समाजवादी मोर्चामै माधव नेपालको ध्यान

राजनीति समाचार

काठमाडौं । कमजोर बन्दै गएको संगठन सक्रिय बनाउन नयाँ फण्डा चाहिन्छ । प्रधानमन्त्री केपी ओलीले ८ लाख ५० हजार एमाले सदस्य मध्ये ४ लाख ३५ हजारले मात्र सदस्यता नविकरण गरेको आन्तरिक रिपोर्ट पाएपछि जुन हिसाबले हुन्छ कायृकर्ता सक्रिय बनाउन तत्कालीन प्रधानमन्त्री प्रचण्डमाथि घात गर्दै नेपाली कांग्रेससँग संविधानको संशोधन सहित अन्य ६ बुँदमा सम्झौता गरे । अध्यक्ष ओलीलाई चौथो पटक प्रधानमन्त्री बन्नु थियो र भए । तर सरकारको बजेट नयाँ छैन । नीति तथा कार्यक्रमले एमालेले नै पारित गरेको थियो । बजेट परिवर्तन र नीति तथा कार्यक्रमबारे एमालेलाई भन्दा कांग्रेसलाई चासो हुनुपथ्र्याे । तर कांग्रेसका सभापतिले श्रीमती डा.आरजुलाई परराष्ट्रमन्त्री बनाउने थियो र बनाए । बजेट नीति बारे चासो दिएनन् ।

यतिखेर सबै दलको धेय सत्ता र शक्ति आर्जनमा नै छ । चुनाव आउन ३ वर्ष बाँकी छ । तर जनताको ध्यान तान्नका लागि मिसन ०८४ को अभियान चलाउने बढी एमाले नै हो । यही अभियान प्रयोग गर्दै एमाले इतरका वामपन्थीहरुलाई समेट्न एकीकृतका अध्यक्ष माधव नेपालले संसदमा भएका नभएका लेटरप्याडमा पार्टी सीमित गरेकाहरुसँग भेटघाट चलाएका छन् । समाजवादी मोर्चाका नाममा माधव र नेत्रविक्रम चन्दले पालैपालो नेतृत्व लिएका छन् । तर मोर्चासँग जोडिन नचाहेका नेकपा मसालका मोहनक्रिम सिंह, नेमकिपाका नारायणमान बिजुक्छे हुँदै सिपी मैनाली, मोहन वैद्यसम्मलाई भेट्ने काम माधवले गरेका छन् ।

एमाले र माओवादी आमने सामने हुँदा र छुट्टाछुट्टै चुनाव लड्ने घोषणा गर्दा एमालेबाट टुक्रिएर स्थापित भएको नेकपा एकीकृत समाजवादीको अस्तित्व बढाउन नेता माधवको प्रयासले सार्थकता पाउने अवस्था छ । किनकि मिसन ०८४ को लागि उपेन्द्रको जसपा र अशोक राईको विभाजनको अर्थ देखिएको छैन । विभाजनको अर्थ एमाले र एकीकृत समाजवादीको पनि स्पष्ट छैन । माधवको पार्टीमा पुराना हात्ती भएपनि संगठन कमजोर बन्दा समाजवादी अवधारणा कार्यान्वयन गराउने दायित्व माधव सामु आइपुगेको छ ।

कोही माओवादीबाट बिच्केका छन्, त कोही एमालेबाट चोइटिएका कारण पनि मन मिलाउन कठिन छ ।
प्रधानमन्त्री केपी ओलीको व्यवहारले एमालेभित्रै विगतमा भन्दा धेरै गुट भएका छन् । विष्णु पौडेल र शंकर पोखरेल गुटका बिचमा प्रदेशकै अधिवेशन द्वन्द्व देखियो । कार्यकर्ताबाट नकसेपछि महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेश सरकारमा हैसियत देखाए । डा.राजन भट्टराईलाई प्रधानमन्त्रीले परराष्ट्र सल्लाहकार बन्न दिएनन । समाजवादी मार्चो डा.बाबुराम छाडेर माओवादीमा प्रवेश गर्ने तर्खरमा लागेकाहरु र नेकपा चन्दको चासो बढी छ भने एकीकृत समाजवादीले पार्टी नीति नै समाजवाद उन्मुख भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *