संसदीय समिति घाँसे मैदान

राजनीति समाचार

काठमाडौं । गल्ती गर्ने मुसो, चोट पाउने भ्यागुतो भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको देख्न सकिन्छ । नेपालको राजनीति घाँसे मैदानको लडाइँ जस्तै भएको छ । कांग्रेस र एमालेकै सत्ता गठबन्धनभित्र प्रधानमन्त्री केपी ओली बलिया छन् । उनलाई आफू डा आर्जुकै कारण अहिले माओवादीलाई लतारेर एक वर्ष अगावै प्रधानमन्त्री भएको थाहा छ ।

त्यसैले उनले नेपाली कांग्रेसभित्रको अङ्कगणित बुझेर आफू महिलालाई प्रधानमन्त्री बनाउन चाहेको बताएका हुन् । कांग्रेसको मिसन २०८४ अगावै पार्टीको १५औं महाधिवेशन हुन्छ । त्यो महाधिवेशनमा देउवा पक्षलाई थाहा छ, वंश परम्पराको कोइराला परिवारका बीचमा एकता हुन्न । त्यो सत्य डाक्टर शशाङ्क कोइराला हुन् । जसको पार्टीमा कम्पनी शून्य छ । उनले १४औं महाधिवेशनका बेला पनि नेपाली स्काउटको भाडा तिरेका थिएनन् । यिनैले बुढानीलकण्ठको आदेशमा डा.शशांकलाई हेलिकप्टरमा राखेर आफू सभापति लड्छु भन्न लगाए ।

डा.शशांकले त्यो बोल्दा कांग्रेसीबिचमा फाटो देखियो । भ्रष्टाचारमा मुछिएकी सुजाता कोइराला पनि डा.शेखर विरोधी हुन् । पार्टीमा नेता हुने जिल्ला भ्रमण नगर्नेले मत पाउँदैन भन्ने डा.शेखरको आंकलन खेर गयो । अहिले प्रम केपी ओलीले कांग्रेसभित्र लडाइँ चर्कने गरी आरजुलाई प्रधानमन्त्रीको पासा फालेर ओलीले गढबढ गरे । माओवादीतिर झुकेका देउवाको सम्भावना रोकेका छन् । वर्तमान सरकार सात सुत्रीय एजेण्डामा बन्यो । तर केपी र डा.आरजु मुछिएका गिरीबन्धु र नक्कली भुटानी प्रकरणको मात्र होइन, नियुक्ति र छनौट सम्बन्धी विवादका फाइल रोकिएका छन् ।

अख्तियारसमेत ५२ भाइको नियुक्तिमा मुछिएको छ । संसद दलीय ठादलुहरुको घासेमैदान भएको छ । जहाँ दलीय भ्रष्टाचार र बेथितिको छानबिन हुँदैन । त्यो स्थिति कांग्रेसमा ल्याउने र सभापति देउवाको ज्योतिषलाई लोप्पा दिँदै डा.आरजुलाई अगाडि सारेर प्रम केपी ओली कांग्रेसी मैदानमा खेलेर कुर्सी र पदका लागि प्रचण्डलाई हात लिन सफल भए भने नौलो हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *