कार्यकारी निर्देशक कुलमानले मिठो नारा दिँदै, करोडौं कुम्ल्याउँदै

राजनीति समाचार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३९औं वार्षिकोत्सव नेपाल प्रज्ञ–प्रतिष्ठानमा भव्य कार्यक्रम गरी मनाएको थियो । ‘एलपी ग्याँस छोडौं, विद्यूतीय चुलो जोडौं’ भन्ने नारासाथ मनाइएको प्राधिकरणको ३९औं वार्षिकोत्सव कार्यक्रममा पत्रकारहरुको न्यून उपस्थिति देखिन्थ्यो । कार्यक्रमस्थल परिसरमा ठूला–ठूला फ्लेक्स बोर्ड र ‘धुँवा ध्यानि बिहीन स्वस्थ सवारी, अब घरघरमा बिजुली गाडी’ जस्ता नाराले भरिभराउ ब्यानर देखिन्थे । कतै ‘मैले त बिजुली चुलो जोडेँ, सस्तो, सजिलो, छिटो र सुरक्षित पनि तपाईंले नि’ भन्ने जस्ता नारा लेखिएका ब्यानरहरु देखिन्थे । त्योसँगै प्राधिकरणको वार्षिक क्रियाकलाप समेटिएको ४, ५ केजी तौल बराबरका ३ वटा किताब कार्यक्रममा सहभागीहरुलाई वितरण गरिएको थियो ।

अहिलेको डिजिटल जमानामा फ्लेक्स बोर्ड, ब्यानर र किताव प्रकाशन गरेर प्राधिकरणको लाखौं रुपैयाँ अनावश्यक रुपमा खर्च गरेको देखिन्छ । किताबको कागज, साजसज्जा र लेआउट हेर्दा एउटै किताब ३ हजारदेखि ३५ सयसम्म पर्ने देखिन्छ । ब्यानर, फेलेक्स बोर्ड र किताबमा खर्च गर्दा कार्यक्रममा उपस्थित र कर्मचारीहरुले मात्रै सूचना पाउने भए । विद्युत प्राधिकरणको यस्तो कार्यक्रमले कर्मचारी र आसेपासेहरु पर्व मान्ने तर आमसर्वसाधरण भने प्राधिकरणको सूचनाबाट बञ्चित भएको पाइन्छ । विद्युत प्राधिकरण जस्तो महत्वपूर्ण संस्थाको वार्षिकोत्सवमा सञ्चार माध्यमहरुले पाउनुपर्ने सूचना पाएका छैनन् । त्यसले गर्दा आमसर्वसाधारण सूचनाको हकबाट बञ्चित भएका छन् । किन कि कार्यक्रमस्थलमा आमसर्वसाधारण सहभागी हुने सम्भावना रहँदैन ।

त्यसको लागि छापामाध्यम, रेडियो, टेलिभिजन, अनलाइन जस्ता सञ्चारमाध्यमलाई सूचना उपलब्ध गराउनुपर्ने हुन्छ । तर, केही वर्षयता नेपाल विद्युत् प्राधिकरणले सर्वधारणलाई सुसूचित गराउनुपर्ने सूचना सञ्चार माध्यमलाई दिन छाडेको छ । सञ्चार जगतलाई टाढा राख्नु भनेको प्राधिकरणभित्रको भ्रष्टाचारलगायत विभिन्न कालाकर्तुत लुकाउनु हो । विद्युत् प्राधिकरण जस्तो देशको ठूलो संस्थाको वार्षिकोत्सवको सूचना र समाचार कुनै सञ्चारमाध्यममा सार्वजनिक गरिएको पाइँदैन । हुन त विद्युत् प्राधिकरणभित्रका भ्रष्टाचार, विकृति र विसंगतिका समाचार प्रकाशित गरेपछि पत्रकारहरुसँग प्राधिकरण नेतृत्व टाढा बसेको हुनुपर्छ । उता, विद्युत् प्राधिकरणका उच्च तहका कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने हो भने काहाली लाग्दो अवस्था देखिन्छ । त्यसैगरी कार्मचारीको लागि गाडी, इन्धन, पोशाक, भत्ता, बिजुली सुविधालगायतमा त्यत्तिकै खर्च हुने गरेको छ ।

त्योसँगै विभिन्न ठाउँमा विद्युत् वितरणको लागि आवश्यक पर्ने खब्बा, तार, ट्रान्समिटर बक्स, सबट्रान्समिटर बक्सलगायतमा त्यत्तिकै अनियमितता हुने गरेका समाचार सञ्चारमाध्यममा नआएका होइनन् । त्यसैगरी प्राधिकरणलाई आवश्यक गाडी खरिददेखि अन्य भौतिक संरचना निर्माणको टेण्डर आह्वान गर्दा हुने अनियमितता त्यत्तिकै छ । प्राधिकरणको ठेक्का पनि उच्च तहका कर्मचारीहरुले आफ्नै आसेपासेलाई पारेर ठूलो मात्रामा कमिसन खाने गरेको स्रोतको भनाइ छ । उता, प्राधिकरणको वार्षिकोत्सव सकिँदा पनि केन्द्रीय कार्यालय रत्नपार्क परिसर ठूला–ठूला फेलेक्सबोर्ड, ब्यानर र रंगरोगनले झकिझाउ बनाएर फजुल खर्च गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *