लेखासमिति प्रधानमन्त्रीको कब्जामा

राजनीति समाचार

काठमाडौं । हृदेश शाक्यलाई विद्युत प्राधिकरणको एमडी बनाउन कुलमानविरुद्ध एमाले लाग्यो । एमालेका हनुमान ऋषिकेश पोखरेलमार्फत हस्तलिखित एजेण्डा पठाएर संसदको सार्वजनिक लेखा समितिकै बदनाम गर्न प्रधानमन्त्री केपी ओली लागेका छन् । १२ भाइका सदस्य योगेश भट्टराईलाई खबरदारी गर्न लगाएर आफ्नो नालायकी ढाकछोप गरेका छन् । २०७२ देखि २०७५ र २०७६ देखि २०७८ सम्म यो देशको विद्युतीकरणमा चोरी र नाफाखोर विशाल अग्रवाल पशुपति मुरारका र डा. मोती दुगडहरूको खेतीमा प्रधानमन्त्रीको चासो छैन ।

तर ९ वर्षसम्म विद्युत प्राधिकरणले २१ अर्ब ८८ करोड किन उठाएन एकै दिन दुईथरी पत्र लेखेर ११ अर्ब महसुल मिनाहा किन भयो भन्दैछन् । जबकि त्यो ११ अर्ब मिनाहा गराउँदा केपी ओली सरकार सञ्चालक थिए । एमाले बनेर राजस्व छल्न सफल मुरारका र अग्रवाल टोली मोती दुगड मार्फत बालकोट पुगेर ११ अर्ब मिनाहा गराएको छ । प्रधानमन्त्री केपी ओलीले १८ घण्टे लोडसेडिङको मारमा जनतालाई पार्ने राधा ज्ञवाली र मुकेश काफ्ले र डा. प्रकाशशरण महतलाई सम्मान गरे हुन्छ ।

किनकि उनीहरु प्रधानमन्त्रीका सारथी हुन् । लोडसेडिङ गरेर जनता तडपाउने व्यापारीसँग पैसा खानेहरु कांग्रेसमा सभापति देउवाको सारथी भएका छन् । प्रधानमन्त्री ओलीले कुलमानको विरोध गर्दा आफु र आफ्ना पछि लागेकाहरुको विगत सम्झेका छैनन् । ९ वर्षमा २२ अर्ब मात्र होइन, स्थानीय तहले सडक बत्तीको महसुल ३४ अर्ब बुझाएका छैनन् । त्यहाँ एमाले र नेपाली कांग्रेसकै सांसद धेरै छन् । स्थानीय तह पनि तिनकै छन् । प्रधानमन्त्री पदमा एमाले अध्यक्ष केपी ओली यो चौथो पटक पुगेका हुन् । यस अगाडि २ पटक त माओवादीका अध्यक्ष प्रचण्डले उनलाई प्रधानमनत्री पद दिलाएका थिए । गुण नदेख्ने मान्छे र नुन नभएको तरकारी कै हुन्छ । किनकि आफु ठिक अरु सबै बेठिक भन्ने प्रधानमन्त्रीको कुलमानविरुद्धको प्रतिवादलाई संसदीय समितिका सदस्यले समेत सहज रुपमा लिएको अवस्था छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *