केयूकेएलको कमजोरी : उपत्यकावासी घातक रोगको सिकार बन्दै

राजनीति समाचार

काठमाडौं । उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) भ्रष्टाचारीको अखडा बन्दै गएको छ । (केयूकेएल)का तत्कालीन अध्यक्ष तिरेश खत्री उमेर हदको कारण २०८० फागुनमा जागिरबाट अवकास भएका थिए । त्यसयता एक पटकभन्दा बढी (केयूकेएल)को बोर्ड बैठक बस्न सकेको छैन । बोर्ड बैंक बस्न नसकेपछि (केयूकेएल)मा नयाँ अध्यक्ष नियुक्ति पनि हुन सकेको छैन । काठमाडौं महानगरपालिकाले (केयूकेएल) को बोर्ड बैठकको लागि कर्मचारी पठाउने प्राब्धान छ । तर, मेयर बालेन शाहले कर्मचारी नपठाएर आफ्ना सल्लाहकार पठाएको कारण अहिलेसम्म बोर्ड बैठक बस्न सकेको छैन । अहिले (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका छन् अशोक पौडेल ।

पौडेल र व्यवस्थापनको द्वन्द्वका कारण आनेपानी उपभोक्ता मारमा परिराखेका छन् । सीईओ पौडेल व्यवस्थापनका कर्मचारीलाई टेरपुच्छर लगाउँदैनन् । सीईओ पौडेल र व्यवस्थापन समितिका ज्ञानेन्द्र बहादुर कार्की, उमेश मरहठा, रमेश के.सी. र उज्वल श्रेष्ठबीचको द्वन्द्वले गर्दा (केयूकेएल) लथालिङ्ग भएको छ । खानेपानी मर्मतका कामदेखि पाइप बिछ्याउने काम पनि अलपत्र परेका छन् । (केयूकेएल)ले खानेपानी वितरण र व्यवस्थापन गर्न नसक्दा उपभोक्ताहरु निजी कम्पनीबाट पानी किनेर खाने वाध्य छन् । उता, निजी कम्पनीबाट सप्लाई भएको पानी खानयोग्य नभई धमिलो, लेदो र किरा परेको पाइन्छ । दुषित पानीबाट सर्वसाधारणहरु झाडापखाला, आउ र हैजा जस्ता घातक रोगको सिकार बनिरहेका छन् । उता उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारी भने खानेपानी सुचारु गर्न लाग्नुपर्नेमा त्यो नगरी निजी क्षेत्रका पानी कम्पनीहरुसँग मिलेमतो गरी आर्थिक लाभ लिइरहेका छन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको उपत्यका खानेपानी लिमिटेड केयुकेएलले सर्वसुलभ रुपमा उपत्यकावासीलाई सफा खानेपानी उपलब्ध गराउनुको सट्टा सिईओ र व्यवस्थापनबीच द्वन्द्व चर्काएर संस्थालाई धरासायी बनाउने काम गरिरहेका छन् । त्यससम्बन्धी न त खानेपानी तथा सरसफाइ मन्त्रालयले ध्यान दिएको छ, न त सम्बन्धित निकायले नै । उल्टै खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी विभागका महानिर्देशक कमल श्रेष्ठलाई मन्त्रालयमा तानेर कमिसनको चलखेल गरी खानेपानी विभागकै रामकुमार श्रेष्ठलाई जिम्मा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *