गुप्तचरभित्र भ्रष्टहरुकै दादागिरी

राजनीति समाचार

काठमाडौं । भ्रष्टाचारले मुछिएकाहरुको कुरा मिल्छ । एमालेका ईश्वर पोखरलेको लुट र कांग्रेसका गोविन्दको लुट मिल्छ । गोविन्द जोशी गृहमन्त्री बनेका बेला एमालेका ईश्व पोखरेल माओवादीविरुद्ध जासुसी गर्थे, एक सुत्र बताउँछ । कांग्रेसको संसदीय दल र एमाले संसदीय दल कार्यालयबाट सूचना आदानप्रदान गर्ने र पैसा लेनदेनमा भूमि पाठक कहिले राजेन्द्रको त कहिले विष्णु्को नाममा खटिएका हुन्थे ।

पाठकलाई गोविन्दराजले भात पकाउने भान्से बनाएर निवासमा छिराए । कसैले जोशीको सालो नै भनेर प्रचार गरे । जोशीको. पावरबाट डिएसपी, एसपी हुँदै एसएसपीसम्म हुँदा भूमि जहाँ गए, त्यहाँ विवादमा परे । सूचनाको बजेट एक्लै लुट्ने गहिरो अनुसन्धानमुलक होइन । हावादारी सूचनाले कार्यालय प्रमुखको काम पट्याउने यी पाठकले पोखरा, काठमाडौं र ललितपुरमा जागिरे जीवन बिताएका छन् । यिनैलाई भ्रष्ट गोविन्दराज जोशीको सम्पत्ति लुकाउन प्रयोग गरिएको चर्चा हुन्थयो ।

काठमाडौंमा महल, ललितपुरमा अपार्टमेन्ट जोड्नुको कारण नै उनको धेरै समय ललितपुरमा समय बिताउनु हो । इटाभट्टा, ढुंगा गिटीका क्रसर उद्योगबाट जनता सताइए पनि सै ठिक छ भन्दै रिपोर्ट दिने भूमि कांग्रेस बनेर गुप्तचरभित्र दिलिप रेग्मी, गणेश अधिकारी, मोति गुरुङजस्ता बेला बखतका प्रमुखहरुसँग मिलेका थिए । यसपटक यिनै हुन प्रमुख हुतराज थापालाई माओवादी करार गर्ने एसएसपी ।

अहिले प्रधानमन्त्री ओलीलाई क्षमता भएका भन्दा निकट बनेर निहुरिने गुप्चर आवश्यक छ । जुन गुप्तचरको स्वभाव हुँदैन । टेकेन्द्र कार्कीलाई प्रमुख बनाए पनि कार्कि दास बन्ने संगठनको गरिमा भत्काउने स्वभावका होइनन । न त हुतराज थापा नै त्यो स्वभावका हुन् । एयरपोर्टमा कर्मचारीको सेटिङ अर्थले भत्काएपनि बालुवाटारका सल्लाहकार विष्णु रिमाल र डा.युवराज खतिवडा अस्गर अलीहरुको सेटिङ हुँदासम्म हरेक दिन भन्सारबाट भित्रिएको सुन किन पक्रिन्छ प्रमज्यू ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *