अर्थ मन्त्रालयका सहसचिवको यस्तो छ नालीबेली

राजनीति समाचार

काठमाडौं । अर्थ मन्त्रालयको बजेट महाशाखा यस्तो ठाउँ बन्यो कि जहाँ बसेका एक पछाडि अर्काे कर्मचारी भ्रष्टाचार मुद्धामा परिरहेका छन् । हालैमात्र सरुवा हुँदा यो महाशाखाको हाकिम बन्न आइपुगेका छन् श्रीकृष्ण नेपाल । नेपाल प्रशासन संयन्त्रभित्र पावरफुल कर्मचारीका रुपमा चिनिन्छन्,यसकारण कि उनी अर्थ र प्रधानमन्त्री कार्यालय छाडेर कहिल्यै बाहिर बस्नु परेको छैन ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा दुई घिमिरे बन्धुलाई सचिवका रुपमा भित्र्याए लगतै अर्थका दुई सहसचिवको आन्तरिक सरुवा गर्दा मन्त्रालयकै सबैभन्दा आकर्षक बजेट तथा कार्यक्रम महाशाखा,उक्त महाशाखामा अर्थकै भाग्यमानी सहसचिव श्रीकृष्ण नेपालले अवसरलाई ल्याएका छन् । धनिराम शर्मालाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाबाट बजेटमा सारिएको हो । नेपाल यस अघि २०७९ पुस १० गते अर्थमन्त्री भएपछि विष्णु पौडलले २०७९ माघ १८ गते श्रीकृष्ण नेपाललाई अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

०७४ सालमा वाम गणबन्धनको सरकारबनेपछि २०७८ बैशाखसम्म नेपाल अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख थिए । २०७७ सालमा नेपाललाई सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा हुँदा उक्त सरुवा बदर गर्न लगाएका उनी अर्थका पावरफुल सहसचिवमा चिनिन्छन् । काँग्रेसका अर्थमन्त्री हुँदा समेत उनले काँग्रेसीलाई रिझाएर त्यही टिक्न सफल भएका उनी एमालेको सरकार आएसँगै बजेट महाशाखाको जिम्मेवारी पाएका हुन ।

यस अघि यो महाशाखामा जो जो बसे ती मध्ये अधिकांश विरुद्ध अख्तियारमा मुद्धा परिरहेको छ । जस्तो कुनै समय बजेट महाशाखामा रहेका बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्धा चलिरहेको छ । विशेष अदालतमा ५० हजार धरौटी बुझाएर छुटेका उनको फैसला महिना दिनभित्रै हुने बताइएको छ । यस्तै उनी पछि बजेट महाशाखामा पुगेका मधु मरासिनीविरुद्ध अख्तियारमा मुद्धा चल्यो । सात महिना पछि सफाइ पाएर अर्थ मन्त्रालयमै फर्किएका उनी अहिले उपराष्ट्रपति कार्यालयमा थन्काइएका छन् । यस्तै माओवादीका पालामा सोही महाशाखाको हर्ताकर्ता रहेका रितेश शाक्य मेलम्ची खानेपानी प्रकरण लागेर निलम्बनमा छन् ।

रेणु दाहालको नगरपालिकाको कार्यकारी प्रमुख चलाएका नरेन्द्र राना समेत धितोपत्र वोर्डमा रहँदा पवन गोल्यानहरुको पक्षपोषण हुने गरी काम गरेको कारण विवादमा छन् । यस्तै काँग्रेसका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका दाहिने हात उत्तरकुमार खत्री हुन वा भुपाल वरालहरु नै टेरामक्स प्रकरणमा जोडिएर विवादमा मुछिएका छन् । अख्तियारले यी दुईलाई टंङ्गालमा बोलाएर पटक पटक बयान लिइसकेको छ ।

यो महाशाखामा बसेका सात जनामध्ये मधु मरासिनीले सफाई पाइसके,अर्काे एक मुख्य सचिवमाथि विशेषमा मुद्धा विचराधिन छ । त्यही महाशाखामा बसेका अर्काे सहसचिव मुद्धा चलेर निलम्बनमा छन् अरु केही सहसचिवमाथि समेत अख्तियारको वक्रदृष्टि परिरहेको छ । जसमा भुपाल,उत्तरहरु उपर अख्तियारले मुद्धा चलाउने तयारी गरिरहेको छ ।

सचिव बन्ने लाइनमा रहेका भुपाल नेपाल टेलिकमको विलिङ्ग र उत्तर खत्री टेरामेक्स प्रकरणमा जोडिन्छन् । यी उपर अख्तियारको वक्र दृष्ट्रि परिरहेको छ । पाँच वटा बजेट लेख्ने जिम्मेवारी पाएका धनिराम शर्मा अहिलेसम्म क्लिन देखिएका छन्,त्यहाँ बसेकामध्ये ।
उता शेयर बजार निरन्तर उकालो लाग्न थालेपछि अर्थकै एक सहसचिवले कर्मचारी सञ्चयकोषबाट १५ लाख निकालेर शेयर बजारमा खन्याएको चर्चा अर्थ मन्त्रालयतिर सुन्न पाइन्छ । त्यसरी शेयरमा लगानी गर्ने सहसचिव हुन,उनै उत्तर खत्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *