समाचारप्रति खानी तथा भूगर्भ विभागको आपत्ति

राजनीति समाचार

काठमाडौं । यही असोज ९ गते बुधबार प्रकाशित अन्नपूर्ण इ–पेपरमा ‘अवैध चुनढुङ्गा उत्खनन, करौडौंको राजश्व छली’ भन्ने शीर्षकमा एक समाचार प्रकाशित भएको थियो । सो समाचार प्रकाशित भएपछि विभागले अन्नपूर्ण प्रकाशित उक्त समााचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खण्डनको लागि एक विज्ञप्ति प्रकाशित गरेको छ ।

अन्नपूर्ण इ–पेपरले अवैध चुनढुङ्गा उत्खनन, करौडौंको राजश्व छली भन्ने शीर्षकमा समाचार खण्डन गर्दै विभागले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ : यस विभागबाट जारी उत्खनन् अनुमतिपत्र रोल्पा चुनढुङ्गा खानी प्रा.लि. सँग सम्बन्धित प.सं. ०७८÷७९÷२११० च.नं. ४३१६ मिति २०७८ । १२ । २४ को पत्रमा विभागीय फिल्ड अनुगमन भई कार्यवाही हुँदा सो क्षेत्रमा निरिक्षण गर्दा खानी क्षेत्रमा उत्खनन् नगरी बाटो खन्ने क्रममा उत्खनन् गरेको जनाएको छ ।

साथै मिति २०७८÷५÷४ मा पेश गरेको स्पष्टीकरण समेतको आधारमा यस विभागमा विचाराधिन रहेको ९०,०१७.५२ मे.टन चुनढुङ्गाको रोयल्टी रकमका सम्वन्धमा विभागीय कार्यवाही भई प्राप्त कागजात प्रतिवेदन एवं विद्यमान कानुन समेतको आधारमा उक्त चुनढुङ्गा र सो को रोयल्टी बापतको रकम जफत गरी सो रकम विभागको राजश्व खातामा जम्मा गरिएको समेत उल्लेख गरेको छ । साथै यस विभागको मिति २०७८÷६÷१९ को विभागीय निर्णय बमोजिम बाटो खन्ने क्रममा निस्किएको चुनढुङ्गा यथास्थितिमा सुरक्षित राख्नुहुन निर्देशन दिइएको छ भनिएको छ ।

त्यस प्रा.लि. को संलग्न विवरण कागजातको आधारमा उत्खनन् गरेको भनि झुठा विवरणसहित राजश्व दाखिला भएकोले र प्राप्त स्पष्टिकरण समेत चित्त बुझ्दो नभएकोले खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा २५(४) बमोजिम रु एक लाख जरिवाना गरिएको जनाइएको छ । उक्त जरिवाना रकम दाखिला पश्चात खानी सञ्चालन सहमती अगाडि बढाइएकोसमेत व्यहोरामा उल्लेख छ । मिति २०७८।१२।२४ गतेको विभागीय निर्णयानुसार सूचित गरिन्छ भनी जनाइएको छ । उता प्रकाशित समाचारमा व्यहोरा तोडमोड गरी सरकारी कागजात किर्ते भएको र सोही किर्ते कागजातका आधारमा समाचार सम्प्रेषण भएकोले त्यस्तो कार्य अत्यन्त दुःखद र निन्दनीय विषय हो भन्दै विभागले आपत्ती प्रकट गरेको छ ।

विज्ञप्तिमा विभागको मानमर्दन एवं सर्वसाधारण जनता र सरोकारवाला समेतलाई भ्रममा पार्ने गरी सत्य तथ्य र यथार्थ विषयवस्तु बुझ्दै नबुझि समाचार प्रकाशन गरेको पाइएकोले उक्त गलत, तथ्यहिन एवं भ्रामक समाचार सच्याउन सम्बन्धित सम्पूर्ण पक्षको ध्यानाकर्षण गराईएको विभागद्वारा प्रकाशित विज्ञप्तिमा एल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *