निजामती क्षेत्र आरक्षणले लथालिंग

राजनीति समाचार

काठमाडौं । आरक्षण कोटामा तरमारा वर्गले राज गरिरहेका छन् । ‘तरमारा’ वर्ग मालामाल हुने, वास्तविक पीडित पीडामै रुमल्लिरहनुपर्ने घटना अहिले राजनीति र निजामतीतिर विकृती मौलाइरहेको छ । जस्तो डलरे अर्वपति विनोद चौधरी,उमेश श्रेष्ठ,आरजु राणाजस्ता नेताहरुले आरक्षण कोटाको लाभ उठाइरहेका छन् । उता निजामतीतिर यस्तै तरमाराहरुकै बोलबोला छ । दुबी आएकोेदेखि आँखाको पावर कम भएका (घ वर्ग) लेसम्म शारीरिक अशक्त कोटाको सुविधा लिन थालेपछि वास्तविक शारीरिक अशक्त मर्कामा पर्न थालेका गुनासो सुनिन्छ ।

फेरि यिनैलाई शारीरिक अशक्त भनिदिँदा मानहानीको मुद्धा हालिदिने उतिकै डर छ । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्याय यही कोटाबाट लाभ लिइरहेका छन् । उनको हातको औलामा सानो चोट लागेको छ । त्यसैलाई देखाएर आरक्षणको लाभ उठाइरहेका छन् । ०६९ वैशाखमा शारीरिक अशक्त कोटाबाट उपसचिव बनेका उपाध्याय सोही वर्ष चैतमा खुलाबाट सहसचिवमा नाम निकाल्न सफल भएका हुन । यस्तै अहिले शिक्षा सचिवको जिम्मेवारमा रहेका दीपक काफ्ले पनि यस्तै तरमारा कर्मचारी हुन । शारीरिक अशक्त कोटा दुरुपयोग गरेरै उनी बढूवा भएका हुन । ०६९ चैतमा शारीरिक अशक्त कोटाबाट नेपाल प्रशासन सेवाको सहसचिव बनेका काफ्लेको आँखामा थोरै समस्या छ ।

यही समस्यालाई देखाएर उनले शारीरिक अशक्त कोटाबाट भरपुर लाभ लिइरहेका छन् । यस्तै लाभ उठाउने अर्का कर्मचारी हुन श्यामकृष्ण थापा । उक्त कोटाबाट लाभ उठाएका थापा अहिले पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट हटाउने तयारी भइरहेको छ जितेन्द्र बस्नेतलाई उनी पनि तरमारा सहसचिव हुन । शारीरिक अशक्त कोटाको प्रयोग गरेर उनी सहसचिव बनेका हुन । नियम अनुसार उपसचिवबाट सहसचिव बन्न ५ वर्ष उपसचिवमा काम गरेको हुनुपर्छ तर, बस्नेतले शारीरिक अशक्त कोटा प्रयोग गरेर ४ वर्षमै सहसचिवको परीक्षा दिएर नाम निकालेका हुन । उनी ०७३ वैशाख १४ गते सहसचिवका रुपमा कार्यरत छन् ।

बंगलादेशमा आरक्षण प्रणाली (कोटा)को ‘इस्यु’ उठिरहँदा नेपालमा पनि यो प्रणालीको व्यापक दुरुपयोग भएको भएको पाइन्छ । अहिले पेचिलो रुपमा उठिरहेको प्रश्न हो,एक जना निजामती कर्मचारीले जागिरे जीवनमा कतिपटक आरक्षण कोटा प्रयोग गर्न पाउँछ ? कुनै परिवारका श्रीमान‑श्रीमतीले नै आरक्षण कोटाबाट लाभ लिन पाउने कि नपाउने ? यही स्पष्टता नहुँदा कोही कर्मचारीले आरक्षणका नाममा पटक पटक लाभ उठाउँदै आएका छन् । केही कर्मचारी त शाखा अधिकृत हुँदै सचिवसम्म बनेका छन्,यही आरक्षण कोटामा टेकेर । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका कृष्णहरि पुष्कर र उनको पत्नी आभा कर्णले पटक–पटक मधेशी र जनजातिको कोटामा टेकेर निजामती सेवाका उपल्लो पदमा पुग्न सफल भएका छन् ।

मधेशी कोटाबाट उपसचिव र सहसचिव बनेका पुष्कर कर्ण आफूलाई कर्ण होइन पुष्करका रूपमा परिचित गराउँदै आएका छन् । लोकसेवा आयोगको अनुसार,उनी कार्तिकमा मधेशी कोटाबाट प्रशासन सेवा, सामान्य प्रशासन तर्फको उपसचिव बनेका हुन अनि ०६८ फागुनमा मधेशी कोटाबाटै सहसचिव । यसरी मधेसी कोटाबाट उपसचिव, सहसचिव हुँदै सचिव बनेका पुष्कर सचिव भएपछि मधेश प्रदेश टेकेनन् । जुन प्रदेशबाट निजामती वृत्तमा खुट्किला चढ्दै गए त्यही प्रदेशमा गएर सेवा गर्न वा योगदान दिन चाहेनन् । पुष्कर पत्नी आभा सहसचिव हुन,उनले पटक पटक आदिवासी जनजाती कोटाबाटै निजामतीमा भ¥याङ्ग चढ्दै अहिले सहसचिवका रुपमा सिंहदरबारभित्रै कार्यरत छिन् । आभा श्रेष्ठ कर्ण ०६७ सालमा महिला कोटाबाट उपसचिव भइन अनि पाँच बर्ष नबित्दै ०७१ फागुनमा मधेशी कोटाबाट सहसचिव । कर्ण अहिले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा छिन् ।

उनले कहिले आदिवासी त कहिले मधेसी कोटाबाट लाभ लिएर निजामती सेवाको उपल्लो पदमा पुगेको देखिन्छ । यसरी मधेसी कोटाबाटै लाभ उठाएका कर्मचारी मधेशमा गएर सेवा गर्न परे आफूलाई कारवाही गरेको ठान्छन् । यस्तै आरक्षण कोटा एक पटक होइन,दुई तीन पटकसम्म प्रयोग गरेर कतिपय कर्मचारीहरु शाखा अधिकृतबाट उपसचिव,सहसचिव हुँदै सहसचिवसम्म बनेका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरूवा भएकी चन्द्रकला पौडेल दुईपटक महिला कोटाको लाभ उठाएकी छिन् ।

उनको श्रीमान कृष्णकान्त उपाध्याय सरकारकै सहसचिव हुन । अहिले कानुन मन्त्रालयकी वरिष्ठ सहसचिव निर्मला अधिकारी भट्टराई पनि दुई–दुईपटक महिला कोटामा परेर अधिकृत हुँदै सहसचिव भएकी हुन । यस्तै हाल सञ्चार मन्त्रालयमा रहेका गजेन्द्रकमार ठाकुर ०६७ साल जेठमा मधेशी कोटाबाट प्रशासन सेवाको उपसचिव बने भने ०७३ वैशाखमा फेरि मधेशी कोटाबाटै ठाकुर सहसचिव बन्न सफल भएका कर्मचारीका रुपमा चिनिन्छन् । लोकसेवा गुरुका रुपमा आफूलाई चिनाउन चाहने हेमराज तामाङ ०६९ असोज आदिवासी÷जनजाति कोटाबाट प्रशासनको शाखा अधिकृत बने भने ०७३ वैशाख त्यहिँ कोटाबाट प्रशासन सेवाको सहसचिव भए ।

यस्तै यसरी आरक्षण कोटाको दुरुपयोग गर्नेमा हाल महालेखा परीक्षकको कार्यालयका प्रवक्ता÷सहसचिव श्रीकुमार राईको समेत नाम आउँछ । चीनको बेइजिङस्थित नेपाली राजदूतावासको नियोग उपप्रमुख पदमा कार्यरत सुरेन्द्रकुमार यादवले पनि सोही कोटाबाट दुई पटक बढुवा खाएका छन् । हालै लोकसेवा आयोगमा पुगेका सहसचिव रामकुमार महतो,चीनको छेन्दुमा महावाणिज्यदूत बनेका सुरेश राउत,कुमानसिंह गुरूङ, स्किम श्रेष्ठ,रामकृष्ण श्रेष्ठ दम्पत्ति,हालैमात्र एकनारायण अर्याल लगायतका विशिष्ठ प्रशासकको सानिध्यताबाट ललितपुर महानगरपालिकामा पोस्टिङ्ग भेटेकी रेखा लास पनि पटक पटक लाभ लिने तरमारा प्रशासकमा पर्दछिन् । यस्तै दलित कोटाबाट प्रमुख जिल्ला अधिकारी समेत बनिसकेका मेखबहादुर मंग्राती,परराष्ट्रका सहसचिव कौशल किशोर राय, बेल्जियमको राजदूतमा सिफारिस भएकी सचिव सेवा लम्साल पनि यस्तै तरमारा सचिव हुन ।

परराष्ट्र मन्त्रालय आफैंले गरेको बर्गीकरण अनुसार बेल्जियम ख श्रेणीको मुलुक हो अर्थात त्यो सहसचिवको दरबन्दी रहेको ठाउँमा सचिव मान्छे सहसचिवमा झरेर राजदूत खान जाँदैछिन । निजामतीमा विकृती कस्तो छ भने पटक पटक आरक्षण कोटाको लाभ लिएर बढुवा खाने,तर मधेसी कोटामा बढुवा खाएकाहरुलाई मधेशमा गएर काम गर्न नचाहने,दुर्गमबाट बढुवा खानेहरुलाई कर्णाली सूदुरपश्चिम जान नमान्ने अनि शारीरिक अशक्त कोटामा बढुवा खाएकालाई शारीरिक अशक्त भनिदिँदा उल्टै मानहानीको मुद्धा हालिदिने स्थिति छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *