एकीकृत सरकारी कर्मचारी संगठनमा दुई चिरा

राजनीति समाचार

काठमाडौं । माधव नेपाल विदेश उडेको मौका छोपेर उनका बैनी ज्वाईले कर्मचारी संगठन फुटाएका छन् । माधव नेपाल निकट निजामती कर्मचारीहरुको कान्छो संगठन दुई चिरा परेको हो । एकीकृत सरकारी कर्मचारी संगठनका हर्ताकर्ता हुन,मोहन घिमिरे । यी यस्ता कर्मचारी हुन,जसले ५४ सालदेखि यता सिंहदरबार छाडेर कतै जागिर खान जानु परेन । निजामती किताबखानाबाट प्राप्त अभिलेख हेर्दा उनी ५४ साल साउन १३ गते सेवामा प्रवेश गरेका हुन । जसरी पुण्य ढकाल जागिरमा प्रवेश गरेपछि अवकाश पाउँदासम्म गृह मन्त्रालय छाडेर दायाँबाया हुनु परेन ठीह उसैगरी मोहन घिमिरेले समेत जागिर खाए यता २७ बर्ष सिंहदरबारको पर्खाल छाडेर बाहिर जानु परेको छैन । निजामती सेवा ऐनमा हरेक २ बर्षमा कर्मचारीको सरुवा हुने ब्यवस्था छ । तर ऐनको यो ब्यवस्था घिमिरेको हकमा कहिल्यै लागू भएन । लामो समय एउटै कार्यालयमा रहँदा सुशासन कायम हुन नसक्ने भएरै ऐनमा २ बर्षमा सरुवा हुने ब्यवस्था गरिएको हो । घिमिरे २७ बर्षसम्म सिंहदरबारभित्रै बसे, पदस्थापन त्यहीँ गराए ।

उनी नासुदेखि नै निरन्तर सिंहदरबारमै कार्यरत छन् । त्यो पनि आकर्षक मानिने र देश विदेश घुम्न अवसर पाइने शाखामा । गोश्वारा हुलाक कार्यालय,काठमाडौंबाट जागिर शुरु गरेका घिमिरे करिब ९ बर्ष पछि सिंहदरबार छिरेका हुन । ६३ साल असार ३ गते संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छिरेका उनी सामान्य प्रशासनमा सरुवा भए,६६ साल वैशाख २१ गते । सामान्यकै अतिरिक्त समूहमा रहेका उनको पानी बढूवा (विशेष) भएर अधिकृत बने । त्यस समय पनि उनी सामान्यको अतिरिक्त समूहमै रहे ।

कर्मचारी समायोजन हुँदा सामान्य प्रशासनकै (पुल) मा रहेका उनी सामान्य प्रशासनमै हल्लिएर जागिर खाए । ७३ सालमा मात्र उनको सरुवा भएको देखिन्छ संष्कृति पर्यटन मन्त्रालयमा । ७६ सालदेखि पर्यटन मन्त्रालयमा बसेका उनी पानी बढूवा भएका हुन,२०७९ साल फागुन ३ गते । त्यस यता अमनलाल मोदीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित माधव नेपालको गृह जिल्ला गौर नगरपालिकामा पठाए तर खटाएको ठाउँमा गएनन् । बरु अमनलाल मोदीलाई गाली गर्दै हिडे । उनी निजामती कर्मचारी संगठनको अध्यक्ष रहँदा नेपाल निजामती कर्मचारी संगठनको भवन बन्यो । उक्त भवनको लागत ७ करोड भनिएको छ । त्यही समयमा भक्तपुरमा उनले बङ्गला ठडाएका भेटिन्छ । यसरी यिनै मोहन हाबी हुँदा माधव नेपालको कर्मचारी संगठन अहिले भताभुङ्ग हुन पुगेका छ । उनै मोहनका इच्छा अनुसार संगठन चलाउँदा माधव नेपालको बैनी ज्वाईले उक्त संगठन दुई चिरा पारेका हुन ।

तीन बर्ष अघिमात्र श्रम विभागबाट स्वकीृति पाएर गठन भएको एकीकृत सरकारी कर्मचारी संगठनमा सम्मानजनक स्थान नपाएसँगै शरण गुरुङहरुको समूहले विद्रोह गर्दै आएको थियो तर शरणहरुलाई बेलैमा थामपुरी नर्पादा उक्त संगठन दुई टुक्रा हुन पुगेको हो । माधव नेपालहरुले एमालेमा विद्रोह गरेर आएसँगै मोहन घिमिरे संस्थापक अध्यक्ष थिए । उनी पानी बढूवा भएसँगै गगन बिष्ट अध्यक्ष भए । विष्ट पनि घिमिरेझैं पानी बढूवाबाटै उपसचिवमा उक्लिएका हुन । गगन उपसचिवका बढूवाका लागि सिफारिस भएसँगै मोहनहरुले आफ्नो गोजीका यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै शरण गुरुङहरुको समूह विद्रोहमा उत्रिएर समानान्तर गतिविधि गर्दै आइरहेको थियो ।

शरण यस अघि नै एमालेमा हुँदा उपाध्यक्ष चलाइसकेका कर्मचारी हुन । संघीय संसद सचिवालयमा कार्यरत उनी पार्टी फुटेपछि एकीकृत सरकारी कर्मचारी संगठनमा महासचिव,उपाध्यक्ष हुँदै अहिले सह अध्यक्षको भूमिकामा थिए तर उनी भन्दा कनिष्ठ यामबहादुर खत्रीलाई अध्यक्ष बनाइएसँगै संगठनमा शुरु भएको भाँडभैलो अन्तत दुई चिरा परेर सकिएको छ । यता मोहनहरुले स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन दर्ता रोक्न जति प्रयास गर्दा पनि केही सिप लागेन र मंगलबार उक्त संगठन कान्छो कर्मचारी संगठनको रुपमा दर्ता भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *