सह–सचिव पन्थी घुमिफिरी फेरि मालदार अड्डामै

राजनीति समाचार

काठमाडौं । निजामती क्षेत्रका अधिकांश कर्मचारीहरु सेवाग्राहीको हितमा काम गर्नेभन्दा पनि कसरी हुन्छ मालदार ठाउँमा सरुवा भएर अवैध कमाई गर्ने ध्याउन्नामा लाग्ने गरेको पाइन्छ । मालदार ठाउँमा पुग्ने कर्मचारीहरु सधैं सोर्सफोर्स, भनसुन र लेनदेनको आधारमा सरुवा हुने गर्दछन् । तर, इमानदार पूर्वक काम गर्ने र पैसा खर्च गर्न नसक्ने कर्मचारीहरु दूर्गम र आम्दानी नहुने ठाउँमा जान वाध्य हुने गर्दछन् । त्यसको उदाहरण बनेका छन् नेपाल सरकारका सह–सचिव डिल्लीराम पन्थी । उनी जहिले पनि मालदार ठाउँमा बस्न सफल हुने व्यक्ति हुन् ।

पन्थी कहिले भन्सार, कहिले राजश्व त कहिले कर कार्यालयहरुमा घुमिरहने कर्मचारी हुन् । पन्थी मालदार अड्डामा बसेर अर्थमन्त्री, अर्थसचिव, सांसद र नेताहरुलाई रिझाउन माहिर छन् । पन्थीले वीरगञ्ज भन्सार कार्यालयमा करिव दुई वर्ष हाराहारी बस्दा अकुत सम्पत्ति कमाएको बताइन्छ । उनी माओवादी निकट कर्मचारी भनिए तापनि छेपाराले रंग फेरेझैं सबै राजनीतिक दलका नेतालाई रिझाउन सिपालु छन् । पन्थी वीरगञ्ज भन्सार कार्यालयबाट केही साता अगाडि अर्थमन्त्रालयमा आइपुगेका थिए । माओवादी निकट पन्थी एमालेका अर्थमन्त्री विष्णु पौडेललाई रिझाएर फेरि महालेख नियन्त्रण कार्यालय पुग्न सफल भएका छन् । त्यहाँ पन्थीले सह–महालेखा नियन्त्रकको जिम्मेवारी पाएका छन् ।

महालेखा नियन्त्रकको कार्यालयले आगामी असोज १ देखि १५ गतेभित्र तिनै तहको सरकारी कार्यालयमा लेखा समूहका उपसचिवदेखि लेखापाल, सहलेखापाल र लेखा अधिकृतहरु सरुवा गर्नुपर्ने हुन्छ । त्यसमा ३ हजारदेखि ३५ सय हाराहारी उपसचिव रहेका छन् भने अन्य लेखापाल, सह–लेखापाल र लेखाअधिकृत गरी ७ हजार हाराहारी रहेका छन् । ती लेखा समूहका कर्मचारीहरुलाई उनै डिल्लीराम पन्थीले सुरुवा गर्नुपर्ने हुन्छ । ठूलो संख्यामा लेखा समूहका कर्मचारी सरुवा गर्दा पन्थीले फेरि करोडौं उठाउने सम्भावना रहेको समाचार स्रोतको दाबी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *