नेपाल सरकारको पैसा बालुवामा पानी, संस्थानहरु बन्द हुँदै

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरु असफल हुँदा नेपालको शासन प्रणाली धरापमा पर्दै गएको छ । अधिकांश गैह्रसरकारी संस्थानदेखि नेपाल सरकारका ठुला–ठुला आयोजनाहरु ध्वस्त हुदैँ गएका छन् । किनकी छिटो–छिटो सरकार परिवर्तन हुने र राजनीतिक फेरबदलले गर्दा नेपालमा रहेका अधिकांश–संस्थानहरु धरापमा पर्दै गएका छन् । संस्थानहरु धरापमा मात्र परेका छैनन् राजनीतिक नियुक्तिले गर्दा धरायसी बनेसँगै आर्थिक हिसाबले चल्न नसक्ने अवस्थामा पुगेका छन् । योसँगै अधिकांश व्यापारी र उद्योगीहरुले नीजि कम्पनी खोलेर कमाउदै छन् भने नेपाल सरकारको स्वामित्वमा रहेका संस्थानहरु घाटामा गएर बन्द हुने अवस्थामा रहेका छन् ।

घाटामा पुग्नेहरु संस्थाहरु दुग्ध विकास संस्थान, नेपाल वायुसेवा निगम, नेपाल औषधि लिमिटेड, बालाजु औद्योगिक क्षेत्र, जटिबटी कम्पनी लिमिटेड, सिहंदरबार बैद्यखाना, दुग्ध विकास बोड, साल्ट टे«ेडिङ कर्पोरेशन र नेपाल आयल निगम जस्ता संस्थानहरुको अवस्था नाजुक बन्दै गएको छ । माथि उल्लेखित संस्थानहरु बन्द हुने अवस्थामा पुगिसकेका छन् । तर, राजनीतिक दलहरु सत्ता फेबदल गरेर सत्तामा जान्छन् र यस्ता संस्थानहरु बचाउने र पुनस्र्थापना गर्न सरकारमा गएकाहरुले ध्यान दिएका छैनन् । उल्टै यस्ता संस्थानहरुलाई भजाएर राजनीति स्टनवाजी गर्ने र कार्यकर्ता पाल्नेभन्दा अन्य काम गर्न सकेका छैनन् । यस्तै स्थिति रहने हो भने नेपालमा जीवित रहेका संस्थानहरु केहि समयभित्र गुमनाम हुने अवस्थामा पुग्ने छन् । नेपालमा रहेका संस्थानमध्येमा नेपाल वायु नियम निक्कम्मा बन्न पुगेको छ । नेपाल वायु सेवा निगम आर्थिक अवस्थाले दिनप्रतिदिन गिर्दो अवस्थामा छ ।

नेपाल वासु सेवा निगमले आफ्ना जहाजहरु सुधार र मर्मतसम्भार गर्न सकेको छैन । निगमले खरिद गरेको जहाजको ऋण घटाउने भन्दा ४ गुणाले बढेर गएको छ ।बारम्बार सरकार फेरिएसँगै नागरिक उड्ययन मन्त्री फेरिँदा त्यसलाई सुधार्ने काम मन्त्री र सम्बन्धित निकायले गर्न सकेको छैन । उल्टै नागरिक उड्ययन प्राधिकरणका भ्रष्ट महानिर्देशक प्रदिप अधिकारीलाई राजनीतिक दलका नेताहरुले जोगाउने काम गर्दै आएका छन् । महानिर्देशक प्रदिप अधिकारीलाई लुम्बीनी एयरपोर्ट, पोखरा एयरपोर्ट, त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट बनाउने ठेक्कामा अर्बौ रुपैया कमिसन खाएको आरोप लागिरहेको छ । त्यस्तै, प्राइभेट क्षेत्रका एयरलाइन्स कम्पनीहरुले पुराना र थोत्रा काम नलाग्ने जहाजहरुलाई मर्मतसम्भार नगरी उडान भर्नाले सर्वसाधारणहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

प्राधिकरणले त्यसलाई अनुगमन गरी कारबाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै कमिसन खाएर जोखिमपुर्ण उडान भरेर सर्वसाधारणको ज्यान जाने गरेको छ । नागरिक उड्ययन प्राधिकरणले जहाज दुर्घटना भएपछि पटक–पटक छानबीन समिति बनाउँदै झारा टार्ने काम गर्दै आएको छ । प्राधिकरणले निस्पक्ष र सत्यतथ्य पत्ता लगाएर काम गर्न सकेको छैन ।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीको राजीनामा माग गर्दा पनि राजीनामा नदिएर अधिकारीले तमासा देखाइरहेका छन् । त्यसैगरी वायुसेवा निगमदेखि अन्य संस्थानहरु जिनतिन चलिरहेको अवस्था छ भने यसभन्दा अगाडी बन्द भइसकेका संस्थानहरु यस प्रकारका रहेका छन्, हिमाल सिमेन्ट उद्योग, हरिसिद्धि इटाटायल कारखाना, गोरखकाली टायल उद्योग, जनकपुर चुरोट कारखाना, विराटनगर जुट मिल, नेशनल टे«डिङ, ट्रलिबस, साझा यातयात, टिम्बर अफ कर्पाेरेशन जस्ता संस्थानहरु राजनीतिक भर्तिकेन्द्र बनाएर पार्टीलाई चन्दा दिएकै कारण बन्द भइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *