कांग्रेस र एमाले सरकार आफ्नै तालमा, संवैधानिक निकायदेखिा कूटनीतिक क्षेत्रसम्म अस्तव्यस्त

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलका नेताहरु आफू सत्ताबाहिर हुँदा मिठामिठा भाषण गरेर जनतालाई गुमराहमा पार्ने सत्तामा पुगेपछि आसेपासेलाई प्रयोग गरी कमाउधन्दामा लिप्त हुने काम गर्दै आएका छन् । दलहरुमा हुने गरेको द्वैद चरित्रले गर्दा देश भ्रष्टाचार, अनियमितता र बेथितितिर धकेलिँदै गएको छ । नेताहरुको आन्तरिक कारणले गर्दा स्वतन्त्रहरुले जरा गाड्दै गएका छन् ।

स्वतन्त्रहरुले जरा गाडे तापनि सत्तामा पुगेपछि उनीहरुको रुप पनि दलका नेताकोभन्दा फरक देखिएन । त्योसँगै ठूला दल कांग्रेस र एमाले पनि एक्लै चुनावको सामना गर्न सक्ने अवस्थामा छैनन् । २०७९ निर्वाचनपछि तेस्रो दलको नेतृत्वमा बनेका गठबन्धन सरकारहरु पटक–पटक फेरिरहँदा मुलुकले निकास नपाएपछि कांग्रेस र एमाले दुई ठूला दल मिलेर सरकार गठन गरेका छन् । त्यसको नेतृत्व दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । बहुमतको सरकार बनेको दुई महिना हाराहारी हुँदा पनि देशले निकासा पाउने सम्भवना देखिँदैन । सरकारको काम गराइ हेर्दा सबै क्षेत्र भद्रगोल देखिन्छ । संस्थागत भ्रष्टाचार मौलाउँदै गएको छ, विकास निर्माणका कामहरु अलपत्र अवस्था छन् । दक्ष, अनुवभी र वरियतालाई ख्याल नगरी आग्रपूर्वाग्रह राखी सचिव र सहसचिवहरु सरुवा गरिएको छ ।

आग्रपूर्वग्रहकै कारण योजना, आयोजना प्रमुखदेखि महानिर्देशकसम्म फेरिएका छन् । सबै क्षेत्रमा नातागोता र आफन्तहरु हावी भएका छन् । राजदूत नियुक्तिमा स्वच्छ छवीको व्यक्तिलाई बाइपास गरी आफन्तलाई काँखी च्याप्दा विवाद सिर्जना भएको छ । न्याय क्षेत्रमा त्यस्तै भद्रगोल भएको छ । सर्वोच्च अदालतमा विगत लामो समयदेखि ४ जना न्यायाधीश पद रिक्त रहेको छ । प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ उमेर हदका कारण आगामी असोजमा अवकासप्राप्त हुँदैछन् । त्यसमा सकारले ध्यान दिएको छैन । अर्कोतिर चाडवाड नजिकिएसँगै कालाबजारीहरु सलबलाएका छन् ।

महंगीले बजार भाउ आकासिएको छ । सर्वसाधारणलाई चाडवाड मान्नेभन्दा पनि बिहानबेलुकाको छाक टार्न हम्मेहम्मे परिरहेको छ । खाद्यान्नमा अखाद्य मिसावट सामग्रीले बजार भरिएका छन् । सरकार र सम्बन्धित पक्षले त्यसको अनुगमन नियन्त्रणमा ध्यान दिएको पाइँदैन । देशमा विकृति, विसंगति बढ्दै जाँदा सञ्चारकर्मी, मावन अधिकारवादी, बुद्धिजीवी, प्रध्यापक र अधिकारकर्मीहरु चुपचाप रहेका छन् । अर्कोतिर संसदमा प्रतिपक्ष दल गुमनाम जस्तै भएर बसेको छ । दुई ठूला दल मिलेर बनेको सरकारका मन्त्रीहरुले मीठामीठा भाषणवाजी गर्ने आफ्ना आसेपासेलाई पोष्ने काम बाहेक अन्य सुधारका काम गर्न सकेका छैनन् ।

उता सरकारको साझेदार ठूलो दल कांग्रेसको महाधिवेशनको कुरा निकालेर दिन बिताइरहेको छ । सरकारको नेतृत्व गरेको एमाले आगामी २०८४ सालको निर्वाचनमा कसरी बहुमत ल्याउने भन्ने धुनमा लागिपरेको छ । तर, जनताका जल्दाबल्दा समस्याहरु ज्यूकात्यू रहेका छन् । त्यसमा सरकारमा सामेल दलहरुको ध्यान गएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *