ओली सरकारको पेलानमा प्रचण्ड सरकारको पालामा नियुक्त भएका कर्मचारी

राजनीति समाचार

काठमाडौं । प्रचण्ड सरकारले सहसचिवमध्ये केही खेदिएर दूरदराजमा पुगे,केही सिंहदरबारमै रहे । यसरी सरुवा गरिएकामध्ये दुर्गममा खटाइएकाहरु अझैं सिंहदरबार छाड्न मानेका छैनन । बरु प्रचण्ड सरकारमा अवसर माथि अवसर पाएका ढुण्डीप्रसाद निरौला सिंहदरबार छाड्न परेन,उनी भन्सारबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे । यस अघि निरौला नाथमको कार्यकारी निर्देशक भएर काम गरेका थिए । अर्थमन्त्री हुँदा वर्षमान पुनले नजिक राखेर नै काम गरेका सहसचिव नरेन्द्रकुमार राना अर्थ मन्त्रालयबाट लखेटिएका छन् । रानालाई अर्थ मन्त्रालयबाट सरुवा गरेर लोक सेवा आयोगमा पठाइएको छ । त्यस अघि उनी रेनु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए ।

माओवादी केन्द्र सरकारमा हुँदा अवसरको चाङमा रमाउने सहसचिवको नाम हो चक्रबहादुर बुढा । माओवादीमा मन्त्री भएका हरेकको रोजाइमा पर्ने गरेका बुढाले प्रचण्डको पालामा पनि प्रशस्त अवसर पाएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत लामो समय काम गरेका बुढा केही समय पर्यटन विभागको महानिर्देशक पनि भएका थिए । उक्त विभागबाट बुढा राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका थिए । उनलाई केपी ओली सरकारले विशेष माया गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेका छन् । यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक भएका कमलप्रसाद भट्टराईलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय सूचना आयोगमा पठाएका छन् ।

प्रधानमन्त्री हुँदा प्रचण्डलाई निकै साथ दिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काम गरेका अर्जुन भण्डारी पनि ओलीको निसानामा परे । उनलाई राष्ट्रिय योजना आयोगमा पु¥याइएको छ । उनलाई केही समय प्रचण्डले आफ्नो निजी सचिवालयमा राखेर प्रधानमन्त्री कार्यालयमा हालीमुहाली गराएका थिए । सहसचिव बुढालाई राजस्व अनुसन्धान विभागमा सरुवा गरिएको थियो । सहसचिव नारायणप्रसाद भट्ट र ईश्वरराज पौडेललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको थियो । डलरमा भत्ता खाने विदेश जाने र जान मरिहत्ते गर्ने सहसचिवमध्येका एकलाई प्रदेशतिर लखेटिएपछि सरुवा उल्टाउने जोडबलमा लागेका छन् ।

यस्तै यस अघि अध्यागमनको डिजी हुँदै कोलकाता पुगेका ईश्वरराज पौडेल, पुष्पराज शाहीहरु समेत सरुवा उल्टाउने खेलामो लागेका छन् । पौडेल महावाणिज्यदूतावासमा ४ वर्ष पूरा गरेर हालै फर्किएका छन्,उनलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भएका छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हुँदा चरम विवादमा आएका सहसचिव पुष्पराज शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको रूपमा सरुवा गरिएको छ ।

यता, हेमराज तामाङ हर्ताकर्ता भएरै काम गरेका थिए । तामाङको हालीमुहाली मन्त्रालयमा बढेको बेलामा किराँती मात्र होइन, पछि आएका मन्त्री हितराज तामाङले मन्त्रालयको नेतृत्व गरेका थिए । अहिले सहसचिव तामाङ पर्यटन मन्त्रालयबाट लखेटिएर कोशी प्रदेशको प्रदेश सचिवमा सरुवा भएका छन् । कोशी तामाङको गृह प्रदेश पनि हो । अनि, प्रचण्डको पालामा ललितपुरको प्रमुख जिल्ला अधिकारीसमेत भएर पर्यटन मन्त्रालय आएका रुद्र पण्डित पर्यटन विभागको महानिर्देशक भएर काम गरिरहेका थिए । अहिले सहसचिव पण्डित पर्यटन विभागको महानिर्देशकबाट राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन् ।

नयाँ सरकार आएपछि कर्णाली प्रदेश सरुवा उल्टाउन लागिपरेका छन् । शाहीले दुर्गम कोटाबाटै नायब सुब्बा, शाखा अधिकृत र उपसचिवमा बढुवा भएका हुन । डलरमा तलब खान पाइने विदेशी मुलुकमा जान जोडबल गर्ने सहसचिवहरु आफ्नै देशको प्रदेशमा भएको सरुवा उल्टाउने खेलामो सक्रिय रहँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *