मध्यरातमा किसान बालुवाटारमा किन ?

राजनीति समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादी टिकाउने र मिलाउने युद्ध चर्कँदै गएको छ । किसान श्रेष्ठ बाबुऔंसीको मुख हेर्ने दिन मध्यरातमा प्रधानमन्त्री भेट्न पुगे । उपचुनावमा इलाम क्षेत्र २ का मत परिणामले सोही क्षेत्रका वरिष्ठ नेता झलनाथ खनालको क्षमता र जनताको सहयोग देखियो । त्यसपछि नेता भड्किएका हुन् । केन्द्रमा पदको लागि लड्ने जिल्ला गाउँको चासो नदिने नेताको तालले अध्यक्षलाई समेत कुरीकुरी लगाउन सक्छ ।

एकीकृतका नेताहरु भ्रष्टाचारको चर्काे विरोध गर्दैनन् । किनकि संसदमा समेत एकीृकृत समाजवादीका सांंसदहरुको प्रस्तुति रोचक छैन । त्यसैले प्रेम आले भड्किएका हुन् । प्रचण्ड सरकारमा सामेले एकीकृतले सर्पबो बथानमा भएजस्तो भयो भन्ने मेटमणि चौधरी समेत चुप छन् । तर किसान श्रेष्ठको मध्यरातमा केपी ओलीसँगको भेटघाटले कति अर्थ राख्छ नेकपा एकीकृत अन्यौलमा छ ।

पार्टी बनाउनु नपर्ने, संगठनको खाँचो नहुने मौकामा ठाउँ पाउँदा ठूलो भाग खोज्ने दलीय व्यवस्था भएको गुण एकीकृतमा पनि थियो । अहिले वाम पार्टी बिचको एकता र सहकार्य अघि बढाउन नेकपाका विभाजित शक्ति बिचको गठबन्धन हरेक मोर्चामा जररी छ । पत्रकार, इन्जीनियर, वकिल, कर्मचारी, शिक्षक, प्राध्यापकहरुलाई संगठित गराए पनि विद्यार्थी र पत्रकारबाहेक अन्य संगठनको नेतृत्व तदर्थवादमा चलाउँदा पार्टी जनताका बिचमा स्थपित हुन सक्दैन । रामकुमारी देखि केशवलालसम्म नेपालसँग रिसाएका छन् ।

प्रधानमन्त्री केपी ओली एकीकृतका ५ जना, अशोक राईका ७ जना सांसदहरुलाई एमालेमै फर्काउन चाहन्छन् । कांग्रेसको चाहनाले दल विभाजनको कानून घोषणा नगरिएको हो । अझै पनि एकीकृतले विचार र सिद्धान्तको राजनीति गर्दैन । किनकि मान्छेको स्वार्थ प्रधानह हुँदा विचार र सिद्धान्त गौण हुन्छ । अहिले पार्टी केन्द्रीय सदस्यले पदाधिकारी चयन गर्दाको आवस्थाले यो पार्टी कमजोर भएको छ । नेता थुप्रो छ जनताका बिचमा जाने कार्यक्रम छैन । मेला र बैठक भएका छैनन् । जिल्लाका गतिविधिसँग पार्टी नेतृत्व बेखबर बनेकै कारण नेकपा एमालेले चाहेका कुराले कानूनको परिधिलाई खोतलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *