आरजुलाई जोगाउँदै प्रधानमन्त्री ओली

राजनीति समाचार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले युवा महामन्त्रीद्वयको राजनीतिक र सांगठनिक प्रतिवेदनको कार्यान्वयन गर्दा सभापति शेरबहादुर देउवापछिको नेतृत्वमा लागू हुने गरी प्रधानमन्त्री मन्त्री र सांसद मात्र होइन राजनीतिक अवसरका बारेमा समय तोक्ने भएको छ र कांग्रेसले मात्र भोट दिने गरी महामन्त्री गगन थापाले ल्याएको प्रतिवेदनलाई समयकाल र परिस्थिति हेरेर कार्यान्वयन गर्ने गराउने सहमतिमा पुग्नुपर्ने दबाब बढेको छ ।

कांग्रेसका दीपक खड्का आर्थिक रुपमा बादशाह कुर्मी ज्यान मुद्दा खेपेका मीन कृष्ण महर्जन र रोज राणा गुण्डा परिचालन गर्ने गुण भएका भनेर चिनिएका छन् । उनीहरू मध्येका दीपक खड्का बाहेक तीनजना बुढानीलकण्ठका गहना हुन् । कांग्रेसको केन्द्रीय तहमा उनीहरूको बारेमा कुरा उठ्यो । राणा, कुर्मी र महर्जन जहाँबाट चुनाव जिते त्यहाँ कांग्रेसका सज्जन सांसद भएका छन् । तर बुढानिलकण्ठले सज्जनप्रति विश्वास गरेन । जसको व्यवहार खराब छ उसले आरजुलाई खुसी पारेर मन्त्री भयो ।

जारी केन्द्रीय समिति बैठकबाट कांग्रेसको उपलब्धिमा टेरामक्स काण्डमा जोडिएका नक्कली भुटानी प्रकरणमा सक्रिय भएका गिरिबन्धुसँग समेटिएका पात्र र प्रवृत्तिका बारेमा बोलेन । किनकि कांग्रेस मुद्दामा डा.आरजु र विगतमा सुजाता सहभागी थिइन । कांग्रेसमा पार्टीको संस्थापन समूह बहुमतमा छ । डा. शेखर कोइराला सभापतिले आफूलाई उत्तराधिकारी बनाउनेमा विश्वस्त भएका बेला डा.आरजुको विरुद्धमा अनेक थरी मुद्दामा वर्तमान प्रधानमन्त्री केपी ओलीका कारण आरजु जोगिने निश्चित छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *