कस्ता व्यक्ति बन्दैछन् सर्वाेच्चको न्यायाधीश

राजनीति समाचार

काठमाडौं । हजारौं मुद्धाको चाङ रहेको सर्वोच्च अदालतमा ४ न्यायधीश पद रिक्त छ तर र न्यायपरिषद् निर्णय विहिन छ । सर्वाेच्च होइन अहिले उच्च अदालतका न्यायधीश नियुक्तिमा केन्द्रित छ । अब छिट्टै नै विश्वम्भर श्रेष्ठ र प्रकाश कुमार ढुङ्गनाहरु घर जाँदैछन् । असोज १९ मा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ र कार्तिक ३ मा न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको अवकाश पछि रिक्त संख्या ६ पुग्नेछ । ती ६ पदमा को कस्ले नियुक्ति पाउलान ? चासोको बिषय छ,न्याय वृत्तमा ।

रिक्त रहेको चार न्यायधीशमा कानुन व्यवसायी, उच्च अदालतमा योग्यता पुगेका न्यायाधीशहरू सर्वोच्चमा न्यायाधीशको लाइनमा छन् । चार न्यायाधीशका लागि यसपटक कानून व्यवसायीबाट एकजना र अन्य तीन न्याय सेवाकै व्यक्ति छानिन सक्छन् । सर्वोच्चको न्यायाधीशका नृपध्वज निरौलासहित रमेश राजभण्डारी र लोहितचन्द्र शाह प्रमुख दाबेदारका रुपमा हेरिएको छ । दाँयाबायाँ नहेरी मुद्धा हेर्ने र डयाङ्ग डयाङ फैसला ठोक्ने विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको नाम पनि सर्वाेच्चको नययधीशका लागि अग्रपक्तिंमा छन् । टेक नारायण कुँवर युनिटी मुद्दामात्र नभई विशेषमा आएपछि त झन् चाँदी कटाइ गरिरहेका छन् । उनले लाखौँको मुद्दामा सजाय गर्ने र अरबौँ बिगोको मुद्दामा सफाइ दिएका मुद्दाका फेहरिस्त लामै छ ।

महान्यायधीवक्ता रमेश बडालको नाम लिएर नृपध्वज निरौला पनि यो खेलोमा अगाडि छन् । उनलाई सर्वाेच्चमा लाने समय भएको छैन भन्दा न्याय परिषद्का एक सदस्यसँग कक्टेल पार्टीमै भनाभन परेको अधिवक्ताहरुले विर्सिएका छैनन । निरौला तिनै कर्मचारी हुन,जो सर्वोच्च अदालतको पूर्ण इजलासमा इजलास अधिकृत छँदा रक्सीले लट्ठ भई मध्यरातमा एकजना न्यायसेवाकै सहकर्मीसँग जथाभावी हल्ला गर्दै डेरातर्फ पैदल जाँदैगर्दा सिंहदरबार प्रहरीको गस्ती भ्यानले जँड्याहा फेलापारी सोधपूछ गर्दा प्रहरीलाई नै जथाभावी मुख छाडेका थिए । उनलाई प्रहरीले समातेसँगै सर्वोच्चको उपसचिव भएकोले जागिरै खाइदिने धम्की दिएपछि तत्कालीन इन्सपेक्टर भूपेन्द्र खत्रीले बुटैबुटले हानी रातभरी खोरमा जाकेको कुरा भोलिपल्ट सर्वोच्चमा हल्लाखल्ला भएपछि सर्वोच्चको प्रशासनबाट लिन पठाएपछि म्याद थप्न सिडियो कार्यालय लैजान ठिक्क पारेको सार्वजनिक मुद्दाको फाइल दराजमा थन्क्याइ निरौलालाई हाँजिरी जमानीमा छाडेका थियो । अहिले उनैलाई सर्वाेच्चमा लैजाने तयारी भइरहेको छ ।

यद्यपि यस पटक काँग्रेस एमालेको भागबण्डा हुँदा यी नामहरुमध्ये केहीमा टिपेक्स लाग्ने बताइदैंछ । अहिले रिक्त ४ सिटमध्ये २ सिट उच्चबाट र २ कानून व्यवसायी र विज्ञ गरी नियुक्ति हुनेमा शंका छैन । उसो त सर्वाेच्च अदालतको छायाँ प्रधानन्यायधीशको रुपमा अझैं पनि कल्याण श्रेष्ठले चलाउँदैछन् भन्ने टीका टीप्पणी न्याय क्षेत्रमा हुँदै आएको छ । कल्याण श्रेष्ठको आफ्नो नातेदार रमेशकुमार राजभण्डारीलाई जसरी भएपनि सर्वोच्चमा छिराउने प्रयास गरिरहेको चर्चा न्याय वृत्तमा सुनिन्छ । रमेश तिनै हुन जो ०६४ सालमा संविधानसभाको निर्वाचनमा पराजित भएपछि २०७० सालमा कल्याणकै सेटिङमा पुनरावेदनको न्यायाधीशमा खाएका थिए । उनी एमाले कोटाबाट न्यायलयमा प्रवेश पाएका हुन ।

यस्का अलवा गृहमन्त्री रमेश लेखका नातेदार नित्यानन्द पाण्डे सर्वाेच्च छिराउन खोजिएका अर्काे व्यक्ति हुन । यस्तै नृपध्वज निरौला,लोहितचन्द्र शाह समेत सर्वाेच्च छिर्ने लाइनमा छन् । उसो त सर्वाेच्च अदालतमात्र होइन नेपालको न्यायलय नै केही बरिष्ठ अधिवक्ताहरुको इशारामा चल्ने गरेको चर्चा न्याय क्षेत्रमा व्याप्त छ । विशेष गरी न्याय क्षेत्रको स्थायी सिण्डिकेटधारी मानिने हरिहर दाहाल, शम्भु थापा, प्रेम बहादुर खड्का, रमनकुमार श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ जस्ता बरिष्ठहरुले जस्लाई नियुक्ति दिन चाहन्छने,त्यही न्यायधीश हुने टिप्पणी पनि चल्ने गर्दछ । यस पटक उनीहरुले विजय प्रसाद मिश्रलाई बोकेर हिडेको चर्चा न्यायलयमा व्याप्त छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *