काठमाडौं । नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षति, व्यवस्थति र मर्यादित बनाउन तथा वैदेशिक रोजगारीमा जाने कामदार र बैदेशिक रोजगार व्यवसायीको हकहति संरक्षण गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको थियो । बैदेशिक रोजगार ऐन २०६४ को दफा ३३ मा भएको व्यवस्था बमोजमि यस वोर्डको गठन भएको हो । बोर्डको नियमित कार्य संचालन गर्न बैदेशकि रोजगार वोर्डको सचविालय गठन गरिएको छ । सो बोर्डको श्रम तथा रोजगार मन्त्री अध्यक्ष रहने व्यवस्था छ । यस वोर्डमा उच्च पदस्थ सरकारी अधिकारी, बैदेशिक रोजगार व्यवसायी, ट्रेड युनीयन, बैदेशकि रोजगार विज्ञ र सो क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतनिधित्वि रहने व्यवस्था गरिएता पनि त्यसको परिपालना हुन सकेको छैन ।
वोर्डमा अध्यक्षसहित २५ जना सदस्यहरु रहने व्यवस्था गरिएको छ । सो बोर्डमा २५ जना सदस्यता रहे तापनि राजनीतिक भागबण्डाको कारण बोर्डमा हुनुपर्ने कामहरु चलायमान हुन सकेका छैनन् । बोर्ड चलायमान हुन नसक्दा अधिकांश विदेशमा रहेका नेपालीहरुले न्याय पाउन सकेका छैनन् । कतिपय पीडितहरुले बैदेशिक रोजगार बोर्डमा उजुरी हाल्ने र बोर्डमा धाउने परम्परा अहिलेसम्म कायमै रहेको छ । अधिकांश विदेशमा रहेका आफन्तहरुले बैदेशिक रोजगार बोर्डमा समस्याको समाधान गर्नको लागि धाउँदा पनि सुनुवाइ नभएको पीडितहरुको गुनासो छ ।
बैदेशिक रोजगार बोर्डले उपलब्धी हासिल गर्न सकेको छैन । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पटक–पटक मन्त्री फेरिरहने कारणले बैदेशिक रोजगार बोर्ड उदेश्यअनुसार चलायमान हुन सकेको छैन । बैदेशिक रोजगारको पैसामा बोर्डका कार्यकारी निर्देशक र मन्त्रीहरु विदेश घुम्ने परम्पराले बोर्ड लथालिङ् अवस्थामा पुग्ने गरेको छ । त्योसँगै बोर्डको पैसामा मिटिङ, सेमिनार, गोष्ठी गरेर, र खानपीनमा खर्च गर्ने गरेकका छन् । बैदेशिक रोजगार बोर्डमा कार्यकारी निर्देशक नियुक्त गर्दा बैदेशिक क्षेत्रमा ज्ञान नभएका, क्षमता र अनुभव नभएका व्यक्तिलाई राजनीतिक दलहरुले बोर्डको कार्यकारी निर्देशक बनाउँदा यस्तो परिस्थिति आइपर्ने गरेको छ । हालका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिहं भण्डारी २० औं पटक मन्त्री भइसकेका छन् । भण्डारीले विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्दार गरी स्वदेश फर्काउन पहल गर्नुपर्नेमा त्यो नगरी खाली नयाँ–नयाँ देशमा श्रम स्वीकृति लिने नाममा घुमघाममा रमाउँदै आएका छन् । भण्डारीले बैदेशिक रोजगार क्षेत्रलाई चलायमान बनाउन सकेका छैनन् ।
उल्टै मेनपावरका सञ्चालकहरुसँग मिलेमत्तो गरेर दुवैलाई फाइदा हुने काम गर्दै आएका छन् । तत्कालीन श्रम मन्त्री भएको बेलामा १७६ देशमा श्रम सम्झौता गरेर आएता पनि कुन कुन देशमा श्रम सम्झौता लागू भएको छ, कुन कुन देशमा श्रम सम्झौता लागू भएका छैनन् त्यसको सत्यतथ्य बाहिर आएको छैन । त्यसैगरी त्रिभुृवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रायःजसो मानव तस्करी भइरहेको छ । उता भारतको बाटो हुँदै मानव तस्करी मौलाएको छ । भिजिट भिसा र वर्किङ्ग भिसा प्रयोग गरी मानव तस्करी गर्ने गरिएका थुप्रै उदाहरण छन् । खाडीका विभिन्न देशबाट विदेशी एजेन्टहरु आएर नेपाली एजेन्ट प्रयोग गरी महिलाहरुलाई खाडी मुलुकमा पु¥याइने गरिएको छ । तर, त्यसको रोकथाम मन्त्री भण्डारीले गर्न सकेका छैनन् ।