिचमा चमत्कार गर्छाैं भन्दै गर्दा आज २४ दिन बिताएको सरकारको सुरुवात राम्रो छैन र थिएन । प्रधानमन्त्रीका साइबर ब्यूरो बेपत्ता भएका कारण सरकारले विद्युत प्रयोग गर्ने नाफा लिने ८ अर्ब २६ करोड महसुल नतिर्ने देशघाती उद्योगहरुले पाएको राहतको प्रचार गर्ने टिम भएन ।

जो शक्तिशाली थियो, आफ्नै कारणले बद्नाम पनि भयो । माओवादीमा महाधिवेशन सम्पन्न भएको ८ महिनासम्म पदाधिकारी टुंगो नगर्ने अन्तरपार्टी निर्वाचनमा डराउने क्रान्तिकारीताभित्र छरिएर रहेकाहरुलाई एक ठाउँमा ल्याउने अवस्था छैन । कुनै बेला कम्युनिष्ट नेकपा एमालेको नेतृत्वको चयनमा खुला थियो । तर केपी ओलीले सौरहाको जमघटबाट आफु र आफ्ना आशेपासेबाहेक पुराना त्यागी लगनशीलहरुलाई महत्व दिएनन् । बा नाता लगाएर खुट्ट ढोगेर पदको सदुपयोग गर्नेहरु पार्टीभित्र छन् । भ्रष्टाचारमा डुबेकाहरुको कुनै पनि छानबिन भएको छैन ।

ओली आँफै गिरीबन्धु र नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिए । प्रमको पदबाट निर्देशन दिएकै छन् । वामपन्थी शक्तिमा पदका लागि देखिने र देखाइने स्वभावका कारण नेपालमा अब नेकपाको पछाडि पुच्छर गाँस्नेहरुको खैरियत छैन । मिसन ०८४ जसले जसरी पनि पुरा गर्ला । तर अहिलेको तालले पुरा हुनसक्ने ठाउँ तिनले राखेनन् । जो निरन्तर पार्टीमा हालीमुहाली गरेर बसेका छन् । सत्ता र पद नै ठूलो ठान्ने उनीहरुलाई जनताले बहिष्कार गर्ने दिन आउँदैछ । यसपटक केपीको यो चौथो कार्यकालकै उत्साहजनक छैन । उनको विगतले निराशा मात्र दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *