सीआईबीको छानबिन पानीमाथिको ओबानो

राजनीति समाचार

काठमाडौं । सरकार भ्रष्टाचारी र ठगहरुको रक्षक भएको छ । नक्कली भुटानी प्रकरण सहकारी ठगी, टिकापुर जग्गा छानबिन कार्य तीव्र बनाएको सीआईबीका डिआईजी डा.मनोज केसीको सरुवाले त्यसको पुष्टि गर्दछ । ज्ञवाली उपत्यकाबाट सीआईबी पुगेपछि उपत्यकामा आएका एआईजी दीपक थापाले छानबिनले सबै थन्किँदै छन् । अहिले सीआईबीमा थापाको प्रवेश ज्ञवालीको छानबिन रोकाउनु हो । प्रहरीको सीआईबी हिजो किरण बज्राचार्यले चलाउँदा तत्कालीन गृहमन्त्रीको प्रभावमा प¥यो कि भन्ने हो । तर त्यस्तो थिएन । अहिले डा.आरजु राणाको अपराध दबाउनु छ ।

गृहमन्त्री रमेश लेखक छन् । उनी डा.आरजु बचाउ पक्ष हुन् ।एआइजी ज्ञवालीले कमाण्डलाई बेवास्ता गरी गृहमन्त्रीकै सेवक भएका छन् । उनले प्रहरी आईजीपी हुँदै जानुपर्ने छानबिनका फाइल आफैंले जिल्ला न्यायाधिवक्ता कार्यालय पठाएर गल्ती गरेकै हुन् । ज्ञवाली पनि विवादरहित होइनन् । ज्ञवालीलाई हिजो एमाले बन्नु थियो । गृहमन्त्री आए उनकै भक्त भए । ज्ञवालीका छोराछोरी विदेशमा छन् । उनी आफै आइजीपी बसन्त कुँवरलाई हटाएर आइजीपी बन्ने होडमा थिए । तर सिआइबीबाट छानबिन भएका गिरिबन्धुदेखि सहकारी ठगीसम्मका मुद्दाहरू थन्किने निश्चित छ ।

दीपक थापालाई त्यो ठाउँमा ल्याउनुको कारण नै छानबिनका फाइल दबाउनु हो । किरण बज्राचार्यलाई उपत्यकामा ल्याएर गुण्डा र अपराधीको रक्षा गर्न कांग्रेसले सक्दैन । किनकि यी बज्राचार्य पनि अनुसन्धानमा सक्रिय हुन् । प्रहरीले अपराधी बढाउने होइन । उपत्यका ट्राफिकले बसुन्धरामा यात्रुलाई दुःख दिएको छ । त्यहाँ जेब्रा क्रसिङको २÷३सय मिटर तल गाडी रोक्छ । जबकि यात्रु प्रतिक्षालय र गाडी रोक्ने ठाउँ सँगसँगै हुनुपर्छ । बसुन्धरा ट्राफिकको खल्ती भर्ने थलो बन्दैछ । यात्रु सताउने चालकलाई दुःख दिने ट्राफिकमा नेपाली प्रहरीको चलन छ ।

नेपाल प्रहरीलाई बदनाम बनाइँदैछ । आइजीपी कुँवरको समय ८ महिना बाँकी छ । उनी पछिका आइजीपी दीपक थापा हुन् । उनी विवादरहित छन् । सबैसँगको उनको सम्बन्ध राम्रो छ । प्रहरीभित्र दलगत लडाइँ छ । एमाले बनेकाहरु गृहमा रमेश लेखक आउँदा फुर्केका थिए, तर कांग्रेसको काममा प्रहरीले खटाउँछ, तस्कर जोगाउँछ अपराधी छुटाउँछ त्यो देखिएकै छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *