डा.शेखर चिन्तै चिन्ता !

राजनीति समाचार

काठमाडौं । एमाले र कांग्रेस मिलेर संविधानको रक्षा गर्नुपर्छ, अप्ठ्यारा बाधा अड्चन हटाउन संशोधन नै गर्न परे सजिलो हुन्छ भन्दै प्रवचन दिने कांग्रेसी नेता डाक्टर शेखर कोइरालालाई उनका विरोधीहरूले खुचिङ मार्दैछन् । कोइराला आफै प्रधानमन्त्री बन्न पाउने झैँ माओवादी अध्यक्ष पुष्पकमल दाहालको शासनकालभर एमाले प्रिय भए, जब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा.आरजु राणाले असार १५ गते दही चिउरा खाएर प्रचण्ड सरकार ढाल्ने योजना बनाए । त्यो बेला डाक्टर शेखरलाई कतै देखिएन किनकि निर्णायक नहुनेले बोलेर अर्थ हुँदैन भन्ने ज्ञान शेखरलाई भएन ।

प्रस्ताव ल्याउन डा. शेखर सम्झौता गर्ने डा.आरजु भएपछि डा. शेखरकै पछि लागेकाहरुले खुचिङ गरेका हुन् । २५ जना सांसदले गगन थापालाई संसदीय दलको नेतामा मत दिए जबकि हामी ३५ छौँ भन्ने दम्ब यो समूहको थियो । डा। शेखरलाई नै देउवासँग भिडाउन पथ्र्यो । आफ्नो टिमबाट अरुसँग समन्वय नगरी मन्त्रीको नाम छनोट गरेपछि पछिल्लो पटक महामन्त्री गगन थापा टाडिएको अवस्थामा मेलमिलापकर्ता बनेका अर्जुन नरसिंह केसीले मन्त्री पाएनन् । आफू भलो त जगतै भलो देख्दाको परिणाम ओली सरकारको मन्त्रिमण्डलमा रामनाथ अधिकारी र बद्री पाण्डे शेखर टिमका भनेर चिनाइयो । नेतापिच्छेका मन्त्री खडा गरियो । यसले कोइराला वंशको सत्तालिप्सा देखियो ।

सांसद बन्न माओवादीको सहारा लिने सांसद भएको भोलिपल्टबाट माओवादीविरुद्ध लागेका डा. शेखरलाई कांग्रेसी उद्धव थापाहरूबाट अब धोका हुने भएको छ । किनकि सुजाताको क्षेत्रमा डा. मिनेन्द्र रिजालको ठाउँ सुरक्षित गर्दा डा. शेखर आफ्नै क्षेत्रमा गठबन्धन बिना चुनाव जित्दैनन् भन्ने संकेत मिलेको मोरङ कांग्रेस बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *