कर्मचारी सरुवामा संघीय मामिला मन्त्री गुप्ताको रजगज

राजनीति समाचार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको कुर्सीमा राजकुमार गुप्ता पुगेसँगै कर्मचारी सरुवामा झनै भद्रगोल शुरु भएको छ । मन्त्रालयको बदमासीका कारण अहिले देशका केही पालिकामा दुई–दुई हाकिम खटाइएको छ ।जस्तो केही अघिमात्र सामान्य प्रशासन मन्त्रालयले जितपुर सिमरा उपमहानगरपालिकामा विरेन्द्र भारतीलाई खटायो । यो त्यही पालिका हो जहाँ यस अघि खटाइएको उर्मिला काफ्लेलाई हटाएर त्यहाँ वन काण्डमा मुछिएका बदनाम कर्मचारी चेतराज बराललाई खटाउँदा मुद्धा अदालतमा पुगेको थियो ।

उर्मिला मधेश प्रदेशको एक्लो महिला प्रमुख प्रशासकीय अधिकृत हुन । उनी मेयरप्रति बढी उत्तरदायी भएको भन्दै सो पालिकाबाट तानेर चेतराजलाई खटाइएपछि अदालतले उक्त सरुवा उल्टाइदिएको स्थिति छ । माओवादीका मेयर रहेको सो पालिकामा भएको खटन पटनविरुद्ध अदालतमा मुद्धा विचराधिन रहेको अवस्थामा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका डन कर्मचारी भनेर चिनिएका विरेन्द्र भारतीलाई जितपुर सिमरामा खटाएको छ । लामो समय नगरपालिका हुँदै ललितपुर,पोखरा लगायतका महानगर पालिकामा बसेका वीरेन्द्र भारतीलाई गोदावरी नगरपालिकाको भ्रष्टाचार मुद्धामा उन्मुक्ति पाए लगतै अहिले जीतपुरस्थित सिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । गत वैशाख २० गतेमात्र वारास्थित जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्लेलाई खटाइएकोमा सोही ठाउँमा २७ भदौंको मन्त्रिस्तरीय निर्णयबाट त्यहाँ प्रमुख प्रशासकीय अधिकृत खटाइएसँगै एउटै पालिकामा दुई हाकिम हुन पुगेका छन् ।

त्यहाँमात्र होइन मधेशकै धनुषास्थित लक्ष्मीनिया गाउँपालिकामा समेत एउटै पालिकामा दुई हाकिम खटाइएको छ । मन्त्रालयले त्यहाँ प्रमुख प्रशासकीय अधिकृत सर्वजीतकुमार झा, र अर्काे हाकिम यमबहादुर उपरकोटी दुबै जनालाई खटाइएको छ । उपरकोटी ३० बैशाखमा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् । चार महिनामै उनलाई हटाएर समान्य प्रशासन मन्त्रालयले झालाई त्यहाँ खटाएको बताइएको छ । सर्वजीत झा सिरहाको औरही गाउँपालिकामा ४ महिनामै सरुवा गरेर उक्त पालिकामा ल्याइएको हो ।झालाई अध्यक्ष र एक जना जनप्रतिनिधिबाहेकका वडाध्यक्षहरुको जोडबलमा पालिकामा ल्याइएको हो । उनलाई हालैमात्र अर्को हाजिर रजिष्टर खडा गरेर हाजिर गराइएको छ ।

उता चापाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत ध्रुब खनाल कार्यरत रहेकै अवस्थामा सामान्यले एमाले निकटका बदनाम उपसचिव चेत राज बराललाई त्यहाँ खटाएसँगै लफडा उत्कर्षमा पुगेका छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खनाल कार्यरत नै छन्, न त उनलाई अन्त सरुवा गरिएको पत्र पठाइएको छ तर, मन्त्रालयले असोज ६ गते बराललाई चापाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ । मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धेले हस्ताक्षर गरेको उक्त पत्रमा बराललाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी कायम हुने गरी चापाकोट पठाइएको उल्लेख छ ।

यसरी सामान्यले मनलाग्दी ढङ्गले एउटै पालिकामा दुई जना हाकिम खटाउने सिलसिला निरन्तरता पाइरहेको छ । यस अघि मायादेवी गाउँपालिका रुपन्देहीमा प्रमुख प्रशसकीय अधिकृतको खटन पटन गरिँदा मन्त्रालयको कप्र शाखामा अध्यक्ष ध्रुव नारायण चौधरी तोडफोडैमा झण्डै उत्रिएनन् । आर्थिक बर्षको अन्त्यमा पालिकाले त्यहाँका प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएका छन्, कृष्णप्रसाद ज्ञवाली ,उनै ज्ञवालीलाई चार महिनामै झिक्यो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ।

यस अघि वैशाखमा हाकिमलाई झिकेर वाणगंगातिर पुर्याइएको थियो र त्यहाँ खटाइएको थियो ज्ञवालीलाई । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कप्र महाशाखाको प्रमुखको भाञ्जालाई त्यहाँ खटाइँदा एउटै पालिकामा दुई हाकिम भएसँगै अध्यक्ष काँग्रेसका नेता पद्म भण्डारीलाई बोकेर मन्त्रालय पुगेर टेबल बजारे र सो पछि मात्र कप्र व्याक भएर उनलाई थमौती दिएको स्थिति छ । पछिल्लो समय मन्त्रालयले कन्फर्म हाकिमलाई झिकेर निमित्त राख्ने र उनीहरुमार्फत खेलोमेलो उठ्ती पुट्ती धन्दा चलाइरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । पछिल्लो समय सामान्य प्रशासन मन्त्रालयमा सबैभन्दा बढी बदनामी कमाइरहेको छ । अहिले सचिवको कुर्सीमा छन् भरतमणि सुवेदी मन्त्री छन् राजकुमार गुप्ता र विष्णु ज्ञवाली कप्रका हाकिम यी तीन मिलेर कर्मचारी सरुवालाई कमाउने माध्यम बनाएको कर्मचारीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *