मनी ट्रान्सफर कम्पनी बने कालो धन सेतो बनाउने माध्यम

राजनीति समाचार

काठमाडौं । ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीमा रहेसँगै नेपालमा मनि ट्रान्सफर कम्पनीहरु मालामाल हुने गरेका छन् । मनी ट्रान्सफर कम्पनीहरुमा टिसी एक्सप्रेस, आईएमई रेमिट, प्रभु रेमिटलगायत छन् । यीलगायत च्याउसरी खोलिएका अन्य थुप्रै मनी ट्रान्सफर कम्पनीहरु सञ्चालनमा छन् । त्यसमा सबैभन्दा बढी मालालमा हुनेमा सिटी एक्सप्रेस, आईएमई मन्त्री ट्रान्सफरलगायत छन् । नेपालका मनी ट्रान्सफर कम्पनीहरु एउटा सटरबाट सुरु गरेर कमर्शीय बैंकदेखि आफ्नै आलिसान महल बनाउनसम्म सफल भएका छन् ।

यस्ता मनी ट्रान्सफर कम्पनीहरुले राजश्वसमेत छली गर्ने गरेका छन् । तर, राजश्व अनुसन्धान विभाग र प्रहरी प्रशासनले त्यस्ता राजश्व छली गर्ने रेमिट्यान्स कम्पनीहरुलाई अनुगमन गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आफन्तलाई घरमा पैसा पठाउने माध्यामको रुपमा सञ्चालित भए तापनि अधिकांश मनी ट्रान्सफर कम्पनीहरु हुन्डी कारोबारदेखि अवैध धन्दा सञ्चालन गर्दै आएका छन् । मनी ट्रान्सफर कम्पनीहरुले वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको पैसा सुपथ मूल्यमा उनीहरुका आफन्तलाई चुस्तदुरुस्त ढंगले उपलब्ध गराउनुपर्ने हुन्छ ।

तर, मनी ट्रान्सर कम्पनीहरुले विभिन्न बहानामा ढिलासुस्ती गर्ने, बिचैमा पैसा हिनामिना गर्ने, कमिसन बढी लिने गर्ने गरेका उदाहरणहरु प्रशस्त छन् । नेपालमा च्याउसरी खोलिएका मनी ट्रान्सर कम्पनीहरुले विदेशका विभिन्न बैंकहरुसँग व्यवसायिक सम्झौता गरी नेपालमा कालो धन कमाउनेहरुको पैसा विदेश छिराउने काम गर्दै आएका छन् ।

त्यति मात्रै होइन विदेशमा रहेका नेपालीले पठाएको पैसा उनीहरुका आफन्तलाई दिने नाममा विभिन्न अवैध धन्दा चलाउँदै आएका छन् । यस्ता मनी ट्रान्सफर कम्पनीहरुले सुरक्षा निकायलाई समेत प्रभावमा पारेर हुन्डी कारोबार गर्नेदेखि डिजिटल माध्यमबाट नेपालीलाई ठग्दै आएका छन् । तर, राज्यका सम्बन्धित निकायहरु गुमनाम जस्तै भएका छन् । नेपालमा खोलिएका मनी ट्रान्सफर कम्पनीहरु अवैध रुपमा आर्जन गरेका कालो धन विदेश पठाउने माध्यम बनेका छन् । विदेशमा रहेका नेपालीले पठाएको पैसा उपलब्ध गराउने भनिएको हुन्छ । तर भित्रभित्रै हुन्डीको कारोबारदेखि राजश्व छली गर्नेसम्मको धन्दा चल्ने गरेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *