दलहरु माथि यतिबेला नेपाल राष्ट्रलाई असफल राष्ट्र बनाएको आरोप लागेको छ । हावा नचली पात हल्लिएको हुँदैन । त्यसै गरी आगो नफुकी धुँवा निस्किन सक्दैन । व्यक्ति व्यक्ति मिलेर घरपरिवार र घरपरिवारहरु मिलेर समाज बनेको हुन्छ । अनि समाजहरु मिलेर राष्ट्र बनेको हुन्छ । राष्ट्रको छुट्टै अनुहार हुँदैन । नेपाल राष्ट्रको समृद्धि र सुखी नेपाली जनताको अनुहार नेपालको पनि अनुहार हो । आदिकवि भानुभक्तले बर्णन गर्नु भएको नेपालको अनुहार, त्यसैगरी राजतंत्रको नेतृत्वमा चलेको राणा शासनकाल र पञ्चायतकालमा बनेको नेपालको अनुहार अनि अहिलेको लोकतान्त्रिक संघिय गणतंत्र कालमा दलहरुले बनाएको नेपालको अनुहार फरक फरक छन । आदिकवि भानुभक्तले बर्णन गरे अनुसार नेपाल एक तपोभूमि देवभूमि र पुण्यभूमि भएको महसुस हुन्छ ।
२४३ बर्षको लामो काल सम्म नेपालको शासन व्यवस्थाको नेतृत्व गरेको राजतंत्र काल भित्र नै राणा शासन काल र पञ्चायत काल पनि गाभिएका छन । त्यो बेला नेपालको अनुहार वीर गोर्खाली र हिन्दूराष्ट्र हो भन्ने बन्यो । राणा शासनकालमा पनि फाटफुट आधुनिक बिकासको कामहरु नेपालमा भएका थिए भने पञ्चायतकालमा योजना बनाएर नै आधुनिक बिकासको जग नेपालमा बसाल्ने जमर्को गरिएको थियो । राणा शासनकालमा बनेका फर्फिङ जलबिद्युत परियोजना अझ पनि इतिहासको साक्षी बनेर बसेको नै छ । त्यसैगरी हेटौडा काठमान्डौ रोपवएको खण्डहर भनौ वा अवशेष अझ पनि बाँकी नै छन । सबै भन्दा राम्रो त के छ भने आधुनिक शिक्षाको निव त्रिचन्द्र कलेजको स्थापना पनि राणा शासन कालमा नै सम्पन्न भएको थियो ।
यसो त त्यो भन्दा पहिले नै दरवारियाहरुले मात्रै पढ्न पाउने दरवार हाईस्कूलको स्थापना भएर पनि सञ्चालित थियो । आधुनिक नेपाल तिरको यात्रा वास्तविक रुपमा त्रिचन्द्र कलेजको स्थापनबाटै सुरु भएको मान्न सकिन्छ । राणा शासनकाल र पञ्चायतकालको बिचमा राजतंत्र कै नेतृत्वमा त्रिभुवन विश्वविद्यालयको स्थापन भयो र उक्त विश्वविद्यालयको स्थापना संगै आधुनिक नेपालको पाईलाहरु निरन्तर अगाडि बढी नै रहेको छ । लोकतांत्रिक संघिय गणतंत्रकाल खाण्डमा आएर हचुवाको भरमा अनेक विश्वविद्यालयहरु खोलेर चलाउने कामहरु भएका छन् ।
बिषयगत विश्वविद्यालयहरु र कलेजहरु पनि भर्मार खुलेकाछन तर त्यसलाई नेपालको आवश्यकता वा जरुरी सित जोड्न दलहरुले सकेको छैन । योग्यता र गुणस्तरहिन शिक्षाको सिकार नेपाली जनता भईरहेकाछन भने सक्षम परिवारका सन्तानहरुले गुणस्तरिय शिक्षा ग्रहण गर्नको लागि र सोअनुसार जागिर पाउनको लागि विदेशी विश्वविद्यालयहरुमा गएर शिक्षा लिने क्रम नेपालमा बढ्दो छ । अहिले आएर नेपालको शिक्षा यस्तो अवस्थामा पुगेको छ कि स्कूल, कलेज र विश्वविद्यालयहरु छन तर त्यसमा पढ्ने विद्यार्थीहरुको भने अभाव शृजना भएकोछ ।
दलहरुले बिना योजना अन्धाधुन्द हिसाबले शिक्षालाई नाफा कमाउने व्यापार र व्यवसायमा रुपान्तरण गरेको हुँदा आज नेपालमा यो स्थिति आएको हो । यसैबाट पनि के बुझिन्छ भने दलहरुमा भिजन छैन र नेपालको हरेक क्षेत्रलाई नाफा कमाउने व्यापार र व्यवसायमा रुपान्तरण गर्दा अहिलेको अवस्था निर्माण भएको हो । नेपालमा प्रविधिक र ईन्जिनियरिङ शिक्षाको पनि उस्तै हालत छ ।
धेरै प्राविधिक र ईन्जिनियरिङ कलेजहरु खुलेर नेपालमा उक्त शिक्षाहरु सुलभ भएर दिक्षित जनशक्तिको संख्यामा ह्वात्तै बृद्धि भएतापनि तिनीहरुको लागि नेपालमा जागिर पाउन सक्ने अवस्था छैन । त्यसैले दिक्षित वेरोजगारको अखडामा नेपाल राष्ट्रलाई रुपान्तरण गर्ने काम दलका राजनीतिक नेतृत्वले नेपालमा गरेकाछन । तसर्थ नेपालको आधुनिक अनुहार भनेको वेरोजगारहरु मात्रै भएको र अदक्ष कामदार वैदेशिक रोजगारीमा पठाएर त्यसबाट प्राप्त हुने विप्रेशनले नेपाल राष्ट्रको बिकास र नेपाली जनताको पेट भर्ने मुलुक हो । उहिले नाम कमाएका वीर गोर्खालीहरु अहिले नेपालमा बसोबास गर्दैनन् । उहाँहरुले ब्रुनेई, हंकङ, सिंहापुर, बेलायत र अमेरिका लगायतको मुलुकलाई आफ्नो नयाँ बसोबास गर्ने थलो र कर्मभूमि बनाईरहेका छन ।
नेपालमा काम पनि छैन र दाम पनि छैन अनि आफ्नो गुजारा चलाउनको लागि मात्रै भएपनि राजनीतिक दलहरुको हली बन्नु पर्दछ भन्ने मानिसकताले पीडित भएर ठुलो संख्यामा नेपाली युवापिढी पढ्दै रोजगारी गर्ने उद्देश्यले बिदेश पलायन भईसकेका छन र नेपालमा बाँकी बचेकाहरु पनि त्यसरी नै बिदेशिने तयारी र तर्खरमा छन । यहि हिसाबले नेपाल राष्ट्र चाँडै नै बुढाबुढी र महिला केटाकेटीहरुले मात्रै बसोबास गरेको खण्डहर मुलुकमा रुपान्तरण हुन केही बेर लाग्ने छैन । छोराछोरीहरु उता गएपछि उनीहरु माथि आश्रित बाबुआमाहरु पनि उतै बसोबास गर्ने गरी जान बाध्य हुनेछन । हाल भने विदेशिएको केही छोराछोरीहरुको बाबुआमाहरु नेपालबाट आउने जाने गरीरहेका छन । विदेशमा बसेका छोराछोरीहरुले बोलाउँदा नेपालमा बसेका बृद्ध बाबुआमाहरु कहिले अमेरिका र कहिले आष्ट्रालिय गरी आफ्नो जन्मभूमि नेपाल सित पनि नाता जोडी राखेका छन ।
बिदेशमा नमर्ने आफ्नै जन्मभूमि र मातृभूमि नेपालमा मर्ने कसम खाएका मातापिताहरुको भने बेहाल नै छ । मरेपछि पछि पनि त्यस्ता मातापिताहरुले मूर्दाघरमा बसेर आफ्नो सन्तानको आगमनको लागि कुर्नु पर्ने भएको छ । त्यास्ता मातापिताले केही दिन कुरेपछि मात्रै नेपालको सनातनी वैदिक हिन्दूधर्मको परम्परा अनुसार सद्गत र दाह संस्कारको शौभग्य पाउने गरेकाछन । दलहरुले निर्माण गरेको आधुनिक नेपालको अनुहार यस्तो छ जसमा गति पाउनको लागि पनि नेपाली जनता धेरै संघर्ष गरी राख्नु परेको छ ।
आदिकवि भानुभक्तले बर्णन गरेको नेपाल जस्तो तपोभूमि, देवभूमि र पुण्यभूमि नेपाल खै कहाँ छ भनि चिराग हातमा लिएर खोज्दा पनि भेटिन मुस्किल छ । त्यो बेलाको सांग्रिला नेपाल अहिले कता अलप भयो कसैले बताउन सक्दैन तर सत्य कुरा के हो भने नेपालको राजनीतिक नेतृत्वले बिदेशीको भनाईमा लागेर आफ्नो गौरवमय इतिहास र धर्मलाई पनि वली चढाईसकेको छन् । आफ्नो इतिहास र धर्म नमान्नेहरुको अस्तित्व स्वतः समाप्त भएर संसाररुपी समुद्रमा बलिन हुन्छ । कल्चरल ईकोलोजीको शिद्धान्तले पनि यहि कुरालाई जोड दिएको छ जस अनुसार सुपेरियर कल्चरमा कमजोर कल्चरहरु बिलिन हुन्छन भन्ने मान्यता छ । काठमान्डौ खाल्डो र नेपालका अन्य सहरहरुमा बनेका अग्ला कंक्रिटका घरहरु नै नेपालमा बिदेशीको प्रभाव बढीरहेको प्रामाण हुन ।
दलका एक शीर्ष नेताले नेपालमा कंक्रिटका टावरहरु बनाउने कामलाई राष्ट्रव्यापी नै बनाईदिएका छन । फलस्वरुप मानिसको त के कुरा पशुपंछी पनि कहिले नपुग्ने डाँडाको टुप्पमा कंक्रिटका टावरहरु बनेका छन । उहाँ शीर्ष नेताको बिकास के हो भन्ने कुराको बुझाई अनुसार उहाँले नेपाललाई दुबई, कतार सिंहापुर, हंकङ, क्वालालम्पुर आदिको अनुहार दिन खोजेका छन जुन गलत सोच वा बिदेशीको गलत प्रभाव कै परिणाम हो । नेपालको अनुहार बिदेशी मुलुकहरुको जस्तो नबनाएर नेपाल कै मौलिकता र परम्परा अनुसारको हुनुपर्छ । नेपाललाई बिदेशी मुलुकहरु जस्तो बनाउन जरुरी छैन नेपाललाई सदासर्वदा नेपाल नै जस्तो बनाएर राख्न सक्नु पर्छ । नेपाल विश्वाका अन्य मुलुकहरु भन्दा फरक हो र त्यस्तै देखिनु पनि जरुरी छ ।
अरु मुलुकहरुको बिकास अवलोकन यात्रा गरी त्यसबाट दलका नेताहरुको सोचमा परेको प्रभावले नेपालको अनुहार र बनेबनाएको पहिचानलाई बिगार्ने वा फरक पार्ने हुनुहुँदैन । स्वीटजरलैंड घुमेर फर्के पछि बिकास भनेको सुरुङ नै सुरङहरु रहेछन भन्ने सोच बनाउनु गलत हो र त्यो सोचलाई जस्ताको तस्तै नेपालमा लागु गर्न खोज्नु त्यो झन महागलत हो । नेपालको बिकास गर्नलाई सुरुङ मार्ग चाहिन्छ तर त्यो नेपालको आवश्यकता अनुसार मात्रै हुनुपर्छ । नागढुंगा देखि नौविसे सम्म सुरुङ बनाएर काठमाण्डौ खाल्डोको ट्राफिक जाम कम हुँदैन भन्ने कुरा दलका नेताहरुले पहिले नै बुझेको राम्रो हुन्छ ।
सरकारी नीतिहरुको परिवर्तन र राम्रो ट्राफिक व्यवस्थापनले मात्रै काठमान्डौ खाल्डोको ट्राफिक व्यवस्थापनको समस्या सुल्झिन्छ । काठमाण्डौ तराई द्रुत मार्ग पुरा भएपछि र रेल मार्गहरुले जोडिए पछिको काठमान्डौ खाल्डोको ट्राफिक हालत झनै भयावह बन्ने संभावना छ । त्यसकारण भौतिक निर्माणमा मात्रै ध्यानदिएर हुँदैन अन्य सरकारी नीतिहरुमा नै व्यापक परिवर्तन ल्याउन जरुरी छ । नेपालमा शासन गर्दै आएका राजनीतिक दलहरुले नेपाल राष्ट्र र नेपाली जनताको आवश्यकता के हो भनी बुझेर सोही अनुसारको योजना र नीति नियमहरु तार्जुमा गर्दै जानु पर्नेमा सोनगरी बिदेशीको लहैलहैमा लग्दा नेपालको पहिचान मेटिदै गएको छ । नेपाली जनताले सोही कुरा बुझेर दलका शीर्ष नेताहरुलाई यो त अति भयो भन्दै सावधान गराएका छन ।
तर अहंकारी, अज्ञानी र लालची दलका नेताहरु बिदेशी दिने कमिसनको लोभमा परी आफ्नै राष्ट्रलाई भष्म पार्दै लाने योजनाहरु र नीति नियम बनाएर फिल्डमा उत्रेकाछन । अर्बौ लगानी गरेपछि रेल परियोजना जस्तो अलपत्र छाड्नु भन्दा पहिले नै परियोजनाहरुको प्राथमिकता निर्धारण गरी लगानी गर्ने बानी बसालौं । सिक्टा, भेरी–बबई, एयरपोर्टहरु, मेलम्ची खानेपानी जास्ता परियोजनाहरुमा खर्बौं लगानी गरी अलपत्रपारी राख्ने कम कहिले नगरौं । राम्रो योजनाहरु बनाएर सोही अनुसार काम गर्दा कुनै हानी नोक्सानी छैन । बरु यस्तो अभ्यास र राम्रो व्यवस्थापनले महत्वपूर्ण लगानी उपयोगहिन भएर खेरजानबाट जोगाउन सकिन्छ ।