संघीय मन्त्रालयमा सरुवाको लागि कर्मचारीको जात्रा

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा यतिबेला कर्मचारीहरुको जात्रा सुरु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ महिनाभित्र कर्मचारीहरु सरुवा गरिसक्नुपर्ने हुन्छ । तर, मन्त्रालयको नियमबिपरीत विभिन्न दल निकट कर्मचारी नेताहरुले कर्मचारी सरुवामा खेल्न थालेका छन् । कर्मचारीहरु पनि मन्त्रालयले कुन ठाउँमा पठाउँछ भन्ने त्रासले आफूलाई पायक पर्ने र आम्दानी हुने ठाउँमा जान नेता र शक्तिकेन्द्रलाई गुहार्न थालेका छन् । कांग्रेस र एमालेको सरकार भएकाले यिनै दुई ठूला दल निकट कर्मचारीहरु मालदार ठाउँमा जान न्वारनदेखिको बल निकालेर शक्तिकेन्द्रको घरदैलो गर्न लागिपरेका छन् ।

उता, माओवादी, मधेसवादी र एकीकृत समाजवादी दल निकट कर्मचारीहरु पेलानमा परेका छन् । यिनीहरुलाई भने सरकारले खटाएको ठाउँमा जानुपर्ने वाध्यता छ । तर, कांग्रेस र एमाले निकट कर्मचारीहरु भने राजनीतिक भागबन्डाको आधारमा रोजीरोजी मालदार अड्डामा जाने प्रयास गरिराखेका छन् । यी दुई दल निकट कर्मचारीभित्र केही सोझा, इमानदार र सोर्सफोर्स नलाग्नेहरु सरकारले खटाएको ठाउँमा जान वाध्य छन् भने अधिकांशं कर्मचारी दल निकट कर्मचारी संगठनका नेताले लिस्ट बनाएर मालदार ठाउँमा पठाउन मन्त्री र सचिवसँग लभिङ गरिराखेका छन् । तत्कालीन सरकारले नियुक्ति गरेका मालदार अड्डाका प्रमुखहरुलाई सरकारले फिर्ता बोलाइसकेको छ । उनीहरु जिम्मेवारी नपाएर भौतारिइरहेका छन् ।

त्यस्ता मालदार अड्डाका प्रमुखहरुमा कांग्रेस र एमाले निकट कर्मचारीहरु छानीछानी पठाइएको छ । आफ्ना दल निकट कर्मचारीलाई मालदार अड्डामा पु¥याउनको लागि राजनीतिक दलका कार्यकर्ता पनि लागिपरेका छन् । त्योसँगै मन्त्रीहरुले आफ्ना दलका कार्यकर्ताहरुलाई चाडपर्व मनाउनको लागि तिनै आफूले नियुक्ति गरेका मालदार अड्डाका प्रमुखहरुसँग हारगुहार गर्ने गर्दछन् । कर्मचारीहरुले पनि आफूले चाहेको अड्डामा जानको लागि मन्त्री र सचिवलाई ठूलो धनराशी टक्र्याउनुपर्ने हुन्छ । त्यसकारण पनि मन्त्री र सचिवले आफ्ना खल्ती भर्नको लागि आफ्नो ओरिपरिका मान्छे मालदार ठाउँमा पठाउने गर्ने गर्दछन् । सरकार र कर्मचारीहरुको यस्तो रवैयाले गर्दा सर्वसाधारण सेवाग्राहीको काम सधैं ओझेलमा पर्ने गरेका थुप्रै उदाहरण छन् । कर्मचारीहरु इमन्नदारपूर्वक सेवाग्राहीको काम गर्ने भन्दा आफ्नो पार्टी नेताहरुसँग हिचमिच गरेर चाहेको ठाउँमा सरुवा हुने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *