मन्त्री भण्डारीले सिमेन्ट उद्योगीहरुलाई विश्वास दिलाउँदै

राजनीति समाचार

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको २०औँ वार्षिक साधारणसभा गत साउन २० गते सम्पन्न भएको थियो । सभाले शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारूलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । मारुको अध्यक्षमा १५ सदस्यीय कार्यसमितिमा सर्वसम्मत रूपमा चयन भएका छन् । सभाले उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड, महासचिव राजाराम खड्का र कोषाध्यक्ष अरुणकुमार कर्णलाई चयन गरेको छ । त्यसैगरी सभाले सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाब्देन तामाङ, आदित्य संघई, विष्णु अग्रवाल, नन्दीकेशर पौडेल, केशवप्रसाद उप्रेती, ह्वाङ सी जंग, अनिल रुंगटा र राजनकुमार झालाई (आमन्त्रित सदस्य)को रुपमा चयन गरेको छ ।

संघको २०औँ वार्षिक साधारणसभाबाट नवनिर्वाचित कार्यसमितिलाई सिमेन्ट उद्योगहरुले भोग्नुपरेका समस्या समाधानका लागि आवश्यक सुझाव कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साउन ३२ गते होटल शंकरमा सपथ ग्रहण गराएका थिए । कार्यक्रममा उद्योग सचिव, भूमि, सहकारी तथा गरिवी निवारणमन्त्रालयका सचिव, नापतौल विभागका महानिर्देशक तथा उद्योगण वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायत विभिन्न उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले सिमेन्टे उद्योगीहरुलाई आइपरेको समस्या समाधानको लागि सरकार सधैं साथमा रहने बताउँदै नेपालमा उद्योगधन्दा चलायमान बनाएर युवाहरुलाई रोजगारी सिर्जना गर्ने बताएका थिए ।

त्यसैगरी कार्यक्रममा नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष मारुले देशको पूर्वाधार विकास र निर्यात प्रवद्र्धनमा सिमेन्ट उद्योगहरुले महत्वपूर्ण भूमिका निर्वाह गरे तापनि विभिन्न समस्या झेल्नुपरेको गुनासो गरेका थिए । कार्यक्रममा अध्यक्ष मारुले आजभन्दा २० वर्षअघि क्लिङ्गरमा आधारित सिमेन्टको उत्पादन निजी क्षेत्रबाट शुरु भएको त्यसको ५, ७ वर्षपछि चुनढुङ्गामा आधातिर सिमेन्ट उत्पादन सुरु भएको १५, १६ वर्षको अवधिमा नेपाल सिमेन्टमा आत्मनिर्भर भई आ.व. २०८०÷०८१ को चैत मसान्तसम्ममा करिव २ करोड २५ लाख ३८ हजार ५७८ मेट्रिक टन सिमेन्ट र क्लिङ्गर निर्यात गर्न सफल भएको बताएका थिए ।

अहिले सिमेन्ट खपतमा कमी आई ८ देखि १० मिलियन टन मात्रै खपत भएको बताए । उनले अहिले चुनढुङ्गमा आधारित सिमेन्ट उद्योगहरु ५० देखि ६० प्रतिशत क्षेमता मात्रै सञ्चालनमा रहेको जानकारी गराए । नेपालमा सिमेन्ट खपत कम हुनुमा कोरोनासँगै आर्थिक देशमा मन्दी छाउनु, बहुराष्ट्रिय आयोजनाका कम्पनीहरुको निर्माणको काम ठप्प हुनु जस्ता कारण देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *