भन्सार, राजश्व र करदाता कार्यालयमा जान मोलमोलाई

राजनीति समाचार

काठमाडौं । बालकोट पनि बूढानिलकण्ठ पनि दुबैतिर धाउँदा एक पूर्व सचिवको मुखैमा आएको भाग खोसिएको थियो । उही ढङ्गले अर्काे सहसचिवको भाग उसैगरी खोसिए अनौठो नमाने हुन्छ भन्दैछन् अर्थ मन्त्रालयतिर ।

टंकमणि शर्मा घर गएपछि रिक्त रहेको महालेखापरीक्षकमा कन्र्फम ल्याइने तयारी थियो शिशिर कुमार ढुङ्गना तर अन्तिममा उनको नाममा टिपेक्स लाग्यो र कालान्तरमा तोयम रायाले बाजी मारे । शिशिरले महालेखा परीक्षक नियुक्तिका लागि केपी ओली निवास बालकोट र बूढानिलकण्ठमा समानान्तर रुपमा दौड बढाएको थाहा पाएपछि कालान्तरका उनको नाम काटिएको थियो । अहिले उही ढङ्गबाट अर्काे सहसचिवको नाम समेत काटिनसक्ने एमाले वृत्तमा चर्चा छ ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै माओवादीका कोटाबाट डिजी खान गएकाहरु फालिदैंछन् र ती ठाउँमा पठाउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयमा सहसचिवको खोजी हुँदैछ । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयका दुईसचिव हेरफेर गरिसकेका छन् राजश्व र अर्थ सचिवमा घिमिरेद्धय दिनेश र रामप्रसादलाई जिम्मेवारी दिएसँगै अब उनको ध्यान सहसचिवहरुको सरुवामा केन्द्रित छ । जसमा भन्सार र आन्तरिक राजश्व,साना तथा ठूला करदाता कार्यालयका हाकिमहरु परिवर्तन गर्ने तरखर चल्दैछ । जहाँ माओवादी निकटका शिवलाल तिवारीलाई आन्तरिक राजस्व विभाग र भन्सार विभागमा ढुण्डी निरौला हाकिम छन् । उनीहरुलाई हटाएर ती ठाउँमा एमाले निकटका कर्मचारी पठाउने तयारी भइरहेको छ ।निवर्तमान अर्थमन्त्री वर्षमान पुनले गत चैत १४ गते शिवलाल तिवारीलाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएका थिए ।

चैत १४ गते नै पुनले ढुण्डी निरौलालाई भन्सार विभागको महानिर्देशक बनाएका थिए ।अर्थ मन्त्री पौडेलले दुबै विभागमा पार्टी लाइन अनुसारको कर्मचारी पठाउने निश्चित छ । अर्थका अनुसार सुमन दाहाललाई राजश्व अनुसन्धान विभाग,धनिराम शर्मालाई आन्तरिक राजश्व अनुसन्धान विभागको डिजी बनाइने तयारी चल्दैछ । यस्तै दीर्घ मैनालीले भन्सार विभाग जानेगरी चाँजोपाँचो मिलाइसकेका छन् । निजामती वृत्तमा दीर्घ यस्ता कर्मचारी हुन जो ठूला कार्यालयमा बस्न नपाए छटपटीमै पर्ने हाकिममा पर्दछन् । यस अघि राजश्व अनुसन्धान विभाग,आन्तरिक राजश्व विभागको नेतृत्व गरिसकेका मैनाली भन्सारमा जानेगरी चाँजोपाँचो मिलाइसकेको स्रोतको दावा छ । तर दीर्घले समानान्तर रुपमा बालुवाटार र बूढानिलकण्ठ धाएको भेटिएसँगै उनको नाममा पनि शिशिर ढुङ्गनाको झैं टिपेक्स लाग्ने सम्भवना रहेको चर्चा चल्ने गरेको हो एमाले वृत्तमा ।

एमालेका कर्मचारीहरुले दीर्घ केही अघिमात्र बूढानिलकण्ठ पुगेर आरजु राणासँग भेट गरेर फर्किएको सूचना कलेक्सन गरिसकेका छन् । भन्सारको डिजी खानकै लागि आरजुको दैलोमा उनी पुगेको चर्चा चल्दैछ । एकसाथ विष्णु पौडेल र आरजु राणाको सेवा गरिहेका मैनालीको नाम शिशिरको झैं काटिन्छ वा उनले जिम्मेवारी पाउँछन्,त्यो त हेर्न बाँकी छ । कंथ उनले भन्सारको डिजी पाएनन भने अर्थको सबैभन्दा आर्कषक बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी पाउने चर्चा छ । यस्तै त्यहाँका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, राजस्व व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा, आर्थिक नीति विश्लेषण महाशाखा, वित्तीय संघीयता समन्वय महाशाखा, कानून तथा फैसला कार्यान्वयन महाशाखा र योजना, अनुगमन तथा मूल्यांकन गरी ९ वटा महाशाखा रहेको अर्थ मातहतकै निकायमा पर्दछ आन्तरिक राजश्व विभाग,भन्सार विभाग यी दुई विभाग मातहत पनि आन्तरिक राजश्वमा डिजीसहित ५ र भन्सारमा डिजीसहित ३ सहसचिवको दरबन्दी छ ।

अर्थ स्रोतका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको अर्बाै कर तिराउन सक्रिय मदन दाहाललाई सम्पत्ति शुद्धीकरण र सेवन्तक पोखरेल र चण्डिका भट्टलाई ठूला करदाता कार्यालयमा लैजाने मोटामोटी सहमति भइसकेको छ । यो दौडमा सबैभन्दा सक्रिय छन्,राजेश्वर ज्ञवाली । ज्ञवाली काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा सम्मका बहालवाला मन्त्रीको फोन नउठाउने कर्मचारीका रुपमा चिनिन्छन् ।

उता स्वार्थ जोडिने गरी जलविद्युतको लाइसेन्स वाहक दीपक खड्कालाई उर्जामन्त्री बनाएर पठाइएसँगै उनले आफ्नो पौरख देखाउन थालेका छन् । सेटिङ्ग कलामा माहिर नविनराज सिंहलाई तेश्रो कार्यकालका लागि विद्युत विकास विभागको डिजी बनाएर पठाएका छन् । यस अघिका महानिर्देशकलाई ६ महिनामै हटाउँदै उनले पुन नविनलाई त्यहाँ पठाएका हुन । विद्युतको लाइसेन्समै सबैभन्दा बढी चलखेल गर्न पाइने थलोमा आफू निकटका कर्मचारीलाई त्यता पठाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *