रामचन्द्र बस्नेत
काठमाडौं । विगत लामो समयदेखि राजनीतिक अस्थिरताका कारण अन्तर्राष्ट्रिय जगतलले हेर्ने दृष्टिकोण फरुक–फरक बनाएका छन् । नेपाललाई विदेशी कूटनीतिक भेटघाटले प्रभाव पार्ने गरेको छ । त्योसँगै नेपालका कूटनीतिज्ञहरुले पनि विदेशीसँग राम्रो समन्वय गर्न सकेका छैनन् । नेपालका कुटनीतिज्ञहरुले विदेशी कुटनीतिज्ञहरुसँग समन्वयकारी भूमिका खेल्न नसक्दा त्यसको असर देशलाई परिरहेको छ । कूटनीतिज्ञहरु नियुक्ति गर्दा अनुभवी, क्षमतावान र विज्ञलाई गर्नुपर्नेमा त्यो नगरी राजनीतिक भागबन्डामा क्षमता र अनुभव नभएका व्यक्तिलाई बनाउने गरिन्छ ।
त्यसले गर्दा देश र जनतालाई समस्या परिरहेको छ । नेपाली कुटनीतिज्ञहरुले विदेशीसँग सन्धि, सम्झौता गर्दा राष्ट्र, राष्ट्रियता र भौगोलिक अखण्डतालाई ध्यानुपर्ने हुन्छ । तर, नेपालका कुटनीतिज्ञहरुले त्यसमा ख्याल गरेको पाइँदैन । कुटनीतिक क्षेत्रमा नियुक्ती हुने व्यक्तिले अर्को देशसँग समस्या पर्दा साझा विषयलाई अगाडि ल्याएर वार्ताबाट हल गर्नुपर्ने हुन्छ । देशलाई आइपरेका चुनौतीहरुलाई एकआपसमा छलफल गरी समाधानका उपय खोज्नुपर्ने हुन्छ । कुटनीतिज्ञ बन्नेहरु औचारिक भेटघाटदेखि सरकारका आधिकारिक व्यक्तिसँग सिधा सम्पर्क गरी त्यसको कार्यान्वयन गर्नुपर्ने हुन्छ । त्यस्तै अर्को उपाय छिमेकी देशहरुसँग भेटघाट गरेर आइपरेका समस्याहरुको समाधान गर्नुपर्ने हुन्छ ।
तर, नेपालका कुटनीतिज्ञहरुले त्यो गरेको पाइँदैन । गैरसरकारी संस्थामा काम गरेको, सरकारी निकायमा पोख्त भएको, शैक्षिक ज्ञान भएको, समाजमा विचारशील भएको, विषयवस्तुसँग पोख्त भएको, विचार विमर्श र तर्कवितर्क गर्न सक्ने, विभिन्न व्यक्तिबीच आत्मविश्वास जगाउन सक्ने जस्ता क्षमता भएका व्यक्तिलाई कुटनीतिक क्षेत्रमा नियुक्ति गर्नुपर्नेमा त्यो गरिएको पाइँदैन । खाली राजनीतिक भागबन्डा र लेनदेनको आधारमा योग्यता, क्षमता र ज्ञान नभएका व्यक्तिलाई कुटनीतिज्ञ नियुक्ति गर्दा नेपालको कुटनीतिक क्षेत्र डामाडोल हुँदै गएको छ । त्यसले कतिपय सन्धी, सम्झौतादेखि राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रलाई तहसनहस बनाएको छ ।