दोलखामा सामुदायिक वन दिवस र पुरस्कार

राजनीति समाचार

नेपालमा सामुदायिक वन अवधारणाको जग हालेको आधा सताव्दी नाघि सक्यो । तर धेरै ढिलामा मात्र सामुदायिक वन दिवस मनाउन थालिएको हो । विक्रम सम्वत २०७३ साल देखि सरकारी निर्णयवाट नेपालमा सामुदायिक वन दिवस मनाउन थालियो । त्यस पछिका हरेक वर्षमा सरकारी तथा सामुदायिक वन अभियानले तहगत रुपमा विभिन्न क्रियाकलाप गरी साउन २५ गते सामुदायिक वन दिववस मनाउने गरिएको छ । राष्ट्रिय स्तरमा मूल समारोह समितिको आयोजनामा एक कार्यक्रम आयोजना गर्ने गरिन्छ । सो समिति र समारोहमा सरकारी तथा गैर सरकारी क्षेत्रको सामुहिक सहकार्य हुने असल अभ्यास चलेको छ । यस समारोहमा गणेशमान वन संरक्षण पुरस्कार लगायतका सम्मानहरु प्रदान गर्ने गरिन्छ । दोलखामा पनि सामुदायिक वन दिवस मनाएको थियो ।

सामुदायिक वनको अवधारणा
जनतालाई वनबाट टाढा राख्ने कानुन वने पछि वन विनासको दर वढ्यो । वन राष्ट्रियकरण गर्ने ऐन २०१३ सालमा वन्यो । त्यस पछि वन विनास हुन थाल्यो । सरकारले सोच्यो राज्यकोा सम्पत्ति भए पछि जोगिन्छ भनेर तर उल्टो भयो । त्यसै गरी २०२४ सालमा वनमा अनुमती वेगर पस्नेलाई घुँडामुनी गोली हान्ने व्यवस्था सहितको वन संरक्षण विशेष ऐन २०२४ आयो । त्यसले जनताबाट वन झनैं टाढा पार्ने कोसिस भयो । वन विनास अझै वढ्यो । अनी तहमा चासो वढ्न थाल्यो । विभिन्न अभ्यासहरु हुन थाले । जनतालाई वनबाट अलग वनाएर वन विकास हुन सक्दैन भन्ने निक्र्यौल निकालियो । वन संरक्षणमा जनसहभागीताको उपायहरु खोज्न थालियो । यसै क्रममा सिन्धुपाल्चोकको ठोकर्पा भन्ने ठाउँमा एक फरक अभ्यास गरिए छ । स्थानीय वासिन्दाले वनको संरक्षण गर्ने भनि एक समिति वनाएछन् । त्यो काम तत्कालिन डिभिजन वन कार्यालयलाई पनि मन परेछ । अनी त्यो वन संरक्षण समितिलाई तत्कालिन डिभिजन वन कार्यालयले वन संरक्षण गर्ने भनी लिखित कागज दिएको रहेछ । त्यो कागज दिएको मिति २०३० साल साउन २५ गते रहेछ । सोही दिनलाई सामुदायिक वन अवधारणको जग बसेको दिन मानेर २०७३ सालमा सामुदायिक वन आरम्भ भएको दिन मानि दिवस मनाउने भनी सरकारले निर्णय ग¥यो ।

सामुदायिक वन दिवसको अवसर पारेमा केन्द्र तथा जिल्ला स्तरमा विभिन्न क्रियाकलापहरु हुने गर्दछन् । दोलखा जिल्लाको सदरमुकाममा पनि सामुदायिक दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । जिल्ला भरका स्थानीय सरकार प्रमुख, उपप्रमुख, सामुदायिक वनका प्रतिनिधिहरुको सहभागीता रहेको सो समारोहको डिभिजन वन कार्यालय र फेकोफन दोलखाले संयुक्त रुपमा आयोजना गरेका थिए । जिल्ला समन्वय समिति प्रमुखको प्रमुख अतिथी रहनु भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको समेत उपस्थीति रहेको थियो । कार्यक्रममा आयोजकहरुको तर्फवाट २ वटा कार्यपत्रहरु प्रस्तुत भएको थियो ।

दोलखामा सामुदायिक वन दिवस
दिवसको अवसरमा सामुदायिक वनले खेलेको भूमिकाको चर्चा गरिएको थियो । खास गरी हरियाली वढाउन, नागरिकलाई संगठित वनाउन सामुदायिक वन अभियानले ठुलो भूमिका खेलेको चर्चा भयो । तथापी वन स्रोतले समृद्धिमा योगदान पु¥याउन नसकेको, वन वढेकोले वन्यजन्तु वढेको त्यसले मानव वस्तीमा नोक्सानी भएको जस्ता सवालहरु उठेका थिए ।

दोलखामा ४ सय ३९ वटा सामुदायिक वनहरु रहेका छन् । सामुदायिक वनले ओगटेको क्षेत्रफल ४५ हजार ५ सय २५ हेक्टर रहेको छ । यी सामुदायिक वनहरु मध्ये ५५ वटा सामुदायिक वनहरु अहिले गौरीशंकर संरक्षण क्षेत्र भित्र परेका छन् । त्यसै गरी यस जिल्लामा १ सय ८५ वटा कवुलियती वन समूहहरु रहेका छन् । विपन्नको रेखामुनी रहेकाहरुलाई कवुलियती वन हस्तान्तरण गरिएको हो । दोलखामा निजी वन २८ र धार्मिक वन २ वटा रहेका छन् ।

सामुदायिक वन दिवसको अवसर पारेर गत आर्थिक वर्षमा दोलखा जिल्लामा रहेका उत्कृष्ट सामुदायिक वन र कवुलियती वनलाई पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुनेहरुमा प्रथम देखि तृतियसम्म क्रमसः बैतेश्वर गाउँपालिका वडा नं. ४ को हनुमन्तेश्वरी सामुदायिक वन उपभोक्ता समूह, भीमेश्वर नगरपालिका वडा नं. ९ को शंखदेवी सामुदायिक वन उपभोक्ता समूह र कालिञ्चोक गाउँपालिका वडा नं. ८ को आइतवारे सामुदायिक वन उपभोक्ता समूहहहरुलाई नगद तथा प्रमाणपत्र सहित सम्मान तथा पुरस्कृत गरिएको थियो । नगद क्रमसः २० हजार ५ सय, १६ हजार र १० हजार प्रदान गरिएको थियो । त्यसै गरी कवुलियती वन तर्फ प्रथम जोर चौतारा समूह गौरीशंकर गाउँपालिका वडा नं. ३ ले रु १७ हजार नगद सहित प्रथम उपाधीको प्रमाण पत्र पाएको थियो । १३ हजार नगद सहितको दोस्रो पुरस्कार तामाकोशी गाउँपालिका वडा नं. ४ को चुलीडाँडा कबुलियती वन समूहले पाएको थियो । १० हजार नगद सहितको तृतिय पुरस्कार भीमेश्वर नगरपालिका वडा नं. २ मा रहेको आइतवारे कवुलियती वन समूहले प्राप्त गरेको थियो ।

नेपालको पहिलो सामुदायिक वनको पहिचान भने काभ्रे जिल्लाको सानुपाण्डे सामुदायिक वनले पाएको छ । जुन २०४५ साल असार ३ वन हस्तान्तरण भएको थियो । हाल सामुदायिक वनको संख्या २३ हजार नाघिसकेको छ । त्यसै गरी सामुदायिक वनले ओगटेको क्षेत्रफल पनि २३ लाखकाट उक्ली सक्यो । वन जोगाउने कुरामा सामुदायिक वन अभियान सफल भयो । उत्कृष्टता हासिल ग¥यो तर वन स्रोतका सदुपयोगमा उपलव्धी हासिल हुन सकेन । त्यसैले सामुदायिक वनमा उपभोक्ताहरुको आकर्षण घट्दो छ । अहिलको सन्दर्भमा दाउरा घाँस चाहिएन त्यो भन्दा वढि पाइएन जस्तो भएको छ । स्रोत वढ्यो तर सदुपयोगका एजेण्डा कार्यान्वयनमा ल्याउन हामी सफल हुन सकेनौं । सदुपयोगमुखी सामुदायिक वनको गन्तव्य निर्धारण गरी सो प्राप्तीकालागि सामुहिक अठोट र कार्यान्वयनमा सबै जुट्नु आवश्यक छ ।

सामुदायिक वन अभियानको जोगाउन जान्ने तर खान (सदुपयोग) नजान्ने पहिचान बन्दैछ । सामुदायिक वनका अधिकारवालाहरुले आफ्नो प्राथमिक काम भुल्दै गएको भान पर्दैछ । उपभोक्ता समूहले आफ्ना प्राथमिकताको काम वन संरक्षण, सदुपयोग र विपन्न सशक्तिकरण मध्ये वन संरक्षण वाहेक अरु काम गर्न सकेन । त्यसै गरी वन कार्यालयले पनि आफ्नो प्राथमिक काम छाडेर सहायक काम तिर ध्यान दिन थालेको छ । यी दुई निकायले प्राथमिक काममा ध्यान दिन सके वन स्रोत सदुपयोग हुन सक्ने छ । अनी मुलुक र मुलुकवासीको समृद्धिमा योगदान पुग्नेछ । त्यस पछि मात्र यसपालाको सामुदायिक वन दिवसको नारा ‘सामुदायिक वनको प्रभावकारीता, तिनैं तहको सरकार र समुदायको सहभागिता’ ले सार्थकता पाउन सक्नेछ ।

सामुदायिक वन दिवस मनाउने सन्दर्भमा अहिले क्रियाशिल रहेका नागरिक वा समुदाय देखि संघीय तहसम्म हेर्ने हो भने समुदाय तहमा विभिन्न अभियानहरु भएको देखियो । त्यसै गरि जिल्ला तहमा पनि विभिन्न कार्यक्रमहरु गरिए । सङ्घीय तहमा समेत झण्डै साताव्यापी कार्यक्रमहरु भए । तर प्रदेश र स्थानीय तहमा सामुदायिक वन दिवसका वारेमा कुनै चर्चा गरेको खासै सुनिएन । हुनत सामुदायिक वनको नियामक निकाय प्रदेश नैं हो तर दिवस मनाउने सन्दर्भमा त्यो तहमा भने कुनै समारोह आयोजना भएको पाइएन ।

जे होस् २०७३ साल देखि सरकारी तथा सामुदायिक वन अभियानको तर्फवाट संस्थागत रुपमा सामुदायिक वन दिवस मनाउने काम भैरहेको छ । यो उत्साहजनक पक्ष हो । यी समारोह वा दिवसहरु कर्ममाण्डी मात्र हुनु हुँदैन । सामुदायिक वनको सफलता केलाउनु पर्दछ, अनी वढाउनु पर्दछ । कमजोरी औल्याउनु पर्दछ । कमजोरी सुधार्नु पर्दछ । सामुदायिक वनका अवसरहरु धेरै छन् । त्यसलाई छोप्न सक्नु पर्दछ । सामुदायिक वनका चुनौती पनि नभएका होइनन् । ती चुनौतीको सामाना गर्न सक्नु पर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *