सडक दुर्घटना बढ्नुको कारण के ?

राजनीति समाचार

वर्षायामको मौसम सुरुवात भएसँगै सडक दुर्घटनाको समाचारहरु पनि आउने गरेका छन् । यो वर्ष पनि नेपालमा धेरै सडक दुर्घटनाहरु भए । वर्षाको सुरुवातसँगै बाढी पहिरोले विभिन्न भागमा बस्ती बगाउने, डुबाउने र पहिरो जाने पनि भयो । नेपालको भौगोलिक अवस्था जोखिमयुक्त भएपनि धनजनको क्षति रोक्नका लागि पहल गर्न सकिन्थ्यो । तर मुख्य जिम्मेवार सरकार नै यी कुराबाट अनभिज्ञ छ ।

रोग पछिको उपचारभन्दा रोग लाग्नै नदिनु उपयुक्त हुन्छ भन्ने उखान यो सन्दर्भमा पनि लागू हुनुपर्दछ । जथभावी भत्काउने र बाटो निर्माण गर्ने कार्यले पनि अर्काे प्रभाव पारेको छ । हप्तादिन पहिले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा हिमताल फुटेर पहिरो जाँदा बस्ती नै बगायो । यस्ता जोखिम क्षेत्रहरु पहिचान गरेर सरकारले बस्तीलाई सुरक्षित स्थानतर्फ लैजानु उपयुक्त हुनेथियो ।

सडक दुर्घटनाका मामिलामा नारायणगढ–मुग्लिन सडकखण्डमा यो वर्ष धेरै दुर्घटनाहरु भए । केही समय पहिले दुईवटा बस त्रिशुली नदीले बगाउँदा ठूलो संख्यामा यात्रुहरुले ज्यान गुमाउनु प¥यो । त्यसैगरी, भारतीय पर्यटक बोकेको बस पनि त्यही सडक खण्डमा दुर्घटनामा पर्दा धनजनको क्षति हुन पुग्यो । विगत वर्षहरुभन्दा यो वर्ष अधिक वर्षा हुनु र जभाभावी सडक निर्माणका नाममा पहाडहरु भत्काउने काम हुँदा यसरी दुर्घटना बढेको देख्न सकिन्छ । अहिले जताततै पहाडहरु भत्काउने र जथभावी सडक खोल्ने काम हुँदै आएको छ । सरकारले प्रकृतिको जोखिमको मूल्यांकन गर्न सक्नुपर्दछ । सडक निर्माण गर्दा पनि दीर्घकालीन असर र प्रभावलाई ध्यान नदिई काम गर्ने कारणले पनि दुर्घटना बढेको देख्न सकिन्छ ।

त्यसैगरी पहाडी क्षेत्रहरुमा जोखिम क्षेत्रहरुमा समेत यातायात व्यवसायीले यात्रा गराउँदा जोखिम मुल्यांकन नगरेको पाइन्छ । यस्ता जोखिम क्षेत्रमा मौसम अनुकुल नभएको अवस्थामा यात्रा नगराउनु यातायात व्यवसायीको दायित्व पनि हुन्छ । तर सबै गैरजिम्मेवार बन्नुको परिणाम दुर्घटनाहरु भएको पाइन्छ । सरकारले मानवीय त्रुटीका कारण हुने जोखिमहरु न्युनीकरण गर्न र मापदण्डअनुरुपका सडक निर्माणपछि मात्रै यातायात सञ्चालन हुने वातावरण बनाउन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *