कसले छाड्यो रामकुमारी झाँक्रीको साथ ?

राजनीति समाचार

काठमाडौं । पार्टी एउटै तर गुट फरक भन्दै नेकपा एमालेभित्र विचार र विधिको लडाइँ गर्दा केपी ओलीको पेलाईका विरुद्ध विद्रोह गरेका माधव नेपाल र झलनाथ खनाल नेकपा एकीकृतभित्र पनि भिडेका छन् । झलनाथ आफू साइडमा बसेर महासचिव घनश्याम भुसाललाई सहयोग गर्दा माधव पक्षका पदाधिकारी निर्वाचित भएका छन् । एकीकृत समाजवादी भित्र उपाध्यक्ष पदमा प्रतिस्पर्धा गर्दा विद्यार्थीकालकी चर्चित अनुहार रामकुमारी झाँक्रीलाई भन्दा जयन्ती राईलाई पत्याएको छ ।

झाँक्री सहरी विकास मन्त्री पदबाट हट्नुपर्दाको आँसुको भेलले उनलाई पार्टीको पदाधिकारी बन्ने हैसियत बनाएन । किनकि कम्युनिस्टहरु राष्ट्र र जनताका पक्षधर तथा पद र कुर्सीलाई प्राथमिकता दिँदैनन् भन्ने मान्यता छ । तर रामकुमारीको कुर्सी र पद खोसिदाको कोलाहले एकीकृत भित्र पदाधिकारी बन्ने योग्यता टुटाएको हो । वामदेव निकट भएर जागिर खाएका बलराम बास्कोटासमेत पछारिएका छन् । १९ जना पदाधिकारीमा ११५ भन्दा बढण्ी आकांक्षी हुँदा नेकपा एकीकृतले केन्द्रीय सदस्यहरुबाट पदाधिकारी छनौट गरी निर्वाचन गरेको हो ।

२४ स्थायी समिति १०५ जनाको पोलिटव्यूरो ३५१ केन्द्रीय समिति रहेको एकीकृत समाजवादी भित्र अध्यक्ष वरिष्ठ नेता वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्ष राखिएको छ । केन्द्रमा जति नै जम्बो केन्द्रीय टिम भएपनि जिल्ला र प्रदेशमा त्यो पार्टी स्थापित छैन । संसदीय चुनावले त्यो पार्टी कोशीमा ४, बाग्मतीमा ७, लुम्बिनी र कर्णालीमा १÷१, सुदूरु पश्चिममा ४ सांसद प्राप्त भएपनि गण्डकी निल छ । सत्ता गठबन्धनको माहोलमा ४ सांसद हुँदा पनि सुदूरपश्चिममा एकीकृतबाट दीर्घ सोडारी मुख्यमन्त्री बनाउँदा बागमतीमा तीन मन्त्री पाएको थियो ।

क्रान्तिकारी कुरा गर्न बहस चलाउन एकीकृतमा एकसेएक नेता छन् । तर उनीहरू जनतामा पनि जाँदैनन् । पार्टी संगठन बनाउनुपर्छ भन्छन्, तर कसरत गर्दैनन् । केन्द्रमा गणेश दर्शन प्रवृत्तिले जिल्ला र गाउँमा संगठन बन्दैन । एमाले जहाँ छ, त्यहाँ एकीकृत समाजवादी छ, माओवादी जहाँ छ, त्यहाँ मिल्न सकिन्छ । तर आफ्नो धरातल नै नभएको गण्डकीमा एकीकृतले कस्तो संगठन बनाउँछ ? जबकि पेशागत संगठनको निर्वाचन हारजित जे भएपनि उपस्थिति देखाउने ठाउँमा एकीकृत छैन । नेतृत्वले यस्ता कुरामा ध्यान दिएको छैन । पदाधिकारी निर्वाचनको लागि विभिन्न तिकडम भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *