मुख्यसचिव र गृहसचिव एमालेको कब्जामा, कांग्रेस निन्द्रामा

राजनीति समाचार

काठमाडौं । तत्कालीन गृहसचिव एकनारायण अर्याल मुख्यसचिव बनेपछि गृहसचिव बन्नको लागि आधा दर्जन सचिवहरुको दौडधूप चलेको थियो । त्यो दौडमा पुष्करहरि कर्ण, विनोद सिंह, दिनेश भट्टराई, मुकुन्द निरौला र दीपक काफ्लेलगायत थिए । यीमध्ये पुष्करहरि कर्ण र विनोद सिंह न्वारनदेखिको बल निकाले लागिपरेका थिए । तर, मुख्यसविच अर्यालकै कारण यी दुईसँगै अन्य दौडमा रहेका सचिवहरु गृहसचिव बन्ने लाइनबाट बाहिरिएका छन् । त्यसमा पनि पुष्करहरि कर्ण र विनोद सिंहलाई पहिलादेखि एकनारायण अर्यालले रुचाउँदैनथे ।

अर्यालले विगत लामो समयदेखि कर्ण र सिंहविरुद्ध विभिन्न सञ्चारमाध्यममा समाचार लेखाउने काम गर्दै आएका थिए । प्रधानमन्त्री केपी ओली र मुख्यसचिव अर्यालको डिजाइनमा पहिलादेखि चर्चामा रहेका ६ जना सचिवहरुलाई पाखा लगाउँदै गोकर्णमणि दुवाडीलाई गृहसचिव बनाइएको छ । गृहसचिव बनेका दुवाडी कोशी प्रदेशमा रहँदा साइकिल खरिद काण्डमा मुछिएका व्यक्ति हुन् । त्योसँगै दुवाडीलाई तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिव हुँदा छुट जग्गा दर्ता गर्ने र सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन विचौलियासँग मिलेर ठूलो मात्रामा भ्रष्टाचार गरेको लागेको थियो । त्यसैगरी दुवाडीले आफ्नो सचिवालयमा नातागोतालाई राखेर कर्मचारी सरुवा, बढुवा गर्दासमेत ठूलो मात्रामा आर्थिक लाभ लिएको कर्मचारीवृत्तमा चर्चा छ । तथ्यांक विभागका तत्कालीन सचिव दुवाडी हालका मुख्यसचिव एकनारायण अर्यालयलाई रिझाएर गृहसचिव बन्न सफल भएका छन् ।

गृहसचिव हुँदा एकनारायण अर्यालले ल्याएका योजना कार्यान्वयन गराउने, गृहमन्त्री रमेश लेखकलाई कमजोर बनाउने र बबरमहलको जग्गाको मुआब्जा बबरशमशेरलाई दिलाउने सर्तमा दुवाडीलाई गृहसचिव बनाइएको चर्चा चलिरहेको छ । यतिबेला कर्मचारी प्रशासनको बागडोर मुख्यसचिव र गृहसचिवको हातमा पुगेको छ । मुख्यसविच अर्याल र गृहसचिव दुवाडी दुवै खान र खुवाउन सिपालु व्यक्ति हुन् ।

मुख्यसविच अर्याल खान, खुवाउन र सुरासुन्दरीमा पनि त्यत्तिकै पोख्त भएको कर्मचारी प्रशासनभित्र चर्चा चल्ने गरेको छ । मुख्य सचिव र गृहसचिव एमालेको डिजाइन अनुसार बनिरहँदा सत्तासाझेदार ठूलो दल कांग्रेस ओझेलमा परेको छ । अब संवैधानिक निकायदेखि सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा समेत प्रधानमन्त्री ओलीले एकलौटी गरेरअघि बढ्छन कि भन्ने हल्ला कांग्रेसजनमा छ । हुँदाहुँदा नेपाल पत्रकार महासंघमा पनि एमालेले आफ्नो कब्जा जमाउन खोजिरहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *