मन्त्री यादव कामभन्दा कमिसनमा लिप्त

राजनीति समाचार

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले आफू मन्त्री भएको पाँच दिन नबित्दै खानेपानी विभागका महानिर्देशक कमल श्रेष्ठलाई मन्त्रालयमा जगेडामा तानेका थिए । कमल श्रेष्ठलाई मन्त्रालयमा तानेर विभागकै उपमहानिर्देशक रामकुमार श्रेष्ठलाई महानिर्देशक बनाएका थिए । त्यसमा पनि पैसाको चलखेल भएको बताइन्छ । उता काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका राजेन्द्र सापकोटालाई स्मल टाउनमा सरुवा गरी स्मल टाउनका टिका चौधरीलाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयमा ल्याएका छन् ।

चौधरीसँग पनि मोटो रकम लिएर सरुवा गरेको बताइन्छ । त्यसैगरी उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)ले विगत ६ महिनादेखि अध्यक्षबिहीन हुँदा नयाँ अध्यक्ष चयन गर्न सकेको छैन । अध्यक्ष नभएकै कारण समयमा बोर्ड बैठक बस्न सकेको छैन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पहिला आफ्ना सल्लाकारलाई (केयुकेयल)को बोर्ड सदस्य बनाएका थिए भने अहिले महानगरकै कर्मचारीलाई सदस्य बनाएर पठाएका छन् । महानगरले कर्मचारीलाई (केयुकेयल)को सदस्य बनाएर पठाएपछि केही हप्ता अगाडि बोर्ड बैठक बसेको थियो ।

तर, (केयुकेयल)को सो बैठक निष्कर्षबिहीन अवस्थामा टुंगिएको थियो । मन्त्री यादवले तत्काल केयुकेयलमा अध्यक्ष नियुक्त गर्नुपर्नेमा त्यो गर्न सकेका छैनन् । मन्त्री यादवले रिक्त अध्यक्ष पदमा पदपूर्ति गरेर उपत्यकामा चुस्तदुस्त ढंगले खानेपानी व्यवस्थापन गर्नुपर्नेमा त्यो नगरी महानिर्देशक र निर्देशकहरु सरुवा गरेर मोटो रकम असुल्न व्यस्त छन् । प्रधानमन्त्री ओलीले जतिसुकै सुशासन र भ्रष्टाचारमुक्त देश बनाउँछु भनिरहँदा जुनसुकै पार्टीबाट मन्त्री बनेका भएपनि कमिसन र उठ्तीपुठ्तीमै लाग्ने गरेका छन् । यसलाई हेर्दा प्रधानमन्त्रीको बोली एकातिर, कामकारबाही अर्कोतिर हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *