बास्तोला हिडे ओली एक्लै

राजनीति समाचार

काठमाडौं । वामपन्थी एकता आजको आवश्यकता भन्दै गर्दा मोहन वैद्यको पार्टीको क्रान्तिकारी ढाँचाका नेताहरु फेरि चन्दा उठाएर टाप कसेका छन् । माओवादी छाडेर अधुरो क्रान्ति सफल पार्न चन्दा आतंक मच्चाएका नेकपा चन्दबाट उछिट्टिएका धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश ओली मोहन वैद्यको क्रान्तिकारी पार्टी समाहित थिए । परि थापा र सिताराम तामाङहरु माओवादी शब्द सुन्न नचाहने क्रिश्चियन मिसनरीका जादुगर भए ।

मोहन वैद्यलाई माओवादी शब्द वाक्क भएछ । वैद्यको एकताको आठौं महाधिवेशन गर्न चन्दा संकलन भाग लगाए । धर्मेन्द्रले एक-डेढ करोड उठाएर टाप कसे । हेमन्तप्रकाश ओली वैद्यतिर टाँसिए । दाङका ओलीलाई दाङबासी मोहन वैद्यसँग बस्न सहज भयो । क्रान्तिकारी माओवादी भित्र को कस्तो तहमा छन्, त्यसको खोजी कसैले गर्दैन । प्रचण्डसँग मन कुडिएर एक्लै हिँड्दा सिपी गजुरेल र इन्द्रमोहन सिग्देलहरु अलपत्र पर्नु र धर्मेन्द्रहरुको विचारले जनयुद्धका अवशेषहरु सम्झिने पानी छम्किने हो ।

जन संगठन छैन, कुरा क्रान्तिका गर्नेहरुले वामपन्थी शक्तिहरु भत्कने र बन्ने गरेका छन् । अहिले विचार मिल्नेहरुका बिचमा एकता जरुरी छ । तर ठूला हौं भन्ने र वैद्यहरुको कुरा मिल्दैन । ठूलो पार्टीका धनी नेताहरु आज सत्ता र कुर्सीमा रमाउँदा विचार सिद्धान्तका विषयमा चासो दिन छाडेका छन् । कांग्रेस र एमालेसँगको सत्ता गठबन्धन सरकारले देशमा केही गर्ने देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *