मोहन बस्नेतको साख गिर्दै

राजनीति समाचार

काठमाडौं । कांग्रेसका महाभ्रष्ट मोहन बस्नेतको साख गिरेको छ । डा.आरजु राणाको दाहिने हातका रुपमा परिचित बस्नेतलाई कानुन नियम लाग्दैन । टेरामोक्स काण्ड होस् वा स्वास्थ्य उपकरण खरिद प्रकरण किन नहोस् बस्नेतले राम्रैसँग देशलाई घाटा पु-याएर आफु धनि भए । सांसद नहुँदा पनि यिनको धन्दा तिब्बती शरणार्थीको व्यापार थियो । खासाबाट तस्करी गराउँदा रक्तचन्दन जडीबुटी उनको निशाना थिए । आज कांग्रेसभित्र मोहन बस्नेत सिन्धुपाल्चोकमा राजकीय सानमा रमाउने यी मोहन बस्नेत अहिले ठाडो शिर लगाउने हैसियतमा छैनन् । डा.आरजुले जोगाएर कति दिन जोगिन्छ । जसले टेरामक्सको ३ अर्ब ८७ करोड भ्रष्टाचार गर्दा संचारमन्त्री बनेको समय थियो ।

सिन्धुपाल्चोकमा नारायणकाजीकै दादागिरीबाट बाह्रबिसे नगरपालिकाको भ्रष्टाचार चर्केको छ । भुकम्पका बेला भत्केका विद्यालय निर्माण गर्दा राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट पनि पैसा लिने विदेशी दाताबाट पनि सहयोग लिएर १९ करोड झ्वाम पारेको अर्काे उजुरी अख्तियार आयुक्त जयबहादुर चन्दले देखाएको धेरै भयो । आफ्नो योजनामा सघाउ नगर्ने नगरपालिकाकी शिक्षा उपसचिवलाई अनेक दुख दिएर स्थानीय पत्रकारमार्फत गलत समाचार लेखेर हैरानीपार्दा ती महिला अधिकृत प्रदेश मन्त्रालयमा सरुवा भई जान बाध्य पार्दा बस्नेत स्वास्थ्यमन्त्री थिए ।

पार्टीमा धम्की र डनवाद अस्वीकार गर्दा बस्नेतका पूर्वसंचार सल्लाहकार सिबी खड्काले उनको टिम छाडेका छन् भने मेडिकल माफिया विष्णु न्यौपाने सहयोगी भएका छन् । डन र माफियाको जगजगी देखिएको सिन्धुपाल्चोकमा बस्नेतको हालीमुहाली अन्त गर्न एमाले माओवादी संयुक्त गठबन्धन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *