देशमा राष्ट्रिय विपत्ति आइपर्दा प्रधानमन्त्री विदेशमा मस्त, कार्यबहाक प्रधानमन्त्री र गृहमन्त्री मुकदर्शक

राजनीति समाचार

काठमाडौंं । कांग्रेस र एमाले मिलेर दुई तिहाइको सरकार बनेको तीन महिना हाराहारी भएको छ । तर, ठूला दुई दल मिलेर बनेको दुई तिहाइको सरकारले जनताको चाहना अनुसार कुनै काम गर्न सकेको छैन । दशैंको मुखमा आएर गत बिहीवारदेखि तीन दिनसम्म परेको अविरल वर्षाले देशैभर ठूलो धनजनको क्षति पु¥याएको छ । मौसम पूर्वानुमान महाशाखाले ५ दिन अगाडि सूचनै जारी गरेर सतर्क अपनाउन अनुरोध गरेको थियो । तर, सरकार र सम्बन्धित निकायले त्यसलाई बेवास्ता गर्दा सोचेभन्दा बढी क्षतिको सामना मुलुकले गर्नुपरहेको छ ।

यति ठूलो क्षति हुँदा पनि सत्तासिन दल कांग्रेस, एमाले, अन्य प्रतिपक्ष दली माओवादी केन्द्र, एकीकृत समाजवादी र मधेसवादी दलहरुले समेत जीउधन गुमाउनेप्रति खासै सहानुभूति देखाएनन् । सबै राजनीतिक दलहरु मिलेर राष्ट्रिय विपत्तीको सामना गर्न एकद्वार प्रणाली अन्तर्गत एक जुट्हुनु पर्नेमा त्यो गरेको पाइँदैन । प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्क भ्रमणमा रहेका बेला देशमा राष्ट्रिय विपत्ति आइपर्दा त्यसको समाधान गर्न भ्रमण छोट्याएर स्वदेश फर्कनुपर्नेमा त्यो गर्न उचित ठानेनन् । उल्टै न्यूयोर्कमा आयोजित विभिन्न कार्यक्रममा सरिक भएर भाषण गर्न व्यस्त रहे ।

यता कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी पाएका प्रकाशमान सिंह तीन दिनसम्मको अविरल वर्षमा बेखर जस्तै बने । अविरल वर्षा भएर देशका विभिन्न भागमा धनजनको क्षति पु¥याइरहँदा भर्चुअल मिटिङ गरेर तत्काल उद्दारमा खट्नको लागि तदारुक्ता देखाउनुपर्नेमा त्यो गर्न सकेनन् । उल्टै जनधनको ठूलो क्षति पु¥याएर वर्षा रोकिएपछि आकस्मिक रुपमा सर्वदलीय बैठक बोलाएर झारा टार्ने काम गरे । उनकै पार्टी नेपाली कांग्रेसले कावा प्रधानमन्त्री सिंहको कार्यशैलीप्रति आपत्ति पकट ग¥यो । काठमाडौं उपत्यकाभित्रै तीन घण्टासम्म बाढीको भेलमा परेर ज्यान जोगाउन हारगुहार गरिरहँदा पनि कतैबाट उद्दार नभएपछि सर्वसाधारणले ज्यान गुमाउन वाध्य भए ।

उता नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकले तिनै तहका सुरक्षा निकायलाई साधनस्रोतसहित उद्दार र राहतमा तत्काल खट्न निर्देशन दिनुपर्नेमा त्यो गर्न सकेनन् । त्यस्तै विभिन्न दलका शीर्ष नेताहरुले पनि तीनदिनसम्मको अविरल वर्षा र त्यसले पु¥याएको क्षतिका खबरहरु विभिन्न सञ्चारमाध्यममा आइरहँदा तुरुन्त उद्दार र राहतको लागि कुनै पहल गरेको देखिँदैन । कोही विदेश भ्रमणमा, कोही जिल्ला भ्रमणमा त कोही आफ्नै घरमा र मन्त्रीहरु क्वाटरमा बसेर रमिते बने । नेपालीहरुको महान पर्व दशैं दैलोमा आइपुगेको छ । अधिकांश नेपालीहरुले दशैं मनाउन आफ्नो घर जान टिकट लिइसकेको अवस्था छ । तर, राजधानी जोडिने कुनै पनि सडक दशैं अगाडि खुल्ने अवस्थामा देखिँदैन ।

कतिपय सडकहरु तुरुन्तै मर्मत सम्भार नगरे उपत्यकाभित्र खाद्यदेखि विभिन्न सामग्री अभावले हाहाकार हुने देखिन्छ । सकड नबनेको खण्डमा घर जान लागेका अधिकांश मानिसहरु काठमाडौंमा बस्न वाध्य हुने छन् । त्यसको लागि खाद्यान्नदेखि लत्तकपडाको व्यवस्था गर्नुपर्ने हुन्छ । सरकार र सम्बन्धित निकाय चनाखो हुनुपर्नेमा त्यो भएको पाइँदैन । सडक खुलाउनको लागि तुरुन्त ठेक्का दिनुपर्ने हुन्छ तर निर्माण व्यवसायीले पहिलाको भुक्तानी नपाएको कारण ठेकेदारहरुले काम गर्ने अवस्था देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *