टानको अध्यक्षमा सागर पाण्डे

राजनीति समाचार

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को भदौ १७ गते सम्पन्न भएको २० औं अधिवेशनबाट अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् । कांग्रेस र एमाले गठबन्धनबाट प्रतिस्पर्धा गरेका राजेन्द्र सापकोटा पराजित भएका छन् । पाण्डेले ५८० मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सापकोटाले ४८० मत पाएका थिए । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा ५५८ मत ल्याएर विजयी भएका छन् । यस्तै प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा सोनाम ग्यल्जेन शेर्पा, सचिवमा रिञ्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सह–कोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन् । नयाँ नेतृत्व आएसँगै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले गति लिने भनेर व्यवसायीहरु उत्साहित भएका छन् । २० औं अधिवेशनबाट आएको नयाँ कार्यसमितिले पनि पुरानै ढर्रा अनुसार काम गर्ने हो कि नयाँ ढंगले ट्रेकिङ व्यवसायीहरुलाई अगाडि बढाएर लाने हो त्यो हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *