राजश्व अनुसन्धान विभागमा घिमिरे र विसीको आतंक

राजनीति समाचार

काठमाडौं । नेपालमा कुनै बेला नेताहरुलाई समाजसेवी भन्ने चलन थियो । त्यतिबेलाका नेताहरु राष्ट्र र जनताको लागि पहरेदार बनेर लागिपर्ने गर्दथे । अहिले खडा भएका राजनीतिक दलका नेताहरु सरकारी सम्पत्ति हिनामिना गर्ने, राजनीतिलाई व्यापारिकण गर्ने, सरकारी कामको ठेक्का लिने, देशमा आइपरेका प्राकृतिक प्रकोपमा आवश्यक सामग्री खरिदको ठेक्का लिने जस्ता काम गर्दछन् । उता, कर्मचारीतन्त्र भनेको कुनै देशको स्थायी सरकार हो । देश र जनताको पक्षमा दिलो ज्यान दिएर सेवा गर्ने भएकाले कर्मचारीलाई राष्ट्र सेवक भनिन्छ । तर, नेपालमा अहिलेका कर्मचारी भने व्यापारी, ठेकेदार, उद्योगी, नेता, भूमाफिया, मानव बेचविखन, लागुपदार्थ ओसापसारदेखि सुनतस्करीसमेत संलग्न हुने गरेका समाचारहरु सञ्चारमाध्यममा आइरहने गरेका छन् । त्यसको गतिलो उदाहरण बनेको छ, अहिले प्रधानमन्त्री कार्यालय मातहतमा रहेको राजश्व अनुसन्धान विभाग ।

अहिले राजश्व अनुसन्धान विभागको निर्देशक रहेका छन् राजन बिसी । महानिर्देशक बनेका छन् चण्डि घिमिरे । चण्डि घिमिरे विगत लामो समयदेखि कर कार्यालय, राजश्व अनुसन्धान कार्यालय, भन्सार कार्यालय जस्ता मालदार ठाउँमा बसेर अकुत सम्पत्ति आर्जन गरेका व्यक्ति हुन् । उनै घिमिरे गतसाल मात्रै सहसचिवमा बढुवा भएका थिए । तिनै घिमिरे राजनीतिक दलको सोर्सफोर्स र पैसाको आडमा अहिले राजश्व अनुसन्धान विभागको महानिर्देशक बन्न पुगेका छन् । घिमिरेलाई महानिर्देशक बनाउन विभिन्न उद्योगी, व्यापारीहरुको सहयोग थियो । व्यापारीको पैसा र राजनीतिक दलको सोर्सफोर्सबाट घिमिरे राजश्व अनुसन्धानको महानिर्देशक बन्न सफल भएका हुन् । चाडवाड नजिकिएसँगै विचौलिया र कालाबजारी गर्ने व्यापारीहरुले राजश्व छली गरेर ल्याएका सामानको गाडी पक्राउ गर्ने बार्गेनिङ गरी पैसा असुल्न थालेका छन् । अधिकांश व्यापारीहरु राजश्व अनुसन्धानदेखि रुष्ट बन्न थालेका छन् ।

त्यसैगरी निर्देशक राजन विसी पनि महानिर्देशक घिमिरेको डिजाइनअनुसार उठ्तीपुठ्तीमा सहयोगी बन्ने गरेका छन् । बिसी तत्कालीन महानिर्देशक चक्र बुढाको पनि दाहिने हात भएर काम गरेका थिए । विसी यसअघि पथलैया र बुटवलमा बसेर कुन नाकाबाट राम्रो आम्दानी हुन्छ भन्ने ज्ञान हासिल गरेका व्यक्ति हुन् । अहिले उनै बिसीलाई अर्थमन्त्री विष्णु पौडेलको आशिर्वाद छ । उनै घिमिरे राजश्व अनुसन्धानमा भन्दा राम्रो आम्दानी पथलैयामा नाकामा हुने देखेपछि राजश्व कार्यालय प्रमुख भएर पथलैया जाने तर्खर गरिराखेका छन् । पथलैयाको प्रमुृख भएर जानको लागि राजन विसी, तेजनारायण यादव र नारायण मैनाली न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । हाल पथलैयामा वैकुण्ठ सापकोटा प्रमुख रहेका छन् । सापकोटा पथलैया राजश्वमा गएको तीन महिना पनि पुरा भएको छैन । तर, अहिलेको सापकोटालाई हटाएर आफू प्रमुख भएर जानको लागि तीन भाइको भिडन्त चलेको छ ।

तर, राजन विसी खान खुवाउन माहिर र अर्थमन्त्री पौडेलको आशिर्वाद भएकाले विसीकै पल्लाभारी हुने देखिन्छ । विसी २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि उनले राजनीति छोडेर निजामती सेवामा प्रवेश गरेका थिए । त्यही राजनीतिक आडमा भन्सार, राजश्व, करकार्यालय जस्ता मालदार ठाउँमा बस्न सफल भएका हुन् । महानिर्देशक घिमिरे र निर्देशक विसीको सम्पत्ति छानविन गर्नुपर्ने आवाज व्यापारीहरुले व्यापक रुपमा उठाउन थालेका छन् । राजश्व अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरुले व्यापारीहरुलाई तर्साउने, धम्क्याउने र पैसा असुल्ने काम कहिले अन्त्य होला भन्दै एक व्यापारीले तामाकोशी सन्देशका सम्वाददातासँग गुनासो गरेका थिए । नभन्दै राजश्वका कर्मचारीहरु त्यसै गरिराखेका छन् । बज एमालेको सरकार बन्छ अनि राजश्व अनुसन्धान विभाग विवादमा तानिने गर्दछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *