प्रधानमन्त्रीकै काँधमा राज्यका काम

राजनीति समाचार

काठमाडौं । कांग्रेस–एमालेबाट विभिन्न अपराधमा संलग्न व्यक्तिहरुले नै सांसदका टिकट पाउँदै आएका छन् । प्रदेश र संघको संसद बनेका व्यक्तिहरुलाई हेर्दा नै यो कुरा पुष्टि हुन्छ । एमालेका लक्ष्मी कोइरी, टोपबहादुर रायमाझी, कांग्रेसका बादशाह कुर्मी, रोज राणा, मिनकृष्ण महर्जनहरु लोकतन्त्रका गहना हुन् । आरोप भने माओवादीलाई मात्र लाग्ने गरेको छ । कृष्णबहादुर महराका बाबुछोराको सुन तस्करसँग सम्बन्ध टुुन पुग्यो । अध्यक्ष प्रचण्डको टिमभित्र अवसर पाउने भाइ, छोरीज्वाइँहरु नै छन् । तर उनीहरु वादशाह कुर्मीजस्तो आरोपमा भने मुछिएका छैनन् ।

सरकारले आफु बच्न र बचाउनका लागि कानून कार्यान्वयन गर्दैन । किनकि प्रधानमन्त्री ओलीको बोली र व्यवहार फरक छ । मान्छेको मन बुझ्न केपी ओलीले पोलिटव्यूरो बैठकमा चर्काचर्की कुरा गरे । महेश बस्नेत, ऐन महर, गुलाबजंगजस्ताहरु ओलीकै कारण चर्चामा आए र गुमनाम भए । बेथितिविरुद्धको अभियान सरकारले चलाउने हो । तर सरकार आफैं बेथितिमा रमाएको छ । सरकारले केवल जनताको आँखामा छारो हाल्ने काम गरेको छ । चाडपर्व आउँदा कालोबजारी चम्किएको छ, यसमा मन्त्री नै कालाबजारीसँग जोडिएका छन् ।

प्रधानमन्त्री ओलीलाई कुन बेला सनक चल्छ त्यसैअनुसार नै पार्टीमा निर्णय हुने गर्दछ । सरकारमा पनि त्यस्तै भएको छ । कांग्रेसका मन्त्रीहरु प्रधानमन्त्रीको एकल निर्णय र बोलीले जति क्रुद्ध भएपनि परराष्ट्रमन्त्री डा.आरजु राणा र गृहमन्त्री रमेश लेखकको प्रहरी सरुवाको चलखेलले पार्टीमा सरकारको खराब पक्षको बहस हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *