सुरुङमार्ग सञ्चालनमा नआउँदै जोखिममा

राजनीति समाचार

काठमाडौं । आर्थिकमन्दीको कारण देखाएर अधिकांश सडक निर्माणदेखि ठूलो आयोजनाका कामहरु ठप्प जस्तै भएका थिए । केही चलायमान आयोजनाहरु पनि सरकारले समयमा भुक्तानी दिन नसक्दा बेलाबेलामा काम अवरुद्ध हुने गर्दै आएको थियो । तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालादेखि रघुवीर महासेठ हँुदै देवेन्द्र दाहालसम्म आइपुग्दा विकास निर्माणको कामले कुनै गति लिन सकेको छैन । तत्कालीन भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले विकास निर्माणको कामभन्दा पनि विभिन्न आयोजना र योजनाको उद्घाटन गर्ने, ठूला–ठूला आयोजनाको ठेक्का आफ्नो मान्छेलाई पार्ने र माथिल्लो तहका कर्मचारी मालदार ठाउँमा सरुवा गरेर पैसा उठाउने काम गरेका थिए ।

हुँदाहुँदा बन्दै गरेको सुरुङ मार्ग ब्रेक थ्रु गरी उद्घाटन गरेर छाडेका थिए । तर, सो सुरुङमार्ग उद्घाटन गरेको ४ महिना बितिसक्दासमेत सञ्चालमा आएको छैन । उल्टै माथिबाट प्वाल परेर पानी छिरेपछि सुरुङमार्ग नै जोखिममा परेको छ । सो सुरुङमार्ग बनाउन सन् २०१६ सालमा जापानको हाजमा कम्पनीसँग सम्झौता गरिएको थियो । १३ अर्ब २९ करोड ८० लाख रुपैयाँ जापान सरकार र ७ अर्बमाथि नेपाल सरकारको लगानीमा निर्माण गर्ने गरी सो सुरुङमार्ग हाजमा कम्पनीलाई ठेक्कामा दिएको थियो । नौबिसे, नागढुंगा, सिस्नेखोला र काठमाडौंको चिन्द्रागिरीसम्म सुरुङमार्गको निर्माण कार्य थालनी भएको थियो ।

सवारी सधानको चापलाई कम गराउनको लागि सुरुमार्गको अवधारणा ल्याइएको थियो । नाकढुंगा–थानकोटको सडक जामले दैनिक यात्रा कष्टकर बनाइरहेको छ । यातायात मन्त्रीले सुरुङमार्ग उद्घाटन गरेको ४ महिना बितिसकेको छ । सुरुङमार्ग सञ्चालन भएको छैन । उल्टै बीचबीचमा प्वाल परेर पानी छिरेपछि सुरुङमार्गको यात्रा जोखिमपूर्ण हुने देखिन्छ । यो त एउटा उदाहरण मात्रै हो । देशैभरका अधिकांश ठूला, मझौला र भित्री साना सडकहरु वर्षाको कारण अलपत्र परिराखेका छन् । अहिले यातायामन्त्रीमा देवेन्द्र दाहाल आएका छन् । दाहाललाई प्रधानमन्त्री केपी ओलीको दाहिने हात भनिन्छ । त्यसकारण दाहालले भौतिक पूर्वाधार तथा यातायात जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् । अब दाहालले सडकका ठूला–ठूला आयोजना, योजना र सडक विस्तारको ठेक्कापट्टामा कस्तो भूमिका खेल्छन् पहिलाका मन्त्रीहरुले जस्तै सेटिङ मिलाएर कमाउधन्दा चलाउँछन् कि राम्रो काम गरेर देखाउँदन त्यो हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *