सरकारको आदेश एकातिर, कर्मचारीको काम गराई अर्कोतिर

राजनीति समाचार

काठमाडौं । नयाँ सरकार बनेको ३ साता पुरा हुँदा सरकारको काम गराई सुनसान जस्तै छ । अधिकांश सरकारी कार्यालयमा भिडभाड हुनुपर्नेमा त्यो हुन सकेको छैन । मन्त्री र ब्युरोकेसीको ताल हेर्दां सरकार छकि छैन भन्ने भान आमजनमानसलाई भएको छ । सरकारले कर्मचारीहरुसँग ब्रिफिङ लिदैँमा दिन कटाउने काम गरिरहेको छ । अधिकांश कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीलाई ब्रिफिङ दिदैँ दिन बिताएका छन् ।

यो अवस्था हेर्दा जुन जोगी आएपनि कानै चिरेको भन्ने भनाइ चरितार्थ हुन्छ । कांग्रेस र एमाले मिलेर बनेको सरकारले देश र जनताप्रति उत्तरदायी भएर काम गर्ने अवस्था देखिँदैन । किन कि सरकारको आदेश एकातिर छ, कर्मचारीको काम गराइ अर्कोतिर छ । प्रधानमन्त्री ओलीले सिनियर सचिवहरुलाई वाइपास गरेर जुनियर सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाएपछि अधिकांश सिनियर सचिवहरु निराश भएका छन् । त्यसले गर्दा अधिकांश कर्मचारीहरुको काम गर्ने मनस्थिति गिर्दै गएको छ । अर्कोतिर विचौलिया र माफियाहरुले सरकार र कर्मचारीहरुलाई घुमाइरहेका छन् ।

सरकार फेरिनासाथ मन्त्रीहरुले कर्मचारीलाई छिटोछरितो र चुस्तदुरुस्त ढंगले काम गर्नुपर्ने उर्दी जारी गर्दछन । एकातिर त्यसरी उर्दी जारी गरिएको हुन्छ अर्कोतिर तिनै भ्रष्टाचार र अनियमितता गर्ने कर्मचारीहरुलाई पावर पैसाको चलखेलमा जिम्मेवार ठाउँमा सरुवा गर्ने गरिएको छ । छिटोछिटो सरकार परिवर्तन भइरहँदा कर्मचारी र मन्त्रीहरु कमाउधन्दामा व्यस्त हुने गर्दछन् । त्योसँगै उच्चतहका कर्मचारीहरु समयमा अफिस नआउने कारणले सर्वसाधारणको काम लथालिङ हुने गरेको छ ।

त्योसँगै भदौ १५ पछि सरकारले मुख्य सचिव कसलाई बनाउने हो भनेर कर्मचारीवित्तमा चर्चा चलिरहेको छ । केपी ओली सरकारले कनिष्ठ सचिवलाई १५ दिनको मुख्य सचिव बनाएर जेष्ठता, भोग्यता र अनुभवीलाई पछि पारेपछि सिनियर सचिवहरु जागिर खाउ कि छोडौंको अवस्थामा पुगेका छन् । ंउता, भावी मुख्य सचिवको लागि कनिष्ठ एकनारायण अर्याल न्वारनदेखिको बल निकालेर लागि परेका छन् । प्रधानमन्त्री ओलीले कनिष्ठलाई मुख्य सचिव बनाएर वरिष्ठको बाटो बन्द गरिदिँदा कांग्रेस निकट कर्मचारी युनियनका नेताहरु र कांग्रेस पनि चुपचाप अवस्थामा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *