जनता तड्पाउने सिंहदरबार

राजनीति समाचार

काठमाडौँ । अपराध जहाँ बढ्छ, सुरक्षा र गोप्य त त्यही चाहिन्छ । देशका नेता सत्तामा जान र राजस्व लुट्नमै केन्द्रित छन् । बहुदल गयो राजतन्त्र फालियो तर राजा दलहरूमा थुप्रिए । सिंहदरबारमा सुरक्षा कडा छ जहाँ जनता प्रवेश गर्न सहज छैन । तर गुण्डा डन सहजै प्रवेश पाउँछन् । गणतान्त्रिक देशका शासकहरू देशको विकासमा कायापलट गर्ने भन्छन् तर आफ्ना छोराछोरी ज्वाईं भान्जाभान्जीकै हितमा लोकतन्त्रको उपभोग गर्छन् ।

नेताको व्यवहार खराब भएका कारण टुँडिखेलमा विद्रोह भयो । प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरू प्रति जनताको आक्रोश छ । जनआक्रोश घरघरमा बढेको छ । हामी कति पारदर्शी छौँ भन्ने देखाउन सिंहदरबार परिसरका फूलबारी बगैंचा र भवनमा उभिएर सर्वसाधारणले तस्बिर खिच्न नपाउने बनाइएको छ । सरकारको राजस्व खरानी बनाएर कार्यकर्ताको लुट केन्द्र बनाइएको सञ्चार गृहहरू रेडियो नेपाल, नेपाल टेलिभिजनका कार्यालय छन् । समाचार संस्थामा कार्यकर्ता र सञ्चारकर्मीको उपस्थिति हुने हो ।

तर सरकारले तस्बिर खिच्न प्रतिबन्ध लगाएर जनताको सूचना सम्बन्धी हक खोसेको छ । नेताहरू आफ्नो बानी व्यहोरा सुधार्ने पक्षमा छैनन् । जनता सताउने कालोबजारी चम्काउनु नेपाली लोकतन्त्रको पहिचान भएको छ । कांग्रेस एमाले माओवादी जस्ता शक्तिहरूको पहिचान भनेकै देश लुट्ने बन्दैछ । त्यही कारण राज्य लुटको केन्द्र सिंहदरबारका मन्त्रालय परिसर र भवनका तस्बर खिच्न प्रहरीले दिँदैनन् । प्रत्येक मन्त्रालयका अगाडि सिंहदरबार प्रहरी गणको फोटो खिच्न निषेध गरिएका सूचनापाटी देखिन्छ ।

जनतामाथि शासन गर्ने आफू राज्य स्रोतबाट कुम्ल्याउनेहरूको आचरण र व्यवहारले जनता आक्रोसित छन् । देशका समस्या एकैपटक माइतीघर मण्डलामा केन्द्रित हुँदा जनयुद्धका नायक प्रचण्ड प्रम भएकै बेला माइतीघर मण्डला, पुतलीसडक, भद्रकाली, अनामनगर क्षेत्रमा निषेधित गरियो । सर्वत्र आलोचना भएपछि त्यही सरकारले निषेधित क्षेत्रलाई हटाएको हो । तर सिंहदरबार भित्रको तस्बिर प्रतिबन्धले शासकहरु आफू सच्चिने भन्दा जनता तड्पाउन भने नछाड्ने स्थितिको स्मरण भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *