बज्यो त कमरेड पार्टीमा ढोलकी

राजनीति समाचार

काठमाडौं । भन्न जति सजिलो छ र काम गर्न कठिन एमालेमा केपी ओलीको अत्याचार सहन नसकी पार्टी टुक्र्याएका माधव नेपाल दशौं महाधिवेशनको रोइलोसँगै आफू पुनः अध्यक्ष भए । निर्वाचन हुन्थ्यो भने घनश्याम भुसालहरूको नेतृत्वमा पार्टी पुग्थ्यो । युवा समूहको आकर्षण सबै दलमा थियो । सर्वसम्मतको नाममा अध्यक्ष माधव वरिष्ठ नेता झलनाथ महासचिवमा भुसाल आए । ९२ जना हलबाट चुनिएपछि हलले तिनैलाई बाँकी पदाधिकारी र केन्द्रीय सदस्य छनोट गर्ने निर्देशन दियो । तर नेपाललाई झुक्याउँदै जगन्नाथ खतिवडा जस्ता नेता निकटहरू केन्द्रीय सदस्य बनाइएपछि नेकपा एकीकृत समाजवादीमा ढोलकी बज्न थालेको छ ।

केपी ओलीका तानाशाही व्यवहारले विभाजित पार्टी माधवले आँट गर्थे भने नेकपाबाट केपी त्यो बेला विस्थापित हुँदा नेकपाका एक अध्यक्ष बन्ने ठाउँ पनि थियो । संसदीय अभ्यासमा स्थापित शक्ति चुनाव चिन्ह लिन पाइन्थ्यो, तर नेपालले आँट गरेनन् अन्तत पार्टी तीन टुक्रा भयो। उचाल्ने १२ भाइलाई केपी ओलीको सारथी भन्न सकिन्छ । यता एकीकृत समाजवादीमा लागेकाहरू आफ्नो क्षेत्रमा योगदान भएर पनि केन्द्रीय सदस्यमा अटाएनन् । वरिष्ठ पत्रकार एवं यसको केन्द्रीय प्रचार विभागका सदस्य शम्भु श्रेष्ठ, प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी योग्य भएर पनि केन्द्रीय सदस्य बन्न पाएनन् । माओवादीले सहयोग गरेको थिएन भने अरु त कुरै छाडौँ, अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, किसान श्रेष्ठ, भानुभक्त जोशी, शेरबहादुर कुँवर, धनबहादुर बुढा, प्रेम आलेको बिजोग हुने थियो ।

ओलीको संविधान मिच्ने र राजा बन्ने चाहना पुरा हुँदैछ । जनमत सिर्जना गर्न पर्दा पछाडि माओवादी थियो । तर एकीकृतले जस दिएन । झलनाथको संगठन त उपचुनावमा जितबहादुर राईले वडाबाट प्राप्त ६ मत हो । संर्पदंश प्रतिष्ठानको नाममा १२ करोड भ्रष्टाचार भएको देख्दा कुनै नेताप्रति स्वच्छताको भावना छैन भन्ने देखियो । अहिले कम्युनिष्टहरुको गुट उपगुट व्यवहारले ग्रस्त भयो । विधानले पनि बाँध्न नसक्ने नेकपाका सबै घटकमा विधान कुल्चने चलन छ । यो मामिला माओवादी र एमाले अगाडि एकीकृत समाजवादी पछाडि भएको मात्र हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *