काठमाडौं । ठाउँ अनुसारका कुरा गर्नेले देशको अवस्था कति बुझ्छ थाहा छैन । सरकारमा हुँदा शक्ति देखाउनेले कुर्सी र पद गुमेपछि बल्ल महसुस गर्दछ । माओवादीका प्रचण्ड र एमालेका केपी ओली बिचको त्यो लडाइँ केही दिनको हुन सक्छ । किनकि एमाले एक्लै कहाँ कस्तो स्थितिमा छ विगतमा देखियो । माओवादीलाई कांग्रेसले प्रयोग ग¥यो, तर सहयोग गरेन । २०७४ सालमा एमालेले पनि थुपै्र ठाउँमाा माओवादीप्रति त्यही ग¥यो । यो सत्यलाई चिर्ने काम कसैले गरेन । किनकि स्थार्थ जोडिएका पात्रहरु दुबैतिर गहकिला थिए ।
मिसन ०८४ एमालेको बलिया अरुको कमजोर होइन । मुद्दा यहाँ एमालेका छैनन् । सरकारमा एमाले छ, तर जनताको सेवा गर्दैन । आफ्नै फाइदा हेर्ने परिपाटी धेरैको छ । जुन परिपार्टीले जनताको स्वार्थ हेर्दैन । राजनीति देशभक्त प्रगतिशील छैन भने त्यो यथास्थितिवाद हो । परिवर्तन खोज्नेले यथास्थिति रुचाउँदै जनताका कुरा कागजमा, स्वार्थमा लाग्ने हुँदा जनजिविका हराएको छ । सरकार आफ्नो कमी कमजोरी चर्कनासाथ संसद नै स्थगित गर्न पुग्छ भने संविधान संशोधन किन गर्ने ?
संविधान संशोधनले कार्यकारी राष्ट्रपति, प्रदेश संघ र स्थानीयभित्र जनप्रतिनिधिको संख्या घटाउने कुरा समावेशिताको नाममा डा.आरजु, डा.प्रकाशशरण र विमलेन्द्र समानुपातिकमा बसेर कसको भलो गरे त ? कांग्रेसजस्तै एमालेमा पनि छ, माओवादी त झन् क्रान्ति गरेर आएकोले राज्यको सेवा सुविधा उनीहरुले मात्र उपभोग गरेका छन्, जंगल नगएका सहर र गाउँमा दुख दिइएकाहरुलाई ठाउँ छैन । संविधान फेर्दा जो पिछडिएको छ, उसले पाउने के हो ? प्रचण्ड केपी माधव शेरबहादुरहरुले मात्र भनेर अब हुँदैन किनकि उनीहरुलाई पद छोड हामी पार्टी चलाउँछौं भन्ने आइसकेको अवस्था छ ।